नेभिगेशन
सबै कुरा

प्रधानमन्त्रीले भेटेनन् हर्क साम्पाङ, समय नदिएपछि रिसाउँदै बाहिरिए

काठमाडौँ । धरानको खानेपानी समस्यालाई लिएर प्रधानमन्त्री भेट्न पुगेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई प्रधानमन्त्रीले भेट्न मानेनन् । धरानको समस्यालाई लिएर सोमबार बिहान सिंहदरबार पुगेका उनलाई भेट्न प्रधानमन्त्रीले समय नदिएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

सिंहदरबार पुगेर खानेपानी मन्त्री भेटेका साम्पाङ प्रधानमन्त्रीलाई भेट्न पुगेका थिए । प्रधानमन्त्रीलाई भेट्न करिब १ घण्टा प्रतिक्षा गरेका साम्पाङलाई प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री व्यस्तता रहेको बताउँदै फर्काएको हो । त्यस्तै ५ बजे पछि मात्रै प्रधानमन्त्रीको समय मिल्ने बताएपछि साम्पाङ रिसाउँदै प्रधानमन्त्री कार्यालयबाट फर्किएका हुन् । 

मेयर साम्पाङ धरानमा खानेपानीको समस्या रहेको तर सरकारले धरानलाई सहयोग नगरेको बताउँदै सरकारविरुद्ध आन्दोलित थिए । उनी आइतबार धरानबाट रित्तो कुच्चिएको गाग्री खानेपानीमन्त्री र प्रधानमन्त्रीलाई उपहार दिने बताउँदै काठमाडौँ आएका थिए । सोहीअनुरुप सोमबार सिंहदरबार पुगेका उनलाई प्रहरीले रोकेर गाग्री नलिई सिंहदरबार प्रवेश गराएको थियो । 





प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।