नेभिगेशन
सबै कुरा

के तपाईको सवारी साधन को अवस्था ठिक छ ? छैन,भने मर्मत गराउनु होलाः बालेन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले आफ्ना सवारी साधनको प्रदूषण जाँच गराउन आग्रह गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बालेनले सामाजिक सञ्जालमा स्टाटस राख्दै ट्राफिक प्रहरीसँगको सहकार्यमा महानगरपालिकाले सवारी साधनको प्रदूषण जाँच गरेकाे जानकारी दिएका हुन् ।  साथै उनले सवारी साधनकाे जाँच गराउन अाग्रह गरेका छन् ।

Ncell
Extreme Energy

उनले भनेका छन्, ‘के तपाईको सवारी साधन को अवस्था ठिक छ , प्रदुषणको मात्रा धेरै छ । अवस्था ठिक छैन भने सवारीसाधनलाई मर्मत सरसफाइ गराउनु होला । हामी ट्राफिक प्रहरीको सहकार्यका सवारी साधनहरुको प्रदुषण जाँच गरि राखेको छौ ।

महानगरपालिकाले वातावरण सुधारका लागि वातावरण तथा प्राकृतिक स्रोत ऐन २०७७, प्रदुषण नियन्त्रण मापदण्ड २०८१, फोहरमैल संकलन तथा ढुवानी कार्यविधि २०८१ जारी गरेको छ ।’मापदण्डमा पेट्रोलबाट चल्ने सवारी साधन र डिजेलबाट चल्ने सवारी साधन र निर्माण अवधिलाई छुट्टाछुट्टै सूचक राखिएको बालेनले बताएका छन् ।उनले भनेका छन्, ‘सन् १९८० सम्म उत्पादन भएका चार पाङ्ग्रे सवारी साधनको कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । सन् १९८१ वा त्यसभन्दा पछि उत्पादन भएका सवारी साधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ३ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ ।’

सामाजिक सञ्जालमा बालेन लेख्छन्, ‘तीन पाङ्ग्रे सवारीको हकमा सन् १९९१ सम्ममा उत्पादन भएका सवारी साधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । दुई पाङ्ग्र सवारी साधनको हकमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । सन् १९९४ सम्ममा उत्पादन गरिएका सबै किसिमका डिजल सवारी साधनका लागि सवारीको धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ७५ हर्टिज स्मोक युनिट (एचएसयु) हुनुपर्छ । सन् १९९५ वा सोभन्दा पछि उत्पादन भएका सवारी साधनका लागि सवारीको धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ६५ हर्टिज स्मोक युनिट (एचएकयु) हुनुपर्छ । जाँचका क्रममा तोकिएको एकाइभन्दा माथिल्लो अङ्क देखियो भने प्रदुषण मापदण्ड बाहिर हुन्छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सेनादेखि प्रहरीसम्म सुरक्षा निकायको हुर्मत लिँदै माननीयहरु

सेनादेखि प्रहरीसम्म सुरक्षा निकायको हुर्मत लिँदै माननीयहरु

जनप्रतिनिधिलाई 'माननीय' शब्दले सम्बोधन गरिन्छ । सबैभन्दा ठूलो मान भएको जनताको प्रतिनिधि भएकाले माननीय भनेर बोलाउने गरिन्छ । तर पछिल्ला दिनमा सांसदहरुले आफ्नै मान नराखी झगडियाका रुपमा प्रस्तुत...
पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

आज विभिन्न पाँचवटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रिय सभाको बैठक बस्दै, धेरै नागरिकलाई राहत हुनेगरी सरकारले ल्याएको नयाँ विधेयकमा छलफल हुँदै

राष्ट्रिय सभाको बैठक बस्दै, धेरै नागरिकलाई राहत हुनेगरी सरकारले ल्याएको नयाँ विधेयकमा छलफल हुँदै

संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।
संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

प्रतिनिधि सभा बैठकमा कोरम नपुगेर बैठक स्थगित भएपछि अहिले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको आलोचना भइरहेको छ ।