नेभिगेशन
सबै कुरा

प्रहरीलाई कुच्चिएको रित्तो गाग्री बुझाएर सिंहदरबार छिरे हर्क साम्पाङ

काठमाडाैँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सिंहदरबार प्रवेश गरेका छन् । उनले आफूले ल्याएको कुच्चिएको रित्तो गाग्री प्रहरीलाई बुझाएर खालीहात सिंहदरबार प्रवेश गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

धरानलाई सरकारले खानेपानीको समस्या समाधान गर्न सहयोग नगरेको भन्दै रित्तो गाग्री लिएर सिंहदरबार प्रवेश गर्ने तयारीमा रहेका साम्पाङलाई प्रहरीले रोकेको थियो । सिंहदरबार निशेधित क्षेत्र रहेको र सो क्षेत्रमा कुनै पनि विरोधका गतिविधि गर्न नपाउने भन्दै प्रहरीले साम्पाङलाई सिंहदरबार परिसरबाटै रोकेको थियो । 

Ncell
Extreme Energy

त्यस्तै प्रहरीले आफूहरुले सो गाग्री लिने र साम्पाङलाई पछि जिम्मा लगाउने बताएपछि साम्पाङले सो गाग्री प्रहरीलाई बुझाएर सिंहदरबार प्रवेश गरेका हुन् । 

उनी सिंहदरबारमा खानेपानी मन्त्रीलाई भेटेर समस्या राख्न खानेपानी मन्त्रालय छिरेका छन् । उनले आजै प्रधानमन्त्रीलाई समेत भेटेर आफ्नो कुरा राख्ने बताएका छन् । 

मेयर साम्पाङले धराने जनताले काकाकुलको जीवन बिताइरहँदा सरकार मुकदर्शक भएको भन्दै विरोध गर्दै आएका छन् । उनले सरकारले आफूहरुलाई खानेपानीका लागि पर्याप्त बजेट नदिएको भन्दै सरकारको विरोध गर्न आइतबार रित्तो, कुच्चिएको गाग्री लिएर काठमाडौँ आएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सेनादेखि प्रहरीसम्म सुरक्षा निकायको हुर्मत लिँदै माननीयहरु

सेनादेखि प्रहरीसम्म सुरक्षा निकायको हुर्मत लिँदै माननीयहरु

जनप्रतिनिधिलाई 'माननीय' शब्दले सम्बोधन गरिन्छ । सबैभन्दा ठूलो मान भएको जनताको प्रतिनिधि भएकाले माननीय भनेर बोलाउने गरिन्छ । तर पछिल्ला दिनमा सांसदहरुले आफ्नै मान नराखी झगडियाका रुपमा प्रस्तुत...
पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

आज विभिन्न पाँचवटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रिय सभाको बैठक बस्दै, धेरै नागरिकलाई राहत हुनेगरी सरकारले ल्याएको नयाँ विधेयकमा छलफल हुँदै

राष्ट्रिय सभाको बैठक बस्दै, धेरै नागरिकलाई राहत हुनेगरी सरकारले ल्याएको नयाँ विधेयकमा छलफल हुँदै

संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।
संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

प्रतिनिधि सभा बैठकमा कोरम नपुगेर बैठक स्थगित भएपछि अहिले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको आलोचना भइरहेको छ ।