नेभिगेशन
सबै कुरा

गुडिरहेको माइक्रो बसको टायर पञ्चर हुँदा दुर्घटनाः १ जनाको मृत्यु, ११ जना घाइते

काठमाडाैँ । काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको माइक्रो बस सिन्धुलीमा दुर्घटना भएको छ । दुर्घटनाम परि एक  जनाको मृत्यु भएको छ भने ११ जना यात्रु घाइते भएका छन्। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दुर्घटनामा परि घाइते भएका चारजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।  

Ncell
Extreme Energy

बिहीबार साँझ बीपी राजमार्ग हुँदे जनकपुरतर्फ गइरहेको बा ३ ख ८४४५ नम्बरको माइक्रो सुनकोशी गाउँपालिका–७ कानढुंग्रीमा दुर्घटनामा परेको हो । दुर्घटनामा परि मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका १० का ५० वर्षीय निर्मल गुप्ता रहेको प्रहरीले जनाएको छ । उनको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको छ । 

त्यस्तै २ जना गम्भिर घाइतेको धुलिखेल अस्पताल र अन्य २ जनाको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

गुडिरहेको अवस्थामा टायर पञ्चर भएर माइक्रो बस सडकबाट तल खसेर दुर्घटना भएको सिन्धुली प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
हुम्ला र मुगुका अधिकांश बस्तीमा किन भयो सञ्चार सेवा प्रभावित?

हुम्ला र मुगुका अधिकांश बस्तीमा किन भयो सञ्चार सेवा प्रभावित?

मुगुको रुघा र सोरु गाउँपालिकाको नाथर्पुमा रहेका टावरका ‘लिङ्क डिभाइस’मा समस्या आएपछि हुम्ला र मुगुका अधिकांश बस्तीमा इन्टरनेट तथा टेलिफोन सेवा प्रभावित भएको छ ।
जीवनको रहस्य खोल्ने भौतिकशास्त्रका यी आधारभूत नियम

जीवनको रहस्य खोल्ने भौतिकशास्त्रका यी आधारभूत नियम

ब्रह्माण्डमा जीवनको अस्तित्व सम्भव हुन पानी, अक्सिजन र कार्बनजस्ता आवश्यक तत्त्वको उपलब्धता मात्र पर्याप्त नहुन सक्छ।
११७ वर्षकी कामिल मार्रा को हुन्?

११७ वर्षकी कामिल मार्रा को हुन्?

अल्बानियाकी ११७ वर्षीया कामिल मार्रा सम्भवतः विश्वकै सबैभन्दा वृद्ध जीवित महिला हुन्।
विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्न सकौं- सभापति रवि लामिछाने

विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्न सकौं- सभापति रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्न र नेपाली समाजलाई अझ सुदृढ एकताको सूत्रमा बाँध्न विजयादशमीले प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।