नेभिगेशन
सबै कुरा

रवि लामिछानेको थुनछेक बहस प्रल्हादकुमार योगीको इजलासमा

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा हुने भएको छ । बुधबार अदालत खुल्नासाथ उपस्थित भएका लामिछानेको थुनछेक बहस योगीको इजलासमा तोकिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लामिछानेविरुद्ध बुटवलको सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको छ । 

Ncell
Extreme Energy

सुप्रिम सहकारीको १ अर्ब ३१ करोड रुपैयाँ अपचलनको आरोपमा लामिछानेसहित ४२ जनालाई प्रतिवादी बनाएर रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । उनीहरुविरुद्ध आइतबार सरकारी वकिलले अदालतमा मुद्दा दायर गरेको हो । 

लामिछानेको इजलास तोकिएसँगै सुरुमा उनको बयान हुनेछ । त्यसपछि मात्रै सरकारी वकिल, जाहेरवाला र प्रतिवादीका कानुन व्यवसायीले थुनछेक बहस गर्नेछन् । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सेनादेखि प्रहरीसम्म सुरक्षा निकायको हुर्मत लिँदै माननीयहरु

सेनादेखि प्रहरीसम्म सुरक्षा निकायको हुर्मत लिँदै माननीयहरु

जनप्रतिनिधिलाई 'माननीय' शब्दले सम्बोधन गरिन्छ । सबैभन्दा ठूलो मान भएको जनताको प्रतिनिधि भएकाले माननीय भनेर बोलाउने गरिन्छ । तर पछिल्ला दिनमा सांसदहरुले आफ्नै मान नराखी झगडियाका रुपमा प्रस्तुत...
पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

आज विभिन्न पाँचवटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रिय सभाको बैठक बस्दै, धेरै नागरिकलाई राहत हुनेगरी सरकारले ल्याएको नयाँ विधेयकमा छलफल हुँदै

राष्ट्रिय सभाको बैठक बस्दै, धेरै नागरिकलाई राहत हुनेगरी सरकारले ल्याएको नयाँ विधेयकमा छलफल हुँदै

संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।
संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

प्रतिनिधि सभा बैठकमा कोरम नपुगेर बैठक स्थगित भएपछि अहिले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको आलोचना भइरहेको छ ।