नेभिगेशन
सबै कुरा

रविविरुद्धको मुद्दामा आजको थुनछेक बहस जारी, आजै आदेश आउने सम्भावना

रुपन्देही । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा आजको थुनछेक बहस सुरु भएको छ । न्यायाधीश प्रह्लाद कुमार योगी इजलासमा सहकारी पीडिततर्फका वकिलले बहस सुरु गरेको अदालतले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार सहकारी पीडितका तर्फबाट २ जना कानुन व्यवसायीले बहस गर्ने तयारी छ भने प्रतिवादीका तर्फबाट करिब आधा दर्जन कानुन व्यवसायीले बहस गर्ने बताएका छन् । आज जाहेरीकर्ताको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ता आर्सी गौतमले बहस गर्नेछन् । त्यसपछि प्रतिवादीका तर्फबाट बहस सुरु हुने छ । रवि लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ताहरु सुशिलकुमार पन्त र रमन श्रेष्ठ तथा अधिवक्ता डा नाराणणदत्त कँडेल, राजेन्द्र सेढाई, सुरज बस्नेतले बहस गर्ने छन् । 

Ncell
Extreme Energy

सो मुद्दाको बहस क्रममा पहिलो दिन सरकारी वकिलका तर्फबाट जिल्ला सरकारी वकिलका प्रमुख प्रेमराज पौडेल, गोकर्ण घिमिरे, पवित्रा भण्डारी, वसन्त पोखरेल र सुनिल लामिछानेले बहस गरेका थिए भने उच्च सरकारी वकिल कार्यालय बुटवलका तर्फबाट सोमकान्त भण्डारी, प्रकाश मरासिनी र रवि न्यौपानेले बहस गरेका छन् ।

जाहेरीकर्ताका तर्फबाट २ जना र प्रतिवादीका तर्फबाट ५ जनाले बहस गर्ने भएकाले आजै थुनछेक आदेश आउने सम्भावना छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सेनादेखि प्रहरीसम्म सुरक्षा निकायको हुर्मत लिँदै माननीयहरु

सेनादेखि प्रहरीसम्म सुरक्षा निकायको हुर्मत लिँदै माननीयहरु

जनप्रतिनिधिलाई 'माननीय' शब्दले सम्बोधन गरिन्छ । सबैभन्दा ठूलो मान भएको जनताको प्रतिनिधि भएकाले माननीय भनेर बोलाउने गरिन्छ । तर पछिल्ला दिनमा सांसदहरुले आफ्नै मान नराखी झगडियाका रुपमा प्रस्तुत...
पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

आज विभिन्न पाँचवटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रिय सभाको बैठक बस्दै, धेरै नागरिकलाई राहत हुनेगरी सरकारले ल्याएको नयाँ विधेयकमा छलफल हुँदै

राष्ट्रिय सभाको बैठक बस्दै, धेरै नागरिकलाई राहत हुनेगरी सरकारले ल्याएको नयाँ विधेयकमा छलफल हुँदै

संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।
संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

प्रतिनिधि सभा बैठकमा कोरम नपुगेर बैठक स्थगित भएपछि अहिले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको आलोचना भइरहेको छ ।