नेभिगेशन
सबै कुरा

भूमिसम्बन्धी अध्यादेशबारे पूर्व सचिव शारदा प्रसाद त्रिताल भन्छन् ‘धिक्कार छ भ्रष्टाचारका सरदारहरुलाई’

काठमाडाैँ । राष्ट्रपतिले बुधबार जारी गरेको भूमि सम्बन्धी अध्यादेशलाई चौतर्फी विरोध सुरु भएको छ । कांग्रेस र एमाले नेतृत्वको ओली मन्त्रिपरिषद्ले गत शुक्रबार ५ वटा अध्यादेश जारी गर्ने निर्णय गरेको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अध्यादेश मन्त्रिपरिषद्बाट स्वीकृत गरेर राष्ट्रपति कहाँ पेश गरेको ५ दिन पछि भूमि सम्बन्धी अध्यादेश बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका थिए । सो अध्यादेश जारी भएपछि बिहीबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै पूर्वसचिव शारदाप्रसाद त्रितालले नीतिगत भ्रष्टाचारलाई मजबुत बनाउन भूमिसम्बन्धी अध्यादेश ल्याइएको भन्दै आपत्ति जनाएका छन् । 

Ncell
Extreme Energy

उनले भनेका छन् ‘नीतिगत भ्रष्टाचारलाई मजबुत बनाउन भूमिसम्बन्धी अध्यादेश,’ पूर्वसचिव त्रिताल थप्छन्, ‘धिक्कार छ भ्रष्टाचारका सरदारहरुलाई । ’ भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशले हदबन्दी छुट सुविधाको जग्गा दुरुपयोग गर्न बाटो खोलेको भन्दै सरोकारवालाहरूले आपत्ति जनाइरहेका छन् ।

भूमि व्यवस्था मन्त्रालय स्रोतका अनुसार, हदबन्दी छुटमा जग्गा पाएका १६७ कम्पनी र संस्थाहरूले कुल एक लाख ८९ हजार रोपनी जग्गा ओगटेर बसेका छन् । उद्योग वा संस्थाको प्रयोगमा नआए उक्त जग्गा सरकारी स्वामित्वमा आउँछ । तर, सरकारले अध्यादेशमार्फत उक्त जग्गा बैंकमा धितो राखेर जग्गाधनीले ऋण लिन पाउनेगरी व्यवस्था गरेको छ ।

पूर्व सचिव त्रिताल बालुवाटार जग्गा प्रकरण र त्रिविको जग्गा हिनामिना प्रकरण लगायतका उच्चस्तरीय जग्गा हिनामिनाको छानबिन गरेका प्रशासक हुन् ।

यो अध्यादेश जारी भए लगत्तै काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाहले पनि सरकार विरुद्ध कटाक्ष गरेका थिए । उनले खोला मात्रै नभई अब खुलामञ्च र टुँडिखेल पनि कार्यकर्तालाई बाँड्न बाटो खुलेको भन्दै आपत्ति जनाएका थिए । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाबुरामको टिप्पणीः जेन–जी विद्रोहको वर्षदिन नपुग्दै पुराना शक्ति जुर्मुराए, नयाँ शक्ति चौबाटोमा अल्मलिए

बाबुरामको टिप्पणीः जेन–जी विद्रोहको वर्षदिन नपुग्दै पुराना शक्ति जुर्मुराए, नयाँ शक्ति चौबाटोमा अल्मलिए

पुराना शक्तिहरूले नयाँ शक्तिप्रति इख साँधेर ‘हलो अट्काएर गोरू चुट्ने’ प्रवृत्ति त्यागी इमानदार आत्मसमीक्षा गर्नुपर्ने उनले बताएका छन्। त्यस्तै, नयाँ सत्ताधारी शक्तिहरूले अहंकारपूर्ण ढंगले एक्लै राज्य सञ्चालन गर्न...
निर्वाचन क्षेत्रमा अर्थमन्त्री: 'पहिले देशलाई हेर्नु अनि हामीलाई पनि...'

निर्वाचन क्षेत्रमा अर्थमन्त्री: 'पहिले देशलाई हेर्नु अनि हामीलाई पनि...'

बालकृष्ण भण्डारीले व्यावसायिक कृषिका लागि पहल गरिदिन आग्रह गरे भने बामदेव भट्टराईले आफ्नो वडामा धेरै विकास बजेट परेकोमा खुसी व्यक्त गरे । बन्दीपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिल...
जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा

जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा

कार्यविधिअनुसार जेन–जी आन्दोलनका शहीद परिवार वा घाइते भएको नेपाल सरकार वा प्रचलित कानुनबमोजिम तोकिएको निकायबाट प्रमाणित भएको हुनुपर्नेछ । ‘जेन–जी आन्दोलनका शहीद परिवार’ भन्नाले आन्दोलनमा शहीद भएको व्यक्तिको...
ग्यास अभाव भएका उपभोक्ताका लागि निगमले तोक्यो काठमाडौँमा पाँच बिक्रीस्थल

ग्यास अभाव भएका उपभोक्ताका लागि निगमले तोक्यो काठमाडौँमा पाँच बिक्रीस्थल

निगमका अनुसार टेकुस्थित निगमको परिसरबाट नेपाल, एचपी, एभरेस्टरसुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ब्रान्डका ग्यास बिक्री गरिनेछ। त्यस्तै, चाबहिलस्थित यातायात कार्यालय परिसरबाट नेपाल र एचपी ब्रान्डका ग्यास...