नेभिगेशन
सबै कुरा

चिसोले सर्लाहीको जनजीवन कष्टकर

सर्लाही । तराई क्षेत्रमा केही दिनयताको बाक्लो हुस्सु र कुहिरोले जनजीवन कष्टकर भएको छ । चिसो हावासँगै शीत पनि झरिरहेकाले जनजीवन कष्टकर भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

खासगरी तराई क्षेत्रमा हरेक वर्ष हिउँदमा बाक्लो कुहिरो लाग्ने गरेको छ । जलवायु परिर्वतनका कारण यस वर्ष केही फरक देखिएको छ । कुनै दिन चर्को घाम लाग्ने र कुनै दिन बाक्लो कुहिरो लाग्ने गरेको छ । बाक्लो कुहिरोका कारण बिहान सवारीसाधन चलाउन कठिन भएको चालकहरुले बताएका छन् । सवारीसाधनले दिउँसै बत्ती बालेर चलाउनुपर्ने अवस्था आएको छ भने दुर्घटनाको जोखिम पनि बढेको जिल्ला ट्राफिक कार्यालय नवलपुरले जनाएको छ ।

Ncell
Extreme Energy

कुहिरोका कारण किसान खेतीपातीका काममा जान नसक्दा कृषि गतिविधिसमेत प्रभावित भएका छन् । कुहिरोका कारण हिउँदे बालीनालीमा क्षति भएको कृषि ज्ञान केन्द्रका प्रमुख देवानन्दराय यादवले जानकारी दिए । 

कुहिरो र चिसो हावाका कारण दैनिक कामकाजमा प्रभावित हुनुका साथै स्वास्थ्यसम्बन्धी समस्या पनि देखापरेको छ । यहाँका बालबालिका, वृद्धवृद्धा र ज्यालादारी गर्ने मजदुर सबैभन्दा बढी प्रभावित भएका छन् । चिसोका कारण श्वासप्रश्वास, निमोनिया र ज्वरोको समस्या बढ्न थालेको प्रादेशिक अस्पताल डा अविनाश सिंहले जानकारी दिनुभयो । चिसोबाट प्रभावित बिरामीको चाप स्थानीय स्वास्थ्य संस्थामा बढेको स्तुति सौम्य हेल्थ केयर चिकित्सक डा गुणेश्वर झाले बतार्ए ।

जिल्ला प्रशासन कार्यालयले कुहिरो र चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जिल्लावासीलाई आह्वान गरेको छ । न्यानो कपडा लगाउन, बिहानबेलुका घरभित्रै बस्न र चिसोबाट जोगाउन बालबालिका तथा वृद्धवृद्धालाई विशेष ध्यान दिन प्रशासनले अनुरोध छ । विभिन्न ठाउँमा न्यानो कपडा वितरण र काठ, दाउरा बाल्ने व्यवस्था समाजसेवी संस्थाले गरेका छन् । 

यसैबीच, जिल्ला प्रशासन कार्यालय सर्लाहीले पर्सा गाउँपालिका–३ र ४ मा चिसोबाट प्रभावित अनिविपन्न गरीब तथा दलित ६८ जनालाई र विष्णु गाउँपालिका–१ बाराका ६१ परिवारलाई फाइबर सिरक वितरण गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रवि लामिछाने रास्वपाको सर्वसम्मत सभापति

रवि लामिछाने रास्वपाको सर्वसम्मत सभापति

सभापतिका लागि मनोनयन दर्ता गर्ने निर्धारित समयमा लामिछानेको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध सभापति भएका हुन् ।  रास्वपाका संस्थापक सभापति लामिछानेको महाधिवेशनपछि पहिलो कार्यकाल हुने छ ।
रास्वपा महाधिवेशन : भोलि बिहान ९ बजेदेखि मतदान

रास्वपा महाधिवेशन : भोलि बिहान ९ बजेदेखि मतदान

राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन जारी छ । जारी महाधिवेशनमा नयाँ नेतृत्वका लागि भोलि बिहान ९ बजेबाट मतदान हुने भएको छ ।
स्वर्णिम वाग्लेको ‘अर्थ–राजनीतिक' प्रस्ताव: रास्वपा ‘उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी’

स्वर्णिम वाग्लेको ‘अर्थ–राजनीतिक' प्रस्ताव: रास्वपा ‘उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी’

प्रस्तावनाको ५ बुँदामा संक्षिप्त व्याख्या सहित १० बुँदामा पूर्ण व्याख्या गरेको प्रतिवेदनमा भनिएको छ, ‘रास्वपा सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक...
बन्दसत्र सकिएपछि रवि–बालेन अंकमाल  (तस्बिरहरु)

बन्दसत्र सकिएपछि रवि–बालेन अंकमाल  (तस्बिरहरु)

रास्वपा महाधिवेशन अन्तर्गत बन्दसत्र सकिएपछि सभापति रवि लामिछाने र वरिष्ठ नेता एवम् प्रधानमन्त्री बालेन शाहले अंकमाल गरेका छन् ।