नेभिगेशन
सबै कुरा

जीप र अटोरिक्सा ठोक्किए, एकजनाको मृत्यु, तीनजना घाइते

झापा । मेची राजमार्गको बुद्धशान्ति गाउँपालिका–४  हापेन चोकमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अन्य तीन घाइते भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मृत्यु हुनेमा अटोरिक्सामा सवार बुद्धशान्ति–४ की २७ वर्षीया अमृता तामाङ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका प्रमुख गणेश पौडेलले जानकारी दिए । प्र १–०१–००१ ज३६३ नम्बरको अटोरिक्सा र चारआलीबाट इलामतर्फ गइरहेको प्र १–०१–००१ ज ३८५१ नम्बरको जिप एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो । 

Ncell
Extreme Energy

दुर्घटनामा जिप चालक मेचीनगर नगरपालिका–१२ का ४० वर्षीय दिलकुमार थामी, अटोरिक्सामा सवार बुद्धशान्ति–४ की २१ वर्षीया कृतिका तामाङ र ४१ वर्षीया मञ्जु तामाङ घाइते भएका छन् । उनीहरुको सिटी अस्पताल बुधबारेमा उपचार भइरहेको छ । प्रहरीले अटोरिक्साका चालक ५३ वर्षीय अजय मोक्तानलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दुई विद्रोही नेताको झगडाले कांग्रेसमा सल्किएको आगो !

दुई विद्रोही नेताको झगडाले कांग्रेसमा सल्किएको आगो !

विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले सानेपास्थित साविकको केन्द्रीय कार्यालयबाट पार्टी हाँकीरहेका छन् । चौधौँ महाधिवेशनबाट निर्वाचित भएका तर, विशेष महाधिवेशनबाट अपदस्थ गरिएका शेरबहादुर देउवाले चुनदेवीस्थित सम्पर्क कार्यालयबाट...
जनतामा देखिएका निराशाा आशामा बदल्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको छः देउवा

जनतामा देखिएका निराशाा आशामा बदल्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको छः देउवा

पूर्वप्रधानमन्त्री देउवाले मुलुकको अवस्था अहिले संवेदशील देखिएको बताउँदै सबै सजग भएर राष्ट्रिय एकता कायम गर्न भूमिका खेल्नुपर्नेमा जोड दिए । मुलुकको इतिहास सबै  लोकतान्त्रिक आन्दोलन कांग्रेसको नेतृत्वमा नै...
एनसेलसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

एनसेलसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

तर २०८३ साउन २६ गतेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो । र अहिले सर्वोच्चले साउन २६ गतेको एनसेलको प्रतिवेदन सार्वजनिक गर्नेसम्बन्धी निर्णय कार्यान्वयन नगरी...
सहधर्मीमाथि ओलीको शृंखलाबद्ध घात

सहधर्मीमाथि ओलीको शृंखलाबद्ध घात

जसजसले विगतमा उनलाई अहिलेको ओली बनाउन भूमिका खेले, क्षीण हुँदा दर्बिलो साथ दिए, पार्टी सत्तामा पुर्‍याउन दिलोज्यान लगाए, राजकीय भूमिकामा शिखरित गराउँदै उनको शानशौकतमा इँटा थपे, उनले ती...