नेभिगेशन
सबै कुरा

भूमिसम्बन्धी अध्यादेशबारे पूर्व सचिव शारदा प्रसाद त्रिताल भन्छन् ‘धिक्कार छ भ्रष्टाचारका सरदारहरुलाई’

काठमाडाैँ । राष्ट्रपतिले बुधबार जारी गरेको भूमि सम्बन्धी अध्यादेशलाई चौतर्फी विरोध सुरु भएको छ । कांग्रेस र एमाले नेतृत्वको ओली मन्त्रिपरिषद्ले गत शुक्रबार ५ वटा अध्यादेश जारी गर्ने निर्णय गरेको थियो । 

अध्यादेश मन्त्रिपरिषद्बाट स्वीकृत गरेर राष्ट्रपति कहाँ पेश गरेको ५ दिन पछि भूमि सम्बन्धी अध्यादेश बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका थिए । सो अध्यादेश जारी भएपछि बिहीबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै पूर्वसचिव शारदाप्रसाद त्रितालले नीतिगत भ्रष्टाचारलाई मजबुत बनाउन भूमिसम्बन्धी अध्यादेश ल्याइएको भन्दै आपत्ति जनाएका छन् । 

Global Ime Bank

उनले भनेका छन् ‘नीतिगत भ्रष्टाचारलाई मजबुत बनाउन भूमिसम्बन्धी अध्यादेश,’ पूर्वसचिव त्रिताल थप्छन्, ‘धिक्कार छ भ्रष्टाचारका सरदारहरुलाई । ’ भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशले हदबन्दी छुट सुविधाको जग्गा दुरुपयोग गर्न बाटो खोलेको भन्दै सरोकारवालाहरूले आपत्ति जनाइरहेका छन् ।

भूमि व्यवस्था मन्त्रालय स्रोतका अनुसार, हदबन्दी छुटमा जग्गा पाएका १६७ कम्पनी र संस्थाहरूले कुल एक लाख ८९ हजार रोपनी जग्गा ओगटेर बसेका छन् । उद्योग वा संस्थाको प्रयोगमा नआए उक्त जग्गा सरकारी स्वामित्वमा आउँछ । तर, सरकारले अध्यादेशमार्फत उक्त जग्गा बैंकमा धितो राखेर जग्गाधनीले ऋण लिन पाउनेगरी व्यवस्था गरेको छ ।

पूर्व सचिव त्रिताल बालुवाटार जग्गा प्रकरण र त्रिविको जग्गा हिनामिना प्रकरण लगायतका उच्चस्तरीय जग्गा हिनामिनाको छानबिन गरेका प्रशासक हुन् ।

यो अध्यादेश जारी भए लगत्तै काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाहले पनि सरकार विरुद्ध कटाक्ष गरेका थिए । उनले खोला मात्रै नभई अब खुलामञ्च र टुँडिखेल पनि कार्यकर्तालाई बाँड्न बाटो खुलेको भन्दै आपत्ति जनाएका थिए । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आजका कुराः दिनभर के के भयो ?

आजका कुराः दिनभर के के भयो ?

आजका कुराः दिनभर के के भयो ?
कटारीमा विपद् उद्धार अभ्यास तालिम सुरु

कटारीमा विपद् उद्धार अभ्यास तालिम सुरु

इन्स्पेक्टर राउतका अनुसार तालिममा नगर प्रहरी, कर्मचारी, नगर खेलकुद, साथी समुह समेत गरी २५ जना तालिममा सहभागी रहेका छन्। तालिमले नगरस्तरमा विपद् व्यवस्थापन तथा उद्धार क्षमतामा उल्लेखनीय सुधार...
४ तलामाथिबाट खसेर लिफ्ट बनाउँदै गरेका दुई मजदुरको मृत्यु

४ तलामाथिबाट खसेर लिफ्ट बनाउँदै गरेका दुई मजदुरको मृत्यु

काठमाडौँ महानगरपालिका–१ दरबारमार्गस्थित हिटीपोखरी नजिक पोतला डेभलभमेन्ट प्रालिले बनाउँदै गरेको निर्माणाधीन नौतले घरको चौथो तलाबाट खसेर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले...
विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्बोधन

विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्बोधन

संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गेट्स फाउन्डेसनद्वारा आज आयोजना गरिएको विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा...