नेभिगेशन
सबै कुरा

उर्जामन्त्री दिपक खड्काले भने 'मन्त्रालयमै ममाथि हातपात भयाे,सुरक्षाकर्मी समयमा आएनन्’

काठमाडौँ । ‘गत शुक्रबार साँझ ६ बजे मन्त्रालयबाट निस्कदैँ गर्दा भर्‍याङमै ममाथि गोरखाका एक पोखरेल थरका व्यक्तिले हातपात प्रयास गरे,मन्त्रालयमै सुरक्षाकर्मी समयमा आएनन्’ उर्जामन्त्री दिपक खड्काले गृहमन्त्री रमेश लेखकलाई गरेको गुनासो हो यो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार बिहान पार्टी सभापति शेरबहादुर देउवाले सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुलाई निजी निवास बुढानीलकण्ठ बोलाएर मन्त्रीहरुको पर्फमेन्सबारे कक्षा नै लिएका थिए । बैठकमा सहभागी एक कांग्रेस मन्त्रीका अनुसार सभापति देउवाका अघि आफै विवादको शिखरमा उभिएका उर्जामन्त्री खड्काले गृहमन्त्री लेखको भुमिका बारे प्रश्न गर्दै सोधका थिए,‘किन मन्त्रालयमै सुरक्षा व्यवस्था कमजोर भयो?’

Ncell
Extreme Energy

ति मन्त्रीका अनुसार खड्काको प्रश्न नसकिदैँ गृहमन्त्री लेखकले,‘शुक्रबारकाे घटना बल्ल आज भन्ने, मलाई समयमै किन भन्नुभएन त’ भन्दै उल्टै प्रश्न गरेका थिए । त्यसपछि आफ्नो बोलि सच्याउँदै मन्त्री खड्काले घटना सामान्य भएकाले जानकारी नगराए पनि सबैजना सचेत रहन आग्रह गर्दछु भनेका थिए ।

उर्जा मन्त्रालय स्रोतका अनुसार पत्रकार बनेर मन्त्रीको कार्यकक्षमा पुगेका ति व्यक्ति गोरखाको अजिरकोट गाउँपालिका ५, मुच्चोकका हरि पोखरेल थिए । उनी २०७९ को निर्वाचनमा गोरखा क्षेत्र २(ख) बाट गण्डकी प्रदेशसभा सदस्यको स्वतन्त्र उम्मेदवार बनेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
हुम्ला र मुगुका अधिकांश बस्तीमा किन भयो सञ्चार सेवा प्रभावित?

हुम्ला र मुगुका अधिकांश बस्तीमा किन भयो सञ्चार सेवा प्रभावित?

मुगुको रुघा र सोरु गाउँपालिकाको नाथर्पुमा रहेका टावरका ‘लिङ्क डिभाइस’मा समस्या आएपछि हुम्ला र मुगुका अधिकांश बस्तीमा इन्टरनेट तथा टेलिफोन सेवा प्रभावित भएको छ ।
जीवनको रहस्य खोल्ने भौतिकशास्त्रका यी आधारभूत नियम

जीवनको रहस्य खोल्ने भौतिकशास्त्रका यी आधारभूत नियम

ब्रह्माण्डमा जीवनको अस्तित्व सम्भव हुन पानी, अक्सिजन र कार्बनजस्ता आवश्यक तत्त्वको उपलब्धता मात्र पर्याप्त नहुन सक्छ।
११७ वर्षकी कामिल मार्रा को हुन्?

११७ वर्षकी कामिल मार्रा को हुन्?

अल्बानियाकी ११७ वर्षीया कामिल मार्रा सम्भवतः विश्वकै सबैभन्दा वृद्ध जीवित महिला हुन्।
विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्न सकौं- सभापति रवि लामिछाने

विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्न सकौं- सभापति रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्न र नेपाली समाजलाई अझ सुदृढ एकताको सूत्रमा बाँध्न विजयादशमीले प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।