नेभिगेशन
सबै कुरा

प्रधानमन्त्रीले भेटेनन् हर्क साम्पाङ, समय नदिएपछि रिसाउँदै बाहिरिए

काठमाडौँ । धरानको खानेपानी समस्यालाई लिएर प्रधानमन्त्री भेट्न पुगेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई प्रधानमन्त्रीले भेट्न मानेनन् । धरानको समस्यालाई लिएर सोमबार बिहान सिंहदरबार पुगेका उनलाई भेट्न प्रधानमन्त्रीले समय नदिएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

सिंहदरबार पुगेर खानेपानी मन्त्री भेटेका साम्पाङ प्रधानमन्त्रीलाई भेट्न पुगेका थिए । प्रधानमन्त्रीलाई भेट्न करिब १ घण्टा प्रतिक्षा गरेका साम्पाङलाई प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री व्यस्तता रहेको बताउँदै फर्काएको हो । त्यस्तै ५ बजे पछि मात्रै प्रधानमन्त्रीको समय मिल्ने बताएपछि साम्पाङ रिसाउँदै प्रधानमन्त्री कार्यालयबाट फर्किएका हुन् । 

मेयर साम्पाङ धरानमा खानेपानीको समस्या रहेको तर सरकारले धरानलाई सहयोग नगरेको बताउँदै सरकारविरुद्ध आन्दोलित थिए । उनी आइतबार धरानबाट रित्तो कुच्चिएको गाग्री खानेपानीमन्त्री र प्रधानमन्त्रीलाई उपहार दिने बताउँदै काठमाडौँ आएका थिए । सोहीअनुरुप सोमबार सिंहदरबार पुगेका उनलाई प्रहरीले रोकेर गाग्री नलिई सिंहदरबार प्रवेश गराएको थियो । 





प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सेनादेखि प्रहरीसम्म सुरक्षा निकायको हुर्मत लिँदै माननीयहरु

सेनादेखि प्रहरीसम्म सुरक्षा निकायको हुर्मत लिँदै माननीयहरु

जनप्रतिनिधिलाई 'माननीय' शब्दले सम्बोधन गरिन्छ । सबैभन्दा ठूलो मान भएको जनताको प्रतिनिधि भएकाले माननीय भनेर बोलाउने गरिन्छ । तर पछिल्ला दिनमा सांसदहरुले आफ्नै मान नराखी झगडियाका रुपमा प्रस्तुत...
पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

आज विभिन्न पाँचवटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रिय सभाको बैठक बस्दै, धेरै नागरिकलाई राहत हुनेगरी सरकारले ल्याएको नयाँ विधेयकमा छलफल हुँदै

राष्ट्रिय सभाको बैठक बस्दै, धेरै नागरिकलाई राहत हुनेगरी सरकारले ल्याएको नयाँ विधेयकमा छलफल हुँदै

संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।
संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

प्रतिनिधि सभा बैठकमा कोरम नपुगेर बैठक स्थगित भएपछि अहिले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको आलोचना भइरहेको छ ।