नेभिगेशन
सबै कुरा

काठमाडौँ उपत्यकाभित्र हर्न बजाउन नपाइने नियमलाई प्रभावकारी बनाउँदै ट्राफिक प्रहरी

काठमाडाैँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाभित्र हर्न बजाउन नपाइने नियमलाई प्रभावकारी बनाउने भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार काठमाडौँमा ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवसायी राष्ट्रिय महासंघ तथा मजदुर ट्रेड युनियनबीच भएको छलफलमा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक विनोद घिमिरेले ‘नो हर्ज प्लीज’ अभियानलाई पूर्णरुपमा लागू गर्ने बताएका हुन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयले २०७३ सालमा ‘नो हर्ज प्लीज’ अभियान सुरु गरेपनि प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन । 

Ncell
Extreme Energy

ट्राफिक प्रहरी प्रमुख घिमिरेले जनताचेतनामूलक कार्यक्रम गर्दै हर्न बजाउन नपाइने नियमलाई कार्यान्वयन गर्ने बताए । उनले सार्वजनिक यातायातलाई व्यवस्थीत गर्न र सेवाग्राहीलाई सहज सेवा दिन यातायात व्यवसायीले पनि प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राखे ।

त्यस्तै यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले मुलुकमा सबै क्षेत्रमा सुधार देखिएपनि राज्यले यातायात क्षेत्रको सुधारमा ध्यान दिन नसकेको बताए । भक्तपुरदेखि काठमाडौँसम्म द्रुतबसको सेवा सुरु गरेपनि पूर्वाधारलाई ध्यान दिन नसक्दा द्रुतबस सञ्चालनमा समस्या भएको उनले बताए । 

उनले यातायात क्षेत्रलाई सुधार गर्नका लागि छुट्टै लेनको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
हुम्ला र मुगुका अधिकांश बस्तीमा किन भयो सञ्चार सेवा प्रभावित?

हुम्ला र मुगुका अधिकांश बस्तीमा किन भयो सञ्चार सेवा प्रभावित?

मुगुको रुघा र सोरु गाउँपालिकाको नाथर्पुमा रहेका टावरका ‘लिङ्क डिभाइस’मा समस्या आएपछि हुम्ला र मुगुका अधिकांश बस्तीमा इन्टरनेट तथा टेलिफोन सेवा प्रभावित भएको छ ।
जीवनको रहस्य खोल्ने भौतिकशास्त्रका यी आधारभूत नियम

जीवनको रहस्य खोल्ने भौतिकशास्त्रका यी आधारभूत नियम

ब्रह्माण्डमा जीवनको अस्तित्व सम्भव हुन पानी, अक्सिजन र कार्बनजस्ता आवश्यक तत्त्वको उपलब्धता मात्र पर्याप्त नहुन सक्छ।
११७ वर्षकी कामिल मार्रा को हुन्?

११७ वर्षकी कामिल मार्रा को हुन्?

अल्बानियाकी ११७ वर्षीया कामिल मार्रा सम्भवतः विश्वकै सबैभन्दा वृद्ध जीवित महिला हुन्।
विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्न सकौं- सभापति रवि लामिछाने

विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्न सकौं- सभापति रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्न र नेपाली समाजलाई अझ सुदृढ एकताको सूत्रमा बाँध्न विजयादशमीले प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।