नेभिगेशन
सबै कुरा

केपी ओली गुटमा बस्नुको औचित्य छैन भन्दै ५९ जनाले छोडे एमाले, भिम रावलको अभियानमा समावेश हुने (सूचीसहित)

काठमाडौँ । सुदुरपश्चिम प्रदेशका नेकपा एमालेका ५९ जना नेता–कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । एमालेले डा. भिम रावललाई पार्टीबाट निष्कासन गरेसँगै उनीहरुले आफूहरु डा रावलको मातृभूमि जागरण अभियानलाई साथ दिने भन्दै पार्टी परित्याग गरेका हुन् । उनीहरुले एक विज्ञप्ती सार्वजनिक गरेर संयुक्त पार्टी परित्याग गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टी परित्गाग गर्नेमा नेकपा एमाले केन्द्रीय पर्यटन विभागका सदस्य रमेश बहादुर कुँवर, ५ जना नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य, ६ जना नेकपा एमाले सचिवालय सदस्य लगायत छन् । 

Ncell
Extreme Energy

‘समाजवाद त टाढाको कुरा भयो, देशभक्ति र जनताप्रतिको प्रतिबद्धता समेत नष्ट गरिएको छ । कम्युनिस्ट र समाजवादका विरोधीहरूसँग घाँटी जोड्दै पार्टीलाई सिद्धान्तहीन, आदर्शहीन र गन्तव्यहीन यात्रामा धकेल्ने केपी ओली गुटको नेतृत्वमा इमान्दार र देशभक्त सदस्यहरूले बसिरहनुको कुनै औचित्य छैन ।’, विज्ञप्तीमा भनिएको छ ।

नेकपा एमालेले भिम रावललाई गत पुस १० गते अनुशासन उल्लङ्घन गरेको भन्दै पार्टीबाट निष्कासन गरेको थियो । त्यसको केही दिनमा रावलले आफूलाई केपी ओलीले हटाएर केही नहुने भन्दै मातृभूमि जागरण अभियानको घोषणा गरेको थिए । 

डा. रावलको घोषणापछि देशभर एमाले छोडेर उक्त अभियानमा जोडिनेको संख्या बढ्दो छ । अझ रावलको पकड रहेको सुदुरपश्चिम प्रदेशमा त सामूहिक राजीनामा दिएर पार्टी छाड्नेको लर्को नै लागेको छ । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।