नेभिगेशन
सबै कुरा

डा. निकोलस भुसाललाई ५० हजार धरौटीमा रिहा गर्न अदालतकाे आदेश

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतको फोटो सार्वजनिक गर्ने डा. निकोलस भुसाललाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार कास्की जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राईको इजलासले निकोलसलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

Ncell
Extreme Energy

तस्विर सार्वजनिक भएसँगै प्रहरीको भूमिकामाथि प्रश्न उठेपछि कास्की प्रहरीले साइबर अपराधको आरोपमा भुसाललाई गत पुस ७ गते नियन्त्रणमा लिएको थियो । तर अदालतले हिरासतमा नराखी अनुसन्धान गर्न आदेश दिएपछि भुसाल रिहा भएका थिए । प्रहरीले भुसाललाई बिहिबार पुनः पक्राउ गरेको थियो भने शुक्रबार उनीविरुद्ध अभियोजन दर्ता भएको थियो । सो अभियोजनपश्चात उनको बयान र थुनछेक बहस भएको थियो ।

भुसाललाई सरकारी वकिल कार्यालय कास्कीले विद्युतीय कारोबार ऐनविरुद्धको कसुर (साइबर अपराध) मा १ लाख रुपैयाँ जरिवाना र ५ वर्ष कैद सजायको मागदाबीसहित शुक्रबार जिल्ला अदालत कास्कीमा अभियोजन पत्र दर्ता गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ग्यास अभाव भएका उपभोक्ताका लागि निगमले तोक्यो काठमाडौँमा पाँच बिक्रीस्थल

ग्यास अभाव भएका उपभोक्ताका लागि निगमले तोक्यो काठमाडौँमा पाँच बिक्रीस्थल

निगमका अनुसार टेकुस्थित निगमको परिसरबाट नेपाल, एचपी, एभरेस्टरसुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ब्रान्डका ग्यास बिक्री गरिनेछ। त्यस्तै, चाबहिलस्थित यातायात कार्यालय परिसरबाट नेपाल र एचपी ब्रान्डका ग्यास...
दुई विद्रोही नेताको झगडाले कांग्रेसमा सल्किएको आगो !

दुई विद्रोही नेताको झगडाले कांग्रेसमा सल्किएको आगो !

विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले सानेपास्थित साविकको केन्द्रीय कार्यालयबाट पार्टी हाँकीरहेका छन् । चौधौँ महाधिवेशनबाट निर्वाचित भएका तर, विशेष महाधिवेशनबाट अपदस्थ गरिएका शेरबहादुर देउवाले चुनदेवीस्थित सम्पर्क कार्यालयबाट...
जनतामा देखिएका निराशाा आशामा बदल्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको छः देउवा

जनतामा देखिएका निराशाा आशामा बदल्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको छः देउवा

पूर्वप्रधानमन्त्री देउवाले मुलुकको अवस्था अहिले संवेदशील देखिएको बताउँदै सबै सजग भएर राष्ट्रिय एकता कायम गर्न भूमिका खेल्नुपर्नेमा जोड दिए । मुलुकको इतिहास सबै  लोकतान्त्रिक आन्दोलन कांग्रेसको नेतृत्वमा नै...
एनसेलसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

एनसेलसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

तर २०८३ साउन २६ गतेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो । र अहिले सर्वोच्चले साउन २६ गतेको एनसेलको प्रतिवेदन सार्वजनिक गर्नेसम्बन्धी निर्णय कार्यान्वयन नगरी...