नेभिगेशन
सबै कुरा

भारतद्वारा अन्तरिक्षमा दुई उपग्रह जोडेर नयाँ कीर्तिमान कायम

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले बिहीबार सफलतापूर्वक आफ्नो स्पाडेक्स उपग्रहहरू एसडिएक्स०१ (चेजर) र एसडिएक्स०२ (लक्ष्य) अन्तरिक्षमा डक गरेको छ । स्पेस डकिङ भनेको अन्तरिक्षमा दुईवटा अन्तरिक्ष यान जोड्नु हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

डकिङ प्रक्रिया हालका हप्ताहरूमा कम्तिमा दुई पटक ढिलाइ भएको र अन्ततः बिहीबारको लागि निर्धारित गरिएको थियो ।

Ncell
Extreme Energy

अन्तरिक्ष एजेन्सीका अनुसार डकिङपछि दुईवटा उपग्रहलाई एउटै वस्तुको रूपमा नियन्त्रण गर्न सफल भएको र आगामी दिनमा अनलकिङ र पावर ट्रान्सफरबारे अनुसन्धान गरिने छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ट्वीटरमा एक पोस्टमार्फत देशका वैज्ञानिकहरूलाई उपलब्धि हासिल गरेकोमा बधाई दिँदै भन्नुभयो,“आगामी वर्षहरूमा भारतको महत्वाकांक्षी अन्तरिक्ष अभियानका लागि यो महत्त्वपूर्ण कदम हो ।”

रुस, अमेरिका र चीनपछि स्पेस डकिङ हासिल गर्ने भारत चौथो देश बनेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कोलकाताको दुर्गा पूजामा भागदौड: १९ जनाको मृत्यु, २४ घाइते

कोलकाताको दुर्गा पूजामा भागदौड: १९ जनाको मृत्यु, २४ घाइते

भारतको कोलकातास्थित प्रसिद्ध चोरबागान दुर्गा पूजा पण्डालमा शनिबार साँझ भीषण भागदौड मच्चिँदा १९ जनाको ज्यान गएको छ। यो दुर्घटनामा २४ जना घाइते भएका छन्, जसमा एक जनाको अवस्था...
के ट्रम्पले इरानमाथि आणविक हतियार प्रयोग गर्ने तयारी गरिरहेका छन् ?

के ट्रम्पले इरानमाथि आणविक हतियार प्रयोग गर्ने तयारी गरिरहेका छन् ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानविरुद्ध आणविक (परमाणु) हतियारको प्रयोग नगर्ने बताएका छन्।
सुन्दरी प्रतियोगिता रोकेर बुर्किना फासोमा युवतीहरूका लागि राष्ट्रिय विज्ञान प्रतिस्पर्धा

सुन्दरी प्रतियोगिता रोकेर बुर्किना फासोमा युवतीहरूका लागि राष्ट्रिय विज्ञान प्रतिस्पर्धा

पश्चिम अफ्रिकी मुलुक बुर्किना फासोले देशका सुन्दरी (ब्युटी) प्रतियोगिताहरूमाथि पूर्ण रूपमा रोक लगाउँदै युवतीहरूलाई विज्ञान तथा प्रविधिको क्षेत्रमा प्रवर्द्धन गर्ने नयाँ अभियान सुरु गरेको छ।
बिहारको राघोपुरमा डुङ्गा पल्टिँदा १३ बालबालिकाको मृत्यु

बिहारको राघोपुरमा डुङ्गा पल्टिँदा १३ बालबालिकाको मृत्यु

बिहारको वैशाली जिल्लाको राघोपुर थाना क्षेत्रअन्तर्गत मंगलबार राति गंगा नदीमा डुङ्गा पल्टिँदा कम्तीमा १३ बालबालिकाको ज्यान गएको छ।