नेभिगेशन
सबै कुरा

दुग्ध विकास संस्थानले तिर्‍यो ३१ वर्षको सम्पत्ति कर

काठमाडौँ । दुग्ध विकास संस्थानले काठमाडौँ महानगरपालिकालाई ३१ वर्षको सम्पत्ति कर एकैपटक तिरेको छ । गत पुस २८ गतेको मूल्याङ्कनबमोजिम संस्थानले रु एक करोड दुई लाख ८७ हजार नौ सय २६ सम्पत्ति कर महानगरलाई तिरेको हो । महानगरकाे वडा नं २६ का सचिव केदार रिमालका अनुसार संस्थानले आर्थिक वर्ष २०४९/५० देखि आव २०८१/८२ सम्मको घरजग्गा/सम्पत्ति कर बुझाएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संस्थानसहित सरकारका स्वामित्वमा भएका १२ वटा व्यावसायिक सङ्घसंस्थालाई कर दाखिला गर्न महानगरको राजस्व विभागले यसअघिनै पत्राचार गरिसकेको छ । महानगरले जारी गरेको राजस्व ऐन, २०७५ तथा आर्थिक ऐनले सम्पत्ति करको दररेट तथा सङ्कलन प्रक्रियाबारे व्यवस्था गर्दै आएको छ । जसअनुसार नक्सापास भएको दुई वर्षलाई निर्माण अवधि मानेर त्यसपछिको अवधिदेखि घरजग्गा÷सम्पत्ति कर गणना हुने व्यवस्था रहेको राजस्व विभागका प्रमुख दीपक अधिकारीले जानकारी दिए ।

Ncell
Extreme Energy

प्रमुख अधिकारीले भने, “पत्राचारपछि करदाताहरु सम्पर्कमा आउने क्रम सुरु भएको छ । यो सकारात्मक पक्ष हो । आर्थिक ऐनले गरेको बक्यौता कर असुलीसम्बन्धी व्यवस्थाबमोजिम राजस्व असुल गरिनेछ ।” ऐनबमोजिम कर दाखिला नगर्ने करदातालाई राजस्व विभाग वा वडा कार्यालयले पहिलो पटक ३५ दिनको समय तोकी पत्र, इमेल, वा म्यासेजमार्फत जानकारी गराउने उनको भनाइ छ । समय अपुग भएर थप समय माग गरेमा राजस्व विभागका प्रमुखको सिफारिसमा प्रमुख प्रशासकीय अधिकृतले बढीमा १० दिनसम्म अवधि थप गर्नसक्ने व्यवस्था रहेको जनाइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
हुम्ला र मुगुका अधिकांश बस्तीमा किन भयो सञ्चार सेवा प्रभावित?

हुम्ला र मुगुका अधिकांश बस्तीमा किन भयो सञ्चार सेवा प्रभावित?

मुगुको रुघा र सोरु गाउँपालिकाको नाथर्पुमा रहेका टावरका ‘लिङ्क डिभाइस’मा समस्या आएपछि हुम्ला र मुगुका अधिकांश बस्तीमा इन्टरनेट तथा टेलिफोन सेवा प्रभावित भएको छ ।
जीवनको रहस्य खोल्ने भौतिकशास्त्रका यी आधारभूत नियम

जीवनको रहस्य खोल्ने भौतिकशास्त्रका यी आधारभूत नियम

ब्रह्माण्डमा जीवनको अस्तित्व सम्भव हुन पानी, अक्सिजन र कार्बनजस्ता आवश्यक तत्त्वको उपलब्धता मात्र पर्याप्त नहुन सक्छ।
११७ वर्षकी कामिल मार्रा को हुन्?

११७ वर्षकी कामिल मार्रा को हुन्?

अल्बानियाकी ११७ वर्षीया कामिल मार्रा सम्भवतः विश्वकै सबैभन्दा वृद्ध जीवित महिला हुन्।
विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्न सकौं- सभापति रवि लामिछाने

विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्न सकौं- सभापति रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्न र नेपाली समाजलाई अझ सुदृढ एकताको सूत्रमा बाँध्न विजयादशमीले प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।