नेभिगेशन
सबै कुरा

प्रहरीलाई कुच्चिएको रित्तो गाग्री बुझाएर सिंहदरबार छिरे हर्क साम्पाङ

काठमाडाैँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सिंहदरबार प्रवेश गरेका छन् । उनले आफूले ल्याएको कुच्चिएको रित्तो गाग्री प्रहरीलाई बुझाएर खालीहात सिंहदरबार प्रवेश गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

धरानलाई सरकारले खानेपानीको समस्या समाधान गर्न सहयोग नगरेको भन्दै रित्तो गाग्री लिएर सिंहदरबार प्रवेश गर्ने तयारीमा रहेका साम्पाङलाई प्रहरीले रोकेको थियो । सिंहदरबार निशेधित क्षेत्र रहेको र सो क्षेत्रमा कुनै पनि विरोधका गतिविधि गर्न नपाउने भन्दै प्रहरीले साम्पाङलाई सिंहदरबार परिसरबाटै रोकेको थियो । 

Ncell
Extreme Energy

त्यस्तै प्रहरीले आफूहरुले सो गाग्री लिने र साम्पाङलाई पछि जिम्मा लगाउने बताएपछि साम्पाङले सो गाग्री प्रहरीलाई बुझाएर सिंहदरबार प्रवेश गरेका हुन् । 

उनी सिंहदरबारमा खानेपानी मन्त्रीलाई भेटेर समस्या राख्न खानेपानी मन्त्रालय छिरेका छन् । उनले आजै प्रधानमन्त्रीलाई समेत भेटेर आफ्नो कुरा राख्ने बताएका छन् । 

मेयर साम्पाङले धराने जनताले काकाकुलको जीवन बिताइरहँदा सरकार मुकदर्शक भएको भन्दै विरोध गर्दै आएका छन् । उनले सरकारले आफूहरुलाई खानेपानीका लागि पर्याप्त बजेट नदिएको भन्दै सरकारको विरोध गर्न आइतबार रित्तो, कुच्चिएको गाग्री लिएर काठमाडौँ आएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...