नेभिगेशन
सबै कुरा

डा. निकोलस भुसाललाई ५० हजार धरौटीमा रिहा गर्न अदालतकाे आदेश

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतको फोटो सार्वजनिक गर्ने डा. निकोलस भुसाललाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार कास्की जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राईको इजलासले निकोलसलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

Ncell
Extreme Energy

तस्विर सार्वजनिक भएसँगै प्रहरीको भूमिकामाथि प्रश्न उठेपछि कास्की प्रहरीले साइबर अपराधको आरोपमा भुसाललाई गत पुस ७ गते नियन्त्रणमा लिएको थियो । तर अदालतले हिरासतमा नराखी अनुसन्धान गर्न आदेश दिएपछि भुसाल रिहा भएका थिए । प्रहरीले भुसाललाई बिहिबार पुनः पक्राउ गरेको थियो भने शुक्रबार उनीविरुद्ध अभियोजन दर्ता भएको थियो । सो अभियोजनपश्चात उनको बयान र थुनछेक बहस भएको थियो ।

भुसाललाई सरकारी वकिल कार्यालय कास्कीले विद्युतीय कारोबार ऐनविरुद्धको कसुर (साइबर अपराध) मा १ लाख रुपैयाँ जरिवाना र ५ वर्ष कैद सजायको मागदाबीसहित शुक्रबार जिल्ला अदालत कास्कीमा अभियोजन पत्र दर्ता गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ताकमकोतको ठेलो प्रतियोगितामा अशोकको ११औँ जित

ताकमकोतको ठेलो प्रतियोगितामा अशोकको ११औँ जित

म्याग्दीको धौलागिरि गाउँपालिका–७ स्थित ऐतिहासिक ताकमकोतमा बडादसैँको महानवमीका अवसरमा आयोजित परम्परागत ठेलो फाल्ने प्रतियोगितामा अशोक खत्रीले ११औँ पटक उपाधि जितेका छन् ।
कास्कीमा असोजमा ३२ फरार प्रतिवादी पक्राउ

कास्कीमा असोजमा ३२ फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीले गत असोज महिनामा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ३२ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
प्रधानमन्त्री बालेनको शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन एकजुट होऔं

प्रधानमन्त्री बालेनको शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन एकजुट होऔं

प्रधानमन्त्री बालेन शाहले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति हटाउन सबै एकजुट हुनुपर्ने बताएका छन् ।
ब्रह्मायणी जात्रामा बिहानैदेखि भक्तजनको भीड

ब्रह्मायणी जात्रामा बिहानैदेखि भक्तजनको भीड

भक्तपुरको ब्रह्मायणी मन्दिरमा विजयादशमीका अवसरमा लाग्ने ब्रह्मायणी जात्रामा रातिदेखि नै भक्तजनको भीड लागेको छ ।