नेभिगेशन
सबै कुरा

रवि लामिछानेलाई परिवारको जिम्मा लगाउन अदातलको आदेश

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई परिवारको जिम्मा लगाउन अदालतले आदेश दिएको छ ।  जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले लामिछानेलाई भोली अदालतमा उपस्थित हुने शर्तमा श्रीमती निकिता पौडेल र कानुन व्यवसायी डा नारायणदत्त कँडेलको जिम्मा लगाउने आदेश दिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लामिछानेलाई बिहिबार बिहान १० बजे अदालतमा उपस्थित हुनेगरि परिवारको जिम्मा लगाइएको हो । 

Ncell
Extreme Energy

बुटवलको सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर भएपछि बुधबार अदालतमा उपस्थित हुन पुगेका लामिछानेको बयान भएको थियो । बुधबार लामिछानेको बयान सकिएपनि सरकारी वकिलको बहस हुन सकेन । 

सुप्रिम सहकारीको १ अर्ब ३१ करोड रुपैयाँ अपचलनको आरोपमा लामिछानेसहित ४२ जनालाई प्रतिवादी बनाएर रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । उनीहरुविरुद्ध आइतबार सरकारी वकिलले अदालतमा मुद्दा दायर गरेको हो । 






प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पार्किङमा रहेको माइक्रो भ्यानलाई बसले ठक्कर दिँदा दुई जनाको मृत्यु, तीन घाइते

पार्किङमा रहेको माइक्रो भ्यानलाई बसले ठक्कर दिँदा दुई जनाको मृत्यु, तीन घाइते

दुर्घटनामा घाइते पाँचै जनालाई उपचारका लागि काठमाडौंस्थित ग्रिनसिटी अस्पताल ल्याइएको थियो। तीमध्ये दुई जनालाई अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
बाबुरामको टिप्पणीः जेन–जी विद्रोहको वर्षदिन नपुग्दै पुराना शक्ति जुर्मुराए, नयाँ शक्ति चौबाटोमा अल्मलिए

बाबुरामको टिप्पणीः जेन–जी विद्रोहको वर्षदिन नपुग्दै पुराना शक्ति जुर्मुराए, नयाँ शक्ति चौबाटोमा अल्मलिए

पुराना शक्तिहरूले नयाँ शक्तिप्रति इख साँधेर ‘हलो अट्काएर गोरू चुट्ने’ प्रवृत्ति त्यागी इमानदार आत्मसमीक्षा गर्नुपर्ने उनले बताएका छन्। त्यस्तै, नयाँ सत्ताधारी शक्तिहरूले अहंकारपूर्ण ढंगले एक्लै राज्य सञ्चालन गर्न...
निर्वाचन क्षेत्रमा अर्थमन्त्री: 'पहिले देशलाई हेर्नु अनि हामीलाई पनि...'

निर्वाचन क्षेत्रमा अर्थमन्त्री: 'पहिले देशलाई हेर्नु अनि हामीलाई पनि...'

बालकृष्ण भण्डारीले व्यावसायिक कृषिका लागि पहल गरिदिन आग्रह गरे भने बामदेव भट्टराईले आफ्नो वडामा धेरै विकास बजेट परेकोमा खुसी व्यक्त गरे । बन्दीपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिल...
जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा

जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा

कार्यविधिअनुसार जेन–जी आन्दोलनका शहीद परिवार वा घाइते भएको नेपाल सरकार वा प्रचलित कानुनबमोजिम तोकिएको निकायबाट प्रमाणित भएको हुनुपर्नेछ । ‘जेन–जी आन्दोलनका शहीद परिवार’ भन्नाले आन्दोलनमा शहीद भएको व्यक्तिको...

भर्खरै