नेभिगेशन
सबै कुरा

वैदेशिक अध्ययनमा जाने विद्यार्थीबाट ५ महिनामा मात्रै ४७ अर्ब ३४ करोड रुपैयाँ बाहिरियो

काठमाडौँ । देशभित्रै सुविधासम्पन्न विश्वविद्यालय र शैक्षिक संस्थानहरू सञ्चालनमा रहेको भए पनि विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीको सङ्ख्या उस्तै रहेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चालु आर्थिक वर्षको पाँच महिनामा नेपाली विद्यार्थीले विदेशी शैक्षिक कार्यक्रमका लागि मात्रै ४७ अर्ब ३४ करोड बराबरको खर्च गरेका छन् । 

Marvel
Extreme Energy

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार भ्रमण व्यय १२ दशमलव दुई प्रतिशतले वृद्धि भई ८५ अर्ब एक करोड पुगेको छ । त्यसमध्ये शिक्षातर्फ व्यय ४७ अर्ब ४१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ७५ अर्ब ७३ करोड रहेको थियो ।

गत मङ्सिर मसान्तसम्म खुद सेवा आय ४० अर्ब ७१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २६ अर्ब ५५ करोडले घाटामा रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय तीन दशमलव एक  प्रतिशतले वृद्धि भई ३५ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३४ अर्ब १२ करोड रहेको थियो ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
निक्षेप तथा कर्जा सुरक्षण कोषकाे प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

निक्षेप तथा कर्जा सुरक्षण कोषकाे प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

बुधबार मन्त्रालय आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भण्डारीलाई नियुक्ति पत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिए ।
नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त

नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त

अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसको आधारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले थापालाई  अध्यक्षमा नियुक्त गरेको हो ।
आज कति छ डलरको भाउ ?

आज कति छ डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
आज कति छ अमेरिकी डलरको भाउ ?

आज कति छ अमेरिकी डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।