नेभिगेशन
सबै कुरा

गाजा युद्धबिराम आजदेखि सुरु, विपिन दोस्रो चरणमा रिहा हुने आशा

इजरायल र हमासबीचको युद्धविराम सम्झौता आजदेखि कार्यान्वयन सुरु हुँदैछ । इजरायलले हमासँगको युद्धविराम गर्ने सहमति शुक्रबार मन्त्रिपरिषदबाट अनुमोदन गरेसँगै पहिलो चरणका प्रक्रिया सुरु भएको हो । सम्झौता अनुसार पहिलो चरणमा हमासले छाड्ने एक बन्धक बराबर इजरायलले ३० कैदी रिहा गर्नुपर्ने छ ।

रोयर्टसका अनुसार सम्झौता अनुसारनै आइतबार(आज) हमासले बन्धक बनाएका तीन इजरायली महिलालाई बन्धनमुक्त गर्ने छ । यस्तै इजरायलले पनि हमासका ९० जान प्प्यालेस्टिनी कैदी रिहा गर्ने छ । सम्झौताको ४२ दिनमा हमासले ३३ जना बन्धक रिहा गर्नुपर्ने छ । तर सम्झौता भन्दा तलमाथि भएको खण्डमा गाजामा पुन आक्रमण गर्ने धम्की इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले दिइसकेका छन् । 

CG

सम्झौत अनुसार दुबै पक्षबाट रिहा हुनेहरुलाई रेडक्रसको सहयोगमा आफ्नो देश पुर्याइने रोयर्टसले जनाएको छ । यस्तै हमासका नियन्त्रणमा रहेका १ इजरायली सैनिकलाई मुक्त गर्दा इजरायलले ५० जना प्यालेस्टिीन कैदी रिहा गर्नुपर्ने छ । 

अहिले एक एक सातामा बन्धक तथा कैदी मुक्त गर्ने सहमती भएको छ । दोस्रो पटक हमासले ४ जना बन्धकमुक्त गर्दा सोहि अनुसार इजरायलले प्यालेस्टिनी कैदी मुक्त गर्नुपर्ने छ । 

साथै यो ४२ दिनभित्रै युद्धविराको दोस्रो चरणको सम्झौता अघि बढाउनु पर्ने सर्त समेत राखिएको छ । यो कार्यन्वयन नभएको खण्डमा फेरी गाजामा आक्रमण हुने इजरायलले चेतावनी दिइरहेको छ । 

साथै यो अवधिमा इजरायली सैनिक गाजाबाट नर्फीएपनि वस्तिबाट भने बाहिरिनु पर्ने भनिएको छ । ४२ दिनपछि हुने दोस्रो चरणको युद्धविरा कार्यान्वयन भएको खण्डमा गाजामा दिगो शान्ति घोषणा गर्ने र हमासले बाँकी भएका बन्धकहरू रिहा गर्ने सम्झौतामा उल्लेख छ। साथै इजरायली सबै सैनिक गाजा क्षेत्रबाट फर्कीने छन् । 

त्यसपछि सुरु हुने तेस्रो चरणको युद्धविराममा गजामा मारिएका इजरायली बन्धक र इजरायलमा मारिएका प्यालेस्टिनी लडाकुको शव एक अर्कालाई फर्काइने छ। त्यसपछि गजामा पुनःनिर्माण योजना कार्यान्वयन गरी इसराइल र गजाको सीमाना खुला गरिने सम्झौतापत्रमा उल्लेख छ।

यस्तै हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपीन जोशी, युद्धविराको दोस्रो चरणमा  छुट्ने आशा नेपाली पक्षले गरेको छ । पहिलो चरणमा इजरायली महिला छाड्ने गरि नाम समेत सार्वजनिक भैसकेको छ । 

यस अघि इजयारयल तथा विदेशी नियोगहरुका अनुसार विपीन जोशी शकुसल रहेको केहि आधारहरु प्राप्त भएकाले दोस्रो चरणको युद्धविराममा उनी रिहा हुने आशा गरिएको हो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
थाइल्यान्ड–क्याम्बोडिया बिच तिव्र सीमा विवादः थाइल्यान्डद्वारा हवाई आक्रमण

थाइल्यान्ड–क्याम्बोडिया बिच तिव्र सीमा विवादः थाइल्यान्डद्वारा हवाई आक्रमण

यो झडपको कारण यस वर्षको गर्मीमा भएको पाँच दिन लामो लडाइँसँग जोडिएको छ, जसमा ४३ जनाको मृत्यु भएको थियो र दुबै पक्षका लगभग तीन लाख मानिस विस्थापित भएका...
चीनद्वारा इन्टरनेट उपग्रहहरूको नयाँ समूह प्रक्षेपण

चीनद्वारा इन्टरनेट उपग्रहहरूको नयाँ समूह प्रक्षेपण

रकेट दिउँसो ३ः५३ बजे उड्यो र उपग्रहहरूलाई सफलतापूर्वक आफ्नो कक्षामा पुर्‍यायो । लङ मार्च–८ए रकेट ५०.५ मिटर लामो र ३७१ टन तौलको छ । यसले ७०० किलोमिटर उचाइमा...
गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको मृत्यु

गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको मृत्यु

“आज हामी सबैका लागि अत्यन्त पीडादायी दिन हो”, मुख्यमन्त्री सावन्तले विज्ञप्तिमा उल्लेख गरेका छन्, “२५ जनाले ज्यान गुमाउनुभएको छ र छ जना घाइते हुनुभएको छ ।” उनले पत्रकारहरूसँग...
अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प

अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प

युएस जियोलोजिकल सर्भेका अनुसार २०ः४१ जिएमटीमा गएको उक्त प्रमुख कम्पनपछिको तीन घन्टाभित्र ५.१ देखि ३.३ म्याग्निच्युडका झण्डै ३० वटा परकम्प महसुस गरिएको थियो ।