नेभिगेशन
सबै कुरा

अध्यादेश ल्याएर सरकारले संसदलाई पंगु बनाउने नियत देखायोः विवेकशील साझा पार्टी

काठमाडौं । विवकेशील साझा पार्टीले, संसद् अधिवेशन छलेर अध्यादेश जारी गर्ने कदमलाई सरकारको कुत्सित नियत भएको बताएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सरकारले संसद छलेर पाँच वटा अध्यादेश जारी गरेपछि विवकेशील साझा पार्टीले ध्यानाकर्षण भएको जनाएको हो । 

Ncell
Extreme Energy

पार्टी प्रवक्ता आशुतोष प्रधानले विज्ञप्ति जारी गर्दै संसद छलेर कानून निर्माण गर्नुलाई ‘जनताको प्रतिनिधित्व गर्ने निकाय संसदलाई पंगु बनाउने सरकारको नियत’ भएको उल्लेख गरिएको छ । 

पार्टीले ‘दुई तिहाइ सन्निकट सरकारको अध्यादेश मोह, कुशासनको प्रतिक’ भएको दाबी गर्दै संसद् छलेर सीमित व्यक्तिहरूको स्वार्थपूर्तिकालागि बदनियतपूर्वक कानून निर्माण गरिएको आरोप लगाएको हो । 

विज्ञप्तिमा ‘सरकारले हिउँदे अधिवेशन बोलाएर दफावार छलफलपछि कानुन निर्माण गर्नुको सट्टा अत्यन्त विशिष्ट अवस्थामा अभ्यास गरिने अध्यादेशलाई रोज्नु सरकारको कुत्सित नियत भएको विवेकशील साझाको ठहर छ’, उल्लेख गरिएको छ । विवकेशील साझा पार्टीले भनेको छ, ‘सामान्य अवस्थामा अध्यादेशमार्फत राज्यलाई दिर्घकालीन असर गर्ने कानुन निर्माण गर्नु संवैधानिक मर्म, लोकतान्त्रिक मूल्य र मान्यता विपरीत छ ।’

सरकारले  सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन),भूमिसम्बन्धी अध्यादेश सहित पाँच वटा अध्यादेश ल्याएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाबुरामको टिप्पणीः जेन–जी विद्रोहको वर्षदिन नपुग्दै पुराना शक्ति जुर्मुराए, नयाँ शक्ति चौबाटोमा अल्मलिए

बाबुरामको टिप्पणीः जेन–जी विद्रोहको वर्षदिन नपुग्दै पुराना शक्ति जुर्मुराए, नयाँ शक्ति चौबाटोमा अल्मलिए

पुराना शक्तिहरूले नयाँ शक्तिप्रति इख साँधेर ‘हलो अट्काएर गोरू चुट्ने’ प्रवृत्ति त्यागी इमानदार आत्मसमीक्षा गर्नुपर्ने उनले बताएका छन्। त्यस्तै, नयाँ सत्ताधारी शक्तिहरूले अहंकारपूर्ण ढंगले एक्लै राज्य सञ्चालन गर्न...
निर्वाचन क्षेत्रमा अर्थमन्त्री: 'पहिले देशलाई हेर्नु अनि हामीलाई पनि...'

निर्वाचन क्षेत्रमा अर्थमन्त्री: 'पहिले देशलाई हेर्नु अनि हामीलाई पनि...'

बालकृष्ण भण्डारीले व्यावसायिक कृषिका लागि पहल गरिदिन आग्रह गरे भने बामदेव भट्टराईले आफ्नो वडामा धेरै विकास बजेट परेकोमा खुसी व्यक्त गरे । बन्दीपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिल...
दुई विद्रोही नेताको झगडाले कांग्रेसमा सल्किएको आगो !

दुई विद्रोही नेताको झगडाले कांग्रेसमा सल्किएको आगो !

विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले सानेपास्थित साविकको केन्द्रीय कार्यालयबाट पार्टी हाँकीरहेका छन् । चौधौँ महाधिवेशनबाट निर्वाचित भएका तर, विशेष महाधिवेशनबाट अपदस्थ गरिएका शेरबहादुर देउवाले चुनदेवीस्थित सम्पर्क कार्यालयबाट...
जनतामा देखिएका निराशाा आशामा बदल्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको छः देउवा

जनतामा देखिएका निराशाा आशामा बदल्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको छः देउवा

पूर्वप्रधानमन्त्री देउवाले मुलुकको अवस्था अहिले संवेदशील देखिएको बताउँदै सबै सजग भएर राष्ट्रिय एकता कायम गर्न भूमिका खेल्नुपर्नेमा जोड दिए । मुलुकको इतिहास सबै  लोकतान्त्रिक आन्दोलन कांग्रेसको नेतृत्वमा नै...