नेभिगेशन
सबै कुरा

केपी ओली गुटमा बस्नुको औचित्य छैन भन्दै ५९ जनाले छोडे एमाले, भिम रावलको अभियानमा समावेश हुने (सूचीसहित)

काठमाडौँ । सुदुरपश्चिम प्रदेशका नेकपा एमालेका ५९ जना नेता–कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । एमालेले डा. भिम रावललाई पार्टीबाट निष्कासन गरेसँगै उनीहरुले आफूहरु डा रावलको मातृभूमि जागरण अभियानलाई साथ दिने भन्दै पार्टी परित्याग गरेका हुन् । उनीहरुले एक विज्ञप्ती सार्वजनिक गरेर संयुक्त पार्टी परित्याग गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टी परित्गाग गर्नेमा नेकपा एमाले केन्द्रीय पर्यटन विभागका सदस्य रमेश बहादुर कुँवर, ५ जना नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य, ६ जना नेकपा एमाले सचिवालय सदस्य लगायत छन् । 

Ncell
Extreme Energy

‘समाजवाद त टाढाको कुरा भयो, देशभक्ति र जनताप्रतिको प्रतिबद्धता समेत नष्ट गरिएको छ । कम्युनिस्ट र समाजवादका विरोधीहरूसँग घाँटी जोड्दै पार्टीलाई सिद्धान्तहीन, आदर्शहीन र गन्तव्यहीन यात्रामा धकेल्ने केपी ओली गुटको नेतृत्वमा इमान्दार र देशभक्त सदस्यहरूले बसिरहनुको कुनै औचित्य छैन ।’, विज्ञप्तीमा भनिएको छ ।

नेकपा एमालेले भिम रावललाई गत पुस १० गते अनुशासन उल्लङ्घन गरेको भन्दै पार्टीबाट निष्कासन गरेको थियो । त्यसको केही दिनमा रावलले आफूलाई केपी ओलीले हटाएर केही नहुने भन्दै मातृभूमि जागरण अभियानको घोषणा गरेको थिए । 

डा. रावलको घोषणापछि देशभर एमाले छोडेर उक्त अभियानमा जोडिनेको संख्या बढ्दो छ । अझ रावलको पकड रहेको सुदुरपश्चिम प्रदेशमा त सामूहिक राजीनामा दिएर पार्टी छाड्नेको लर्को नै लागेको छ । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सेनादेखि प्रहरीसम्म सुरक्षा निकायको हुर्मत लिँदै माननीयहरु

सेनादेखि प्रहरीसम्म सुरक्षा निकायको हुर्मत लिँदै माननीयहरु

जनप्रतिनिधिलाई 'माननीय' शब्दले सम्बोधन गरिन्छ । सबैभन्दा ठूलो मान भएको जनताको प्रतिनिधि भएकाले माननीय भनेर बोलाउने गरिन्छ । तर पछिल्ला दिनमा सांसदहरुले आफ्नै मान नराखी झगडियाका रुपमा प्रस्तुत...
पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

आज विभिन्न पाँचवटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रिय सभाको बैठक बस्दै, धेरै नागरिकलाई राहत हुनेगरी सरकारले ल्याएको नयाँ विधेयकमा छलफल हुँदै

राष्ट्रिय सभाको बैठक बस्दै, धेरै नागरिकलाई राहत हुनेगरी सरकारले ल्याएको नयाँ विधेयकमा छलफल हुँदै

संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।
संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

प्रतिनिधि सभा बैठकमा कोरम नपुगेर बैठक स्थगित भएपछि अहिले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको आलोचना भइरहेको छ ।