नेभिगेशन
सबै कुरा

रवि लामिछानेसहित ७ जनालाई धरौटीमा छाड्नुको आधार र कारण पेश गर्न उच्च अदालतकाे आदेश

काठमाडौँ । उच्च अदालत पोखराले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा छाड्नुको आधार र कारण पेश गर्न जिल्ला अदालत कास्कीलाई आदेश दिएको छ । उच्च अदालतले सूर्यदर्शन सहकारी रकम अपचलन प्रकरणमा लामिछानेसहित ७ जनालाई धरौटीमा छाड्नुको आधार र कारणसहितको ‘कैफियत प्रतिवेदन’ पेश गर्न आदेश दिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार अदालतका न्यायाधीश राजकुमार खतिवडाको इजलासले सो आदेश दिएको हो । रविसहितलाई धरौटीमा छाड्ने कास्की जिल्ला अदालतको आदेशविरुद्ध सरकारी वकिलको कार्यालय कास्की उच्च अदालत गएको थियो । 

Ncell
Extreme Energy

कास्की जिल्ला अदालतले गत पुस २५ गते गोर्खा मिडियाका पूर्व सञ्चालकसमेत रहेका रविसहित ७ जनालाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । अदालतले छविलाल जोशीलाई ८८ लाख, लिला पछाईंलाई ३७ लाख, रामबहादुर खनाललाई १५ लाख, आरती गुरुङ र मीना गुरुङलाई ५/५ लाख, कृष्णबहादुर गुरुङलाई १ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रातो माटो, कमेरो र खोटोको संस्कृति ओझेलमा

रातो माटो, कमेरो र खोटोको संस्कृति ओझेलमा

नेपालीको महान् चाड बडादसैँ सुरु भएसँगै गाउँघरमा चाडपर्वको रौनक छाएको छ।
इजिप्टमा बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु, ३० घाइते

इजिप्टमा बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु, ३० घाइते

इजिप्टको राजधानी कायरोको दक्षिणपश्चिममा बस र ट्रक आपसमा ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।
सीमा बन्द नगरे युरोप समाप्त हुन्छ : ट्रम्प

सीमा बन्द नगरे युरोप समाप्त हुन्छ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नियन्त्रण गर्न सीमा बन्द नगरे र अपराधमा संलग्न व्यक्तिहरूलाई निष्कासन नगरे युरोपको अस्तित्व सङ्कटमा पर्ने चेतावनी दिएका छन्।
७३ वर्षको उमेरमा पुर्जा पाएँ, धन्यवाद सरकार !

७३ वर्षको उमेरमा पुर्जा पाएँ, धन्यवाद सरकार !

दसैँको मुखमा चितवनको इच्छाकामना गाउँपालिका–७ का भूमिहीनले आफ्नै नाममा जग्गाधनी प्रमाणपुर्जा पाएपछि उनीहरूको खुसीको सीमा रहेन।