नेभिगेशन
सबै कुरा

वरिष्ठ अधिवक्तामाथि भएको आक्रमणको निन्दा

काठमाडौँ । डेमोक्र्याटिक लयर्स एसोसियशन (डिएलए) नेपालले अदालतभित्र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको निन्दा गर्दै यो कानुनी शासन र लोकतान्त्रिक पद्दती विपरित भएको जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

डिएलएका अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसी र महासचिव अधिवक्ता ज्ञानेन्द्रप्रसाद अधिकारीद्वारा जारी प्रेस विज्ञप्तीमा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको मुद्दामा पीडितको तर्फबाट बहसपैरवी गरी अदालतबाट बाहिरिने क्रममा भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

Ncell
Extreme Energy

“कानुन व्यवसाय स्वतन्त्र न्यायपालिकाको अङ्ग हो, अदालतमा उपस्थित भई पक्षको तर्फबाट स्वतन्त्र र निर्भीक रूपमा बहसपैरवी गर्नु कानुन व्यवसायीको संवैधानिक तथा कानुनी अधिकार हो”, डिएलएद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

डिएलए नेपालले काठमाडौँ जिल्ला अदालतबाट बाहिरिने क्रममा हुलदङ्गा, लछारपसार, कुटपीट तथा नाराबाजी गर्नु स्वतन्त्र न्यायपालिका, कानुनी शासन र लोकतान्त्रिक पद्दती विपरित भएको जनाएको छ । यस्तो गतिविधिमा संलग्न हुनु गैरकानुनी भएको भन्दै डिएलएले सोको भर्त्सना गरेको छ । 

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्ने व्यक्तिको पहिचानसहित तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न डिएलए नेपालले विज्ञप्तीमार्फत सरकारसँग अनुरोध गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यस्तो छ कांग्रेस इतरपक्षको पाँच बुँदे घोषणापत्र

यस्तो छ कांग्रेस इतरपक्षको पाँच बुँदे घोषणापत्र

घोषणापत्रमा पन्ध्रौँ महाधिवेशन, अन्य दलहरुसँगको संवाद, धार्मिक स्वतन्त्रता, संविधान संशोधन र सम्मेलनमा प्रस्तुत प्रतिवेदनहरुलाई अन्तिम रुप दिने लगायत विषय समेटिएका छन् ।
अनुदान आयोगले सुरु गर्यो समकक्षता निर्धारण

अनुदान आयोगले सुरु गर्यो समकक्षता निर्धारण

विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट प्राप्त शैक्षिक उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी पाएसँगै प्रक्रिया सुरु गरेको छ । आयोगले पहिलो चरणमा करिब ३० जनाको समकक्षता...
जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन बेपत्ता

जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन बेपत्ता

अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ ।
पहिरोमा पुरिएर एक जनाको मृत्यु

पहिरोमा पुरिएर एक जनाको मृत्यु

लुङग्री गाउँपालिका–५ धैरेनीमा पहिरोले घर पुरिँदा एकजना वृद्धाको मृत्यु भएको छ ।