नेभिगेशन
सबै कुरा

काठमाडौँ उपत्यकाभित्र हर्न बजाउन नपाइने नियमलाई प्रभावकारी बनाउँदै ट्राफिक प्रहरी

काठमाडाैँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाभित्र हर्न बजाउन नपाइने नियमलाई प्रभावकारी बनाउने भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार काठमाडौँमा ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवसायी राष्ट्रिय महासंघ तथा मजदुर ट्रेड युनियनबीच भएको छलफलमा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक विनोद घिमिरेले ‘नो हर्ज प्लीज’ अभियानलाई पूर्णरुपमा लागू गर्ने बताएका हुन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयले २०७३ सालमा ‘नो हर्ज प्लीज’ अभियान सुरु गरेपनि प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन । 

Ncell
Extreme Energy

ट्राफिक प्रहरी प्रमुख घिमिरेले जनताचेतनामूलक कार्यक्रम गर्दै हर्न बजाउन नपाइने नियमलाई कार्यान्वयन गर्ने बताए । उनले सार्वजनिक यातायातलाई व्यवस्थीत गर्न र सेवाग्राहीलाई सहज सेवा दिन यातायात व्यवसायीले पनि प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राखे ।

त्यस्तै यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले मुलुकमा सबै क्षेत्रमा सुधार देखिएपनि राज्यले यातायात क्षेत्रको सुधारमा ध्यान दिन नसकेको बताए । भक्तपुरदेखि काठमाडौँसम्म द्रुतबसको सेवा सुरु गरेपनि पूर्वाधारलाई ध्यान दिन नसक्दा द्रुतबस सञ्चालनमा समस्या भएको उनले बताए । 

उनले यातायात क्षेत्रलाई सुधार गर्नका लागि छुट्टै लेनको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाबुरामको टिप्पणीः जेन–जी विद्रोहको वर्षदिन नपुग्दै पुराना शक्ति जुर्मुराए, नयाँ शक्ति चौबाटोमा अल्मलिए

बाबुरामको टिप्पणीः जेन–जी विद्रोहको वर्षदिन नपुग्दै पुराना शक्ति जुर्मुराए, नयाँ शक्ति चौबाटोमा अल्मलिए

पुराना शक्तिहरूले नयाँ शक्तिप्रति इख साँधेर ‘हलो अट्काएर गोरू चुट्ने’ प्रवृत्ति त्यागी इमानदार आत्मसमीक्षा गर्नुपर्ने उनले बताएका छन्। त्यस्तै, नयाँ सत्ताधारी शक्तिहरूले अहंकारपूर्ण ढंगले एक्लै राज्य सञ्चालन गर्न...
निर्वाचन क्षेत्रमा अर्थमन्त्री: 'पहिले देशलाई हेर्नु अनि हामीलाई पनि...'

निर्वाचन क्षेत्रमा अर्थमन्त्री: 'पहिले देशलाई हेर्नु अनि हामीलाई पनि...'

बालकृष्ण भण्डारीले व्यावसायिक कृषिका लागि पहल गरिदिन आग्रह गरे भने बामदेव भट्टराईले आफ्नो वडामा धेरै विकास बजेट परेकोमा खुसी व्यक्त गरे । बन्दीपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिल...
जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा

जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा

कार्यविधिअनुसार जेन–जी आन्दोलनका शहीद परिवार वा घाइते भएको नेपाल सरकार वा प्रचलित कानुनबमोजिम तोकिएको निकायबाट प्रमाणित भएको हुनुपर्नेछ । ‘जेन–जी आन्दोलनका शहीद परिवार’ भन्नाले आन्दोलनमा शहीद भएको व्यक्तिको...
ग्यास अभाव भएका उपभोक्ताका लागि निगमले तोक्यो काठमाडौँमा पाँच बिक्रीस्थल

ग्यास अभाव भएका उपभोक्ताका लागि निगमले तोक्यो काठमाडौँमा पाँच बिक्रीस्थल

निगमका अनुसार टेकुस्थित निगमको परिसरबाट नेपाल, एचपी, एभरेस्टरसुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ब्रान्डका ग्यास बिक्री गरिनेछ। त्यस्तै, चाबहिलस्थित यातायात कार्यालय परिसरबाट नेपाल र एचपी ब्रान्डका ग्यास...