नेभिगेशन
सबै कुरा

समाजवादी प्रेस सङ्गठनका अध्यक्ष विश्वमणि सुवेदी निष्काशित

काठमाडौँ । माधब कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी निकट प्रेस सङ्गठन समाजवादी प्रेस सङ्गठन नेपालले अध्यक्ष निष्काशित गरेको छ । सो सङ्गठनका संस्थापक अध्यक्ष विश्वमणि सुवेदीलाई साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गरिएको संगठनका वरिष्ठ उपाध्यक्ष नवराज छत्कुलीले एक विज्ञप्तिमार्फत जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सुवेदीमाथि पार्टीको गतिविधि विरुद्धमा लागेको, सङ्गठनको हित विपरित पत्रकार महासंघको निर्वाचनमा अन्य उम्मेदवारलाई सघाएको, संगठनको रकम हिनामिना गरेको र केन्द्रिय कार्यालय बन्द गरेर लामो समय सम्पर्कविहीन भएको आरोप लगाइएको छ । 

Ncell
Extreme Energy

‘संगठनको प्रतिकुल गतिविधि गरिरहेको हुनाले विधानको ७।१ को ग बमोजिम साधारण सदस्यसमेत नरहनेगरी निष्काशन गरिएको जानकारी गराइन्छ,’ वरिष्ठ उपाध्यक्ष छत्कुलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ग्यास अभाव भएका उपभोक्ताका लागि निगमले तोक्यो काठमाडौँमा पाँच बिक्रीस्थल

ग्यास अभाव भएका उपभोक्ताका लागि निगमले तोक्यो काठमाडौँमा पाँच बिक्रीस्थल

निगमका अनुसार टेकुस्थित निगमको परिसरबाट नेपाल, एचपी, एभरेस्टरसुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ब्रान्डका ग्यास बिक्री गरिनेछ। त्यस्तै, चाबहिलस्थित यातायात कार्यालय परिसरबाट नेपाल र एचपी ब्रान्डका ग्यास...
दुई विद्रोही नेताको झगडाले कांग्रेसमा सल्किएको आगो !

दुई विद्रोही नेताको झगडाले कांग्रेसमा सल्किएको आगो !

विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले सानेपास्थित साविकको केन्द्रीय कार्यालयबाट पार्टी हाँकीरहेका छन् । चौधौँ महाधिवेशनबाट निर्वाचित भएका तर, विशेष महाधिवेशनबाट अपदस्थ गरिएका शेरबहादुर देउवाले चुनदेवीस्थित सम्पर्क कार्यालयबाट...
जनतामा देखिएका निराशाा आशामा बदल्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको छः देउवा

जनतामा देखिएका निराशाा आशामा बदल्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको छः देउवा

पूर्वप्रधानमन्त्री देउवाले मुलुकको अवस्था अहिले संवेदशील देखिएको बताउँदै सबै सजग भएर राष्ट्रिय एकता कायम गर्न भूमिका खेल्नुपर्नेमा जोड दिए । मुलुकको इतिहास सबै  लोकतान्त्रिक आन्दोलन कांग्रेसको नेतृत्वमा नै...
एनसेलसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

एनसेलसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

तर २०८३ साउन २६ गतेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो । र अहिले सर्वोच्चले साउन २६ गतेको एनसेलको प्रतिवेदन सार्वजनिक गर्नेसम्बन्धी निर्णय कार्यान्वयन नगरी...