नेभिगेशन
सबै कुरा

रविको मुद्दामा रुपन्देहीमा आज प्रतिवादीको बहस, आजै आदेश आउने सम्भावना

रुपन्देही । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा आज प्रतिवादी तर्फको बहस हुने भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला अदालतमा रुपन्देहीका न्यायाधीश प्रह्लाद कुमार योगी इजलासमा बुधबार हाजिर भएका लामिछानेको बयान सकिएपछि बिहीबारबाट बहस सुरु भएको थियो । पहिलो दिन सरकारी वकिलका तर्फबाट  जिल्ला सरकारी वकिलका प्रमुख प्रेमराज पौडेल, गोकर्ण घिमिरे, पवित्रा भण्डारी, वसन्त पोखरेल र सुनिल लामिछानेले बहस गरेका थिए भने उच्च सरकारी वकिल कार्यालय बुटवलका तर्फबाट सोमकान्त भण्डारी, प्रकाश मरासिनी र रवि न्यौपाने बहस गरेका छन् ।

Ncell
Extreme Energy

आज जाहेरीकर्ताको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ता आर्सी गौतमले बहस गर्नेछन् । त्यसपछि प्रतिवादीका तर्फबाट बहस सुरु हुने छ । रवि लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ताहरु सुशिलकुमार पन्त र रमन श्रेष्ठ तथा अधिवक्ता डा.नाराणणदत्त कडेल, राजेन्द्र सेढाई, सुरज बस्नेतले बहस गर्ने छन् । 

सम्भवत आजै बहस सकिने छ र न्यायाधीश योगीले थुनछेक आदेश गर्ने छन् । 

रुपन्देहीमा आज रवि लामिछानेको मुद्दामा थुनछेक बहस हुँदै


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रातो माटो, कमेरो र खोटोको संस्कृति ओझेलमा

रातो माटो, कमेरो र खोटोको संस्कृति ओझेलमा

नेपालीको महान् चाड बडादसैँ सुरु भएसँगै गाउँघरमा चाडपर्वको रौनक छाएको छ।
इजिप्टमा बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु, ३० घाइते

इजिप्टमा बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु, ३० घाइते

इजिप्टको राजधानी कायरोको दक्षिणपश्चिममा बस र ट्रक आपसमा ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।
सीमा बन्द नगरे युरोप समाप्त हुन्छ : ट्रम्प

सीमा बन्द नगरे युरोप समाप्त हुन्छ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नियन्त्रण गर्न सीमा बन्द नगरे र अपराधमा संलग्न व्यक्तिहरूलाई निष्कासन नगरे युरोपको अस्तित्व सङ्कटमा पर्ने चेतावनी दिएका छन्।
७३ वर्षको उमेरमा पुर्जा पाएँ, धन्यवाद सरकार !

७३ वर्षको उमेरमा पुर्जा पाएँ, धन्यवाद सरकार !

दसैँको मुखमा चितवनको इच्छाकामना गाउँपालिका–७ का भूमिहीनले आफ्नै नाममा जग्गाधनी प्रमाणपुर्जा पाएपछि उनीहरूको खुसीको सीमा रहेन।