नेभिगेशन
सबै कुरा

विचाराधीन विधेयकमा साझा धारणा बनाएर अगाडि बढ्ने सहमति

काठमाडौँ । सङ्घीय संसद्मा विचाराधीन विधेयकमा साझा अवधारणा बनाएर अगाडि बढाउने सहमति भएको छ ।  प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतकबीच आज भएको छलफलमा त्यस्तो सहमति भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको कार्यालयमा भएको छलफलमा विचाराधीन विधेयकमा साझा अवधारणा बनाएर अगाडि बढाउने सहमति भएकोे नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए । उनले विधेयकहरुलाई कसरी अगाडि बढाउने र चाँडो पारित गराउने भन्ने विषयमा छलफल भएको बताए ।

Ncell
Extreme Energy

संसद्लाई प्रभावकारी बनाउने र संसदीय  प्रक्रियामा साझा धारणा बनाएर अगाडि बढ्ने निष्कर्ष बैठकले निकालेको एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलाले बताए । 

बैठकमा संसद्को विषयगत समितिमा रहेका विधेयकलाई सत्तापक्ष र विपक्षी दलको साझा धारणा बनाएर चाँडो टुङ्ग्याउने विषयमा पनि नेताहरुबीच कुराकानी भएको थियो । बैठकमा कांग्रेसका प्रमुख सचेतक घिमिरे, एमालेका प्रमुख सचेतक बर्तौला, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सन्तोष परियार सहभागी थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।