नेभिगेशन
सबै कुरा

चिसोले सर्लाहीको जनजीवन कष्टकर

सर्लाही । तराई क्षेत्रमा केही दिनयताको बाक्लो हुस्सु र कुहिरोले जनजीवन कष्टकर भएको छ । चिसो हावासँगै शीत पनि झरिरहेकाले जनजीवन कष्टकर भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

खासगरी तराई क्षेत्रमा हरेक वर्ष हिउँदमा बाक्लो कुहिरो लाग्ने गरेको छ । जलवायु परिर्वतनका कारण यस वर्ष केही फरक देखिएको छ । कुनै दिन चर्को घाम लाग्ने र कुनै दिन बाक्लो कुहिरो लाग्ने गरेको छ । बाक्लो कुहिरोका कारण बिहान सवारीसाधन चलाउन कठिन भएको चालकहरुले बताएका छन् । सवारीसाधनले दिउँसै बत्ती बालेर चलाउनुपर्ने अवस्था आएको छ भने दुर्घटनाको जोखिम पनि बढेको जिल्ला ट्राफिक कार्यालय नवलपुरले जनाएको छ ।

Ncell
Extreme Energy

कुहिरोका कारण किसान खेतीपातीका काममा जान नसक्दा कृषि गतिविधिसमेत प्रभावित भएका छन् । कुहिरोका कारण हिउँदे बालीनालीमा क्षति भएको कृषि ज्ञान केन्द्रका प्रमुख देवानन्दराय यादवले जानकारी दिए । 

कुहिरो र चिसो हावाका कारण दैनिक कामकाजमा प्रभावित हुनुका साथै स्वास्थ्यसम्बन्धी समस्या पनि देखापरेको छ । यहाँका बालबालिका, वृद्धवृद्धा र ज्यालादारी गर्ने मजदुर सबैभन्दा बढी प्रभावित भएका छन् । चिसोका कारण श्वासप्रश्वास, निमोनिया र ज्वरोको समस्या बढ्न थालेको प्रादेशिक अस्पताल डा अविनाश सिंहले जानकारी दिनुभयो । चिसोबाट प्रभावित बिरामीको चाप स्थानीय स्वास्थ्य संस्थामा बढेको स्तुति सौम्य हेल्थ केयर चिकित्सक डा गुणेश्वर झाले बतार्ए ।

जिल्ला प्रशासन कार्यालयले कुहिरो र चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जिल्लावासीलाई आह्वान गरेको छ । न्यानो कपडा लगाउन, बिहानबेलुका घरभित्रै बस्न र चिसोबाट जोगाउन बालबालिका तथा वृद्धवृद्धालाई विशेष ध्यान दिन प्रशासनले अनुरोध छ । विभिन्न ठाउँमा न्यानो कपडा वितरण र काठ, दाउरा बाल्ने व्यवस्था समाजसेवी संस्थाले गरेका छन् । 

यसैबीच, जिल्ला प्रशासन कार्यालय सर्लाहीले पर्सा गाउँपालिका–३ र ४ मा चिसोबाट प्रभावित अनिविपन्न गरीब तथा दलित ६८ जनालाई र विष्णु गाउँपालिका–१ बाराका ६१ परिवारलाई फाइबर सिरक वितरण गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एआईले खोल्दैछ इतिहासका गुप्त रहस्य

एआईले खोल्दैछ इतिहासका गुप्त रहस्य

कृत्रिम बौद्धिकता (एआई) को सहायताले दुई सय वर्षभन्दा बढी समयदेखि रहस्य बनेको फ्रान्सेली सम्राट नेपोलियन बोनापार्टको युद्धकालीन गोप्य सन्देश समाधान गरिएको छ।
गगन थापाको शुभकामना : ‘दसैँको खुसी दुःखमा परेका परिवारसँग बाँडौँ’

गगन थापाको शुभकामना : ‘दसैँको खुसी दुःखमा परेका परिवारसँग बाँडौँ’

नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय विपत्ति र पीडाको संवेदनशील परिस्थितिमा दसैँ मनाइरहेको उल्लेख गर्दै दुःखमा परेका परिवारसँग खुसी बाँड्न र एकअर्काको सहारा बन्न आग्रह गरेका छन्।
यस्तो रहनेछ दसैँको टीकाको दिन मौसम

यस्तो रहनेछ दसैँको टीकाको दिन मौसम

बुधबार बडादसैँको टीकाको दिन देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली हुने तथा तराईका क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
गङ्गापूर्ण हिमालमा सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको खोजी जारी

गङ्गापूर्ण हिमालमा सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको खोजी जारी

गङ्गापूर्ण हिमाल आरोहणका क्रममा अक्टोबर १५ देखि सम्पर्कविहीन भएका दुई जापानी पर्वतारोहीको खोजी तथा उद्धार जारी छ।