नेभिगेशन
सबै कुरा

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ कार्यक्रममा प्रधानमन्त्री ओली उपस्थित नहुने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ सहितका कार्यक्रममा नजाने भएका छन् । स्वास्थ्यमा समस्या भएका कारण भौतिक उपस्थित हुन नसकेपछि प्रधानमन्त्रीले भर्चुअल रुपमा सुरुङमार्गको ब्रेक थ्रु गर्ने तयारी रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

केहि दिन पहिलेदेखि नै स्वास्थ्यमा समस्या आएका कारण सार्वजनिक कार्यक्रममा उपस्थित नभएका ओलीले सुरुङमार्गको ब्रेक थ्रु मा भने उपस्थित हुने इच्छा जनाएका थिए । तर स्वास्थ्यमा सुधार नआएपछि उनले काठमाडौँबाटै भर्चुअल रुपमा ब्रेक थ्रु  गर्ने तयारी रहेको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले दिउँसो १२ः४५ मा भर्चुअल रुपमा ‘ब्रेक थ्रु’ गर्नेछन् ।

Ncell
Extreme Energy

प्रधानमन्त्री ओलीले पाल्पाको बगनासकाली गाउँपालिका भवन र तिनाउ गाउँपालिकाको  नवनिर्मित प्रशासकीय भवन उद्घाटन  गर्ने र त्यसपछि सुरुङमार्गको ‘ब्रेक थ्रु’ गर्ने कार्यक्रम रहेको थियो । 

प्रधानमन्त्री ओलीको घाँटीमा समस्या भएकाले उनको स्वर भासिएको जनाइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रातो माटो, कमेरो र खोटोको संस्कृति ओझेलमा

रातो माटो, कमेरो र खोटोको संस्कृति ओझेलमा

नेपालीको महान् चाड बडादसैँ सुरु भएसँगै गाउँघरमा चाडपर्वको रौनक छाएको छ।
इजिप्टमा बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु, ३० घाइते

इजिप्टमा बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु, ३० घाइते

इजिप्टको राजधानी कायरोको दक्षिणपश्चिममा बस र ट्रक आपसमा ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।
सीमा बन्द नगरे युरोप समाप्त हुन्छ : ट्रम्प

सीमा बन्द नगरे युरोप समाप्त हुन्छ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नियन्त्रण गर्न सीमा बन्द नगरे र अपराधमा संलग्न व्यक्तिहरूलाई निष्कासन नगरे युरोपको अस्तित्व सङ्कटमा पर्ने चेतावनी दिएका छन्।
७३ वर्षको उमेरमा पुर्जा पाएँ, धन्यवाद सरकार !

७३ वर्षको उमेरमा पुर्जा पाएँ, धन्यवाद सरकार !

दसैँको मुखमा चितवनको इच्छाकामना गाउँपालिका–७ का भूमिहीनले आफ्नै नाममा जग्गाधनी प्रमाणपुर्जा पाएपछि उनीहरूको खुसीको सीमा रहेन।