नेभिगेशन
सबै कुरा

प्रमोद र प्रदीप जयसवाल दाजुभाइ विरुद्धको चोरी शिकारी मुद्दामा सक्कल मिसिल पठाउन निकुञ्जको आनाकानी

पर्सा । मधेश प्रदेशका खेलकुद तथा समाजकल्याण मन्त्रीसमेत प्रतिवादी रहेको चोरी शिकारी मुद्दामा सक्कल मिसिल झिकाउन जिल्ला अदालतले गरेको ताकेतामा पर्सा राष्ट्रिय निकुञ्जले आलटाल गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

२०७९ पुस ४ गते राति पर्सा राष्ट्रिय निकुञ्जमा भएको चोरी तस्करी र नेपाली सेनाको संयुक्त गस्ती टोलीमाथि तस्कर समूहले गरेको आक्रमणसँग सम्बन्धित मुद्दाको पुनरावेदन निवेदन पर्सा जिल्ला अदालतमा बिचाराधिन छ ।

Everest cinsult

पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयले २०७९ माघ १७ गते वन्यजन्तुको अवैध चोरी सिकारीको घटनामा संलग्न रहेको भन्दै दुई प्रदेश सांसद सहित ४९ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । जसमा पूर्व गाउँपालिका अध्यक्ष प्रदीप जयसवाल सहित पर्सा क्षेत्र नम्बर ३ (क) का प्रदेश सभा सदस्यमा स्वतन्त्र जितेका उनका आफ्नै दाइ हाल मधेश प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्री भएका प्रमोद जयसवाल समेत प्रतिवादी थिए । 

सो मुद्दामा प्रदेश सांसदद्वय प्रमोद जयसवाल र श्याम खड्का, पालिकाका पूर्वअध्यक्ष प्रदिप जयसवाल र सञ्जीव शाही सहित चार जनालाई वन्यजन्तुको अवैध चोरी शिकारीमा मतियारको आरोप लगाइएको थियो । तर, २०८० पुस १७ गते निकुञ्जले जयसवाल दाजुभाइसहित ६ जनालाई सफाइ दिने निर्णय गर्यो ।

उक्त निर्णय विरुद्ध जिल्ला सरकारी वकिल कार्यालय पर्साले २०८० चैत्र ११ गते जिल्ला अदालत पर्सामा मुद्दाको पुनरावेदन गर्यो । ‘प्रहरी प्रतिवेदन तथा केन्द्रिय अनुसन्धान ब्युरो, काठमाडौँको सीडीआर विश्लेषण समेतको आधार प्रमाणहरूका आधारमा प्रमोद कुमार जैसवाल, प्रदिप कुमार जैसवाल, संवि शाही र श्याम बहादुर खड्का समेत अभियोग दावी बमोजिमको कसुर गरेको पुष्टि भएको अवस्थामा पनि सफाइ दिने गरी भएको फैसला बदरभागी रहन्छ’ जिल्ला अदालत पर्सामा गरिएको पुनरावेदन निवेदनमा भनिएको छ । 


तर, उक्त मुद्दाको नियमित सुनुवाइको लागि निकुञ्ज प्रशासनले असहयोग गरेको अदालतको भनाई छ ।  ‘जिल्ला अदालतले पर्सा राष्ट्रिय निकुञ्जलाई दुई दुई पटक पत्र लेखेर घटना बारदात लगायतको मिसिल मगाउन पत्राचार गरेपनि त्यसको जवाफ पर्सा राष्ट्रिय निकुञ्जले सहयोग गरेन,’ जिल्ला अदालत पर्साका सूचना अधिकारी रामनरेश महतोले भने, ‘कर्मचारी नै खटाएर स्थलगत पठाउँदा पनि फैसलाको निर्णय मिसिल कागजात पाउन सकिएको छैन ।’

अदालत प्रशासनका अनुसार पछिल्लो समय जिल्ला अदालतबाट पुन २०८१ मंसिर २८ गते ताकेताको पत्र पठाएको र जिल्ला अदालतबाट कर्मचारीहरु आफैँ स्थलगत बुझ्न समेत पठाइएको थियो । तर, निकुञ्जले सहयोग गरेको छैन् । 

निकुञ्ज प्रशासनको असहयोगका कारण १० महिना अघि दर्ता भएको पुनरावेदन निवेदन नियमित मुद्दाको प्रक्रियामै नचढेको अदालत प्रशासनको भनाई छ ।

यता निकुञ्ज प्रशासनले भने अदालतको ताकेताबारे बुझेको र मिसिल पठाइएको दाबी सिधाकुरासँग गर्यो । ‘हामी अदालतसँग नियमित सम्पर्कमा छौँ’ पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी रामचन्द्र खतिवडाले सिधाकुरासँग भने,‘हामी सबै सक्कल मिसिल पठाइसकेका छौँ । आदालतको सम्बन्धित फाँटले छिट्टै पाउँछ ।’ 

जिल्ला अदालत पर्सामा पुनरावेदन दर्ता हुनु र आरोपित मध्येका एक प्रदेश सभा सदस्य प्रमोद जयसवाल मधेश प्रदेशका मन्त्री हुनु एकैसाथ भएको थियो । त्यसयता नियमित मधेस सरकारमा रहेका जयसवालको प्रभावमा निकुञ्ज प्रशासनले अदालतलाई नटेरेको कतिपयको आशंका छ । 

यस्तो थियो विवाद 

गत २०७९ पुस ४ गते राति पर्सा राष्ट्रिय निकुञ्जमा गस्तिका क्रममा राष्ट्रिय निकुञ्ज प्रशासन, नेपाली सेनाको संयुक्त गस्ती टोली र वन्यजन्तु सिकारीबीच गोली हानहान भयो । त्यसपछि सिकारी समुहलाई पछ्याउदै गयो । सो क्रममा निकुञ्ज र सेनाको टोलीले प्रदेश सांसद प्रमोद जयसवालको पर्साको सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर १ स्थित घरबाट मृत जरायो र हात हतियारसहित ५ जनालाई पक्राउ गर्यो । 

उनीहरूको साथबाट टाउकोमा गोली लागेको एउटा मृत पोथी जरायो, एउटा भाले जरायोको टाउको र १२ बोरको बन्दुक तथा ९ थान गोली र नाइट भिजन राइफल फेला परेको निकुञ्जको आरोप पत्रमा उल्लेख छ ।

आधुनिक हातियार राख्ने एउटा झोला, रातको समयमा हेर्ने दुरबिन र २ लाख ९० हजार रुपैया नगद पनि सेनाले बरामद गर्यो । उक्त शिकारीमा  पूर्व गाउँपालिका अध्यक्ष प्रदीप जयसवालको नाममा रहेको प्रदेश २–०३–००१ च ३०९७ नम्बरको सेतो महेन्द्रा कम्पनीको बोलेरो जिप प्रयोग भएको अनुसन्धानमा खुल्यो । सो घटनामा राष्ट्रिय निकुञ्जकै आग्रहमा पर्सा प्रहरी र नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) ले पनि अनुसन्धान थाल्यो । प्रहरीको अनुसन्धान नसकिदैँ पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयले २०७९ माघ १७ गते वन्यजन्तुको अवैध चोरी सिकारीको घटनामा संलग्न दुई प्रदेश सांसद सहित ४९ जनाविरुद्ध मुद्दा दायर गर्यो ।

जसमा पूर्व गाउँपालिका अध्यक्ष प्रदीप जयसवाल सहित पर्सा क्षेत्र नम्बर ३ (क) का प्रदेश सभा सदस्यमा स्वतन्त्र जितेका उनका आफ्नै दाइ हाल मधेश प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्री भएका प्रमोद जयसवाल समेत थिए ।

मुद्दा दायर गरिएका ४९ जना मध्ये प्रदेश सांसदद्वय प्रमोद जयसवाल र श्याम खड्का, पालिकाका पूर्वअध्यक्ष प्रदिप जयसवाल र सञ्जीव शाही सहित चार जनालाई वन्यजन्तुको अवैध चोरी शिकारीमा मतियारको आरोप लगाएर मुद्दा दायर गरेको थियो । तर, जयसवाल दाजुभाईलाई २०८० पुस १७ गते गुपचुपपूर्ण तरिकाले पर्सा राष्ट्रिय निकुुञ्जले सफाइ दिने निर्णय गरेको थियो । जुन निर्णय निकै विवादित समेत बन्यो । 

पर्सा राष्ट्रिय निकुञ्जले उनीहरुलाई सफाइ दिए पनि प्रहरी प्रतिवेदन तथा केन्द्रिय अनुसन्धान ब्युरो, काठमाडौँको सीडीआर विश्लेषण समेतको आधार प्रमाणहरूका आधारमा प्रमोद कुमार जैसवाल, प्रदिप कुमार जैसवाल, संवि शाही र श्याम बहादुर खड्का समेत अभियोग दावी बमोजिमको कसुर गरेको पुष्टि भएको अवस्थामा पनि सफाइ दिने गरी भएको फैसला बदरभागी रहेको भन्दै जिल्ला अदालत पर्सामा पुनरावेदन निवेदन दर्ता  गर्यो । 

गत पुष १८ गते विवादस्पद पृष्ठभूमीका जयसवाल दाजुभाइ प्रधानमन्त्रीको हातबाट माला लगाएर भव्यसँग एमाले प्रवेश गरेपछि यसको सर्वत्र विरोध भएको थियो । अर्को एक ज्यान मार्ने मुद्दासमेत खेपिरहेका जयसवाल दाजुभाइ बारेको समाचार सिधाकुरामा प्रकाशित भएपछि उनीहरुले सिधाकुराकर्मी जियलाल साहलाई कालोमोसो दल्ने धम्की दिएका थिए । 

साथै दाजुभाइ कुनै पनि विवादस्पद कार्यमा संलग्न नरहेको र लागेको आरोपबाट समेत सफाइ पाइसकेको उनीहरुको दाबी थियो । सिधाकुराको समाचारलाई लिएर प्रदेश मन्त्री प्रमोद जयसवालले त पत्रकार सम्मेलन नै गरेका थिए ।         

जैसवाल दाजुभाइ संलग्न अर्को एक ज्यान मार्ने उद्योग, डाँका चोरी र आपराधिक उपद्रवको अभियोगको मुद्दामा पुस २१ गते सफाइ पाउने फैसला जिल्ला अदालत पर्साले गरेको थियो । सो फैसलाको पूर्णपाठ अझै सार्वजनिक भइसकेको छैन् ।

सम्बन्धित समाचार:

आपराधिक पृष्ठभूमिका जयसवाल दाजुभाइलाई ओलीबाटै एमालेमा भव्य स्वागत, मधेशका एमालेमा त्रास

सिधाकुराकर्मी जियालाल साहलाई अभद्र व्यवहार गर्ने धम्की

सिधाकुराकर्मी जियालाल साहलाई धम्की दिनेलाई कारबाही गर्न माग

पत्रकार महासंघले भन्यो 'सिधाकुराकर्मी साहलाई धम्की दिनेको पहिचान गरी कानुनी कारबाहीको प्रक्रिया थालियोस्'

समाचार लेखेको विषयमा पत्रकारलाई धम्की दिनु गलत भयोः खेलकुद मन्त्री जयसवाल




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नवनिर्वाचित सांसदहरूले लिए शपथ

नवनिर्वाचित सांसदहरूले लिए शपथ

सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
सांसदहरुले मातृभाषामा पनि शपथ लिन पाउने, सांस्कृतिक पहिचानको पोशाकमा उपस्थित हुनु पर्ने

सांसदहरुले मातृभाषामा पनि शपथ लिन पाउने, सांस्कृतिक पहिचानको पोशाकमा उपस्थित हुनु पर्ने

नेपाली भाषा बाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहनेले शपथको व्यहोरा सम्बन्धित भाषामा अनुवाद गरी सो अनुवादको प्रति शपथ कार्यक्रम भन्दा तीन दिन अघि नै संघीय संसद सचिवालयको सांसद...
सांसदहरुलाई अभिमूखीकरण: ठूलो पार्टीको अपेक्षित अग्रसरता

सांसदहरुलाई अभिमूखीकरण: ठूलो पार्टीको अपेक्षित अग्रसरता

संसदले कानुन बनाउँछ, सरकारलाई संसदप्रति जवाफदेही बनाउँछ अनि आफैंले बनाएको सरकारको काम कारबाहीको मूल्यांकन गर्छ । संसद यति शक्तिशाली हुन्छ कि, यसले सरकार फेरबदल गरिदिन सक्छ, कानुन बनाउँछ...
कानुन नबुझी फेसबुकमा 'निर्देशन' दिन थालेपछि आशिका तामाङको आलोचना

कानुन नबुझी फेसबुकमा 'निर्देशन' दिन थालेपछि आशिका तामाङको आलोचना

सांसद तामाङले सोमबार सामाजिक सञ्जालमा पोस्ट गर्दै त्रिशूली नदीको उत्खनन रोक्न निर्देशन दिएको बताएकी थिइन् । उनले लेखेकी थिइन्, “बेनीघाटख रोराङ गाउँपालिका वडा नं.९ मा अवैध रूपमा त्रिशूली...