नेभिगेशन
सबै कुरा

रौतहटको कटहरिया नगरपालिकाकाे कार्यालय परिसर तनावग्रस्त

रौतहट।रौतहटको कटहरिया नगरपालिकामा लगाइएको ताला खोल्न लागेपछि अवस्था तनावग्रस्त भएको छ। बिहिबार बिहान नगरपालिकाका मेयरले आफ्ना समर्थक र स्थानीय लगेर कार्यालयमा लगाएको ताला खोल्ने प्रयास गरेपछि तनावपूर्ण अवस्था सिर्जना भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नगरपालिकामा एक महिनादेखि लगाइएको ताला खुलाउने र बन्द गराउने पक्ष आमनेसामने हुँदा नाराबाजीका साथै झगडाको स्थित समेत सिर्जना भएको छ । होहल्ला र भिड बढ्दै गएपछि नगरपालिका परिसरमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । 

Ncell
Extreme Energy

गत पुस ९ गते उपमेयर रिता देवी यादवको नेतृत्वमा वडाअध्यक्ष सहित जनप्रतिनिधिले मेयर अजय प्रकाश जयसवाल र प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीको कार्यशैलीको विरोध गर्दै कार्यालयमा तालाबन्दी गरेका थिए। लामो समयदेखि कार्यालयमा ताला लगाउँदा नगरपालिकाबाट सम्पादन हुने कार्य र प्रवाह हुने सेवा अवरुद्ध भएका छन् । 




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

उक्त प्रस्तावमाथिको  सामान्य छलफलमा सांसदहरूले उठाएका विषयको जवाफ दिँदै अर्थमन्त्री डा वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा मौजुदा आर्थिक सामथ्र्यका आधारमा ऋण लिने व्यवस्था गरिएको बताए । उनले अर्थतन्त्रको...
देवानी कानुन संशोधन गर्दै सरकार, कानुन मन्त्रालयले माग्यो जनतासँग सुझाव

देवानी कानुन संशोधन गर्दै सरकार, कानुन मन्त्रालयले माग्यो जनतासँग सुझाव

सरकारले देवानी कानुन संशोधनको प्रक्रिया अगाडि बढाएको छ ।
प्रधानमन्त्रीले पासपोर्ट घोटालाको अनुसन्धान अघि बढाउँदा कांग्रेस, एमाले र नेकपाको आपत्ति

प्रधानमन्त्रीले पासपोर्ट घोटालाको अनुसन्धान अघि बढाउँदा कांग्रेस, एमाले र नेकपाको आपत्ति

विद्युतीय राहदानी छपाइमा भएको घोटालाको छानबिन अगाडि बढाउन प्रधानमन्त्री बालेन्द्र शाहले लिएको पहलकदमीमा विपक्षी दलहरुले आपत्ति जनाएका छन् ।
सदनमा मन्त्रीहरु सोविता, सस्मित, सुनिल, सुधन, विराज, शिशिर, स्वर्णिम र महावीरले जवाफ दिँदै, बालेन आउँलान ?

सदनमा मन्त्रीहरु सोविता, सस्मित, सुनिल, सुधन, विराज, शिशिर, स्वर्णिम र महावीरले जवाफ दिँदै, बालेन आउँलान ?

प्रतिनिधि सभामा आज ८ जना मन्त्रीले आगामी आर्थिक वर्षको बजेटअन्तर्गत आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिँदैछन् ।