नेभिगेशन
सबै कुरा

अनिलकुमार पोखरेललाई धरौटीमा रिहा गर्न अदालतकाे आदेश


Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडाैँ । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेललाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत मोरङका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले  पोखरेललाई ५ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

Ncell
Extreme Energy

एक युवतीको एमबीबीएसमा नाम निकाल्दिने भन्दै पैसा लिएर ठगी गरेको आरोपमा पोखरेललाई गत पुस २५ गते प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि प्रहरीले १२ दिन लगाएर सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनको अध्ययनपश्चात पोखरेलविरुद्ध ठगी आरोपमा बुधबार जिल्ला अदालत मोरङमा मुद्दा दायर गरिएको थियो । सो मुद्दाउपर बिहिबारको थुनछेक बहसपश्चात उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । 

अनिलले एमबीबीएसको प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै  सप्तरीका बौआलाल चौधरीबाट ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप छ । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रातो माटो, कमेरो र खोटोको संस्कृति ओझेलमा

रातो माटो, कमेरो र खोटोको संस्कृति ओझेलमा

नेपालीको महान् चाड बडादसैँ सुरु भएसँगै गाउँघरमा चाडपर्वको रौनक छाएको छ।
इजिप्टमा बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु, ३० घाइते

इजिप्टमा बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु, ३० घाइते

इजिप्टको राजधानी कायरोको दक्षिणपश्चिममा बस र ट्रक आपसमा ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।
सीमा बन्द नगरे युरोप समाप्त हुन्छ : ट्रम्प

सीमा बन्द नगरे युरोप समाप्त हुन्छ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नियन्त्रण गर्न सीमा बन्द नगरे र अपराधमा संलग्न व्यक्तिहरूलाई निष्कासन नगरे युरोपको अस्तित्व सङ्कटमा पर्ने चेतावनी दिएका छन्।
७३ वर्षको उमेरमा पुर्जा पाएँ, धन्यवाद सरकार !

७३ वर्षको उमेरमा पुर्जा पाएँ, धन्यवाद सरकार !

दसैँको मुखमा चितवनको इच्छाकामना गाउँपालिका–७ का भूमिहीनले आफ्नै नाममा जग्गाधनी प्रमाणपुर्जा पाएपछि उनीहरूको खुसीको सीमा रहेन।