नेभिगेशन
सबै कुरा

उर्जामन्त्री दिपक खड्काले भने 'मन्त्रालयमै ममाथि हातपात भयाे,सुरक्षाकर्मी समयमा आएनन्’

काठमाडौँ । ‘गत शुक्रबार साँझ ६ बजे मन्त्रालयबाट निस्कदैँ गर्दा भर्‍याङमै ममाथि गोरखाका एक पोखरेल थरका व्यक्तिले हातपात प्रयास गरे,मन्त्रालयमै सुरक्षाकर्मी समयमा आएनन्’ उर्जामन्त्री दिपक खड्काले गृहमन्त्री रमेश लेखकलाई गरेको गुनासो हो यो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार बिहान पार्टी सभापति शेरबहादुर देउवाले सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुलाई निजी निवास बुढानीलकण्ठ बोलाएर मन्त्रीहरुको पर्फमेन्सबारे कक्षा नै लिएका थिए । बैठकमा सहभागी एक कांग्रेस मन्त्रीका अनुसार सभापति देउवाका अघि आफै विवादको शिखरमा उभिएका उर्जामन्त्री खड्काले गृहमन्त्री लेखको भुमिका बारे प्रश्न गर्दै सोधका थिए,‘किन मन्त्रालयमै सुरक्षा व्यवस्था कमजोर भयो?’

Ncell
Extreme Energy

ति मन्त्रीका अनुसार खड्काको प्रश्न नसकिदैँ गृहमन्त्री लेखकले,‘शुक्रबारकाे घटना बल्ल आज भन्ने, मलाई समयमै किन भन्नुभएन त’ भन्दै उल्टै प्रश्न गरेका थिए । त्यसपछि आफ्नो बोलि सच्याउँदै मन्त्री खड्काले घटना सामान्य भएकाले जानकारी नगराए पनि सबैजना सचेत रहन आग्रह गर्दछु भनेका थिए ।

उर्जा मन्त्रालय स्रोतका अनुसार पत्रकार बनेर मन्त्रीको कार्यकक्षमा पुगेका ति व्यक्ति गोरखाको अजिरकोट गाउँपालिका ५, मुच्चोकका हरि पोखरेल थिए । उनी २०७९ को निर्वाचनमा गोरखा क्षेत्र २(ख) बाट गण्डकी प्रदेशसभा सदस्यको स्वतन्त्र उम्मेदवार बनेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाबुरामको टिप्पणीः जेन–जी विद्रोहको वर्षदिन नपुग्दै पुराना शक्ति जुर्मुराए, नयाँ शक्ति चौबाटोमा अल्मलिए

बाबुरामको टिप्पणीः जेन–जी विद्रोहको वर्षदिन नपुग्दै पुराना शक्ति जुर्मुराए, नयाँ शक्ति चौबाटोमा अल्मलिए

पुराना शक्तिहरूले नयाँ शक्तिप्रति इख साँधेर ‘हलो अट्काएर गोरू चुट्ने’ प्रवृत्ति त्यागी इमानदार आत्मसमीक्षा गर्नुपर्ने उनले बताएका छन्। त्यस्तै, नयाँ सत्ताधारी शक्तिहरूले अहंकारपूर्ण ढंगले एक्लै राज्य सञ्चालन गर्न...
निर्वाचन क्षेत्रमा अर्थमन्त्री: 'पहिले देशलाई हेर्नु अनि हामीलाई पनि...'

निर्वाचन क्षेत्रमा अर्थमन्त्री: 'पहिले देशलाई हेर्नु अनि हामीलाई पनि...'

बालकृष्ण भण्डारीले व्यावसायिक कृषिका लागि पहल गरिदिन आग्रह गरे भने बामदेव भट्टराईले आफ्नो वडामा धेरै विकास बजेट परेकोमा खुसी व्यक्त गरे । बन्दीपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिल...
जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा

जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा

कार्यविधिअनुसार जेन–जी आन्दोलनका शहीद परिवार वा घाइते भएको नेपाल सरकार वा प्रचलित कानुनबमोजिम तोकिएको निकायबाट प्रमाणित भएको हुनुपर्नेछ । ‘जेन–जी आन्दोलनका शहीद परिवार’ भन्नाले आन्दोलनमा शहीद भएको व्यक्तिको...
ग्यास अभाव भएका उपभोक्ताका लागि निगमले तोक्यो काठमाडौँमा पाँच बिक्रीस्थल

ग्यास अभाव भएका उपभोक्ताका लागि निगमले तोक्यो काठमाडौँमा पाँच बिक्रीस्थल

निगमका अनुसार टेकुस्थित निगमको परिसरबाट नेपाल, एचपी, एभरेस्टरसुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ब्रान्डका ग्यास बिक्री गरिनेछ। त्यस्तै, चाबहिलस्थित यातायात कार्यालय परिसरबाट नेपाल र एचपी ब्रान्डका ग्यास...