नेभिगेशन
सबै कुरा

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ कार्यक्रममा प्रधानमन्त्री ओली उपस्थित नहुने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ सहितका कार्यक्रममा नजाने भएका छन् । स्वास्थ्यमा समस्या भएका कारण भौतिक उपस्थित हुन नसकेपछि प्रधानमन्त्रीले भर्चुअल रुपमा सुरुङमार्गको ब्रेक थ्रु गर्ने तयारी रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

केहि दिन पहिलेदेखि नै स्वास्थ्यमा समस्या आएका कारण सार्वजनिक कार्यक्रममा उपस्थित नभएका ओलीले सुरुङमार्गको ब्रेक थ्रु मा भने उपस्थित हुने इच्छा जनाएका थिए । तर स्वास्थ्यमा सुधार नआएपछि उनले काठमाडौँबाटै भर्चुअल रुपमा ब्रेक थ्रु  गर्ने तयारी रहेको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले दिउँसो १२ः४५ मा भर्चुअल रुपमा ‘ब्रेक थ्रु’ गर्नेछन् ।

Ncell
Extreme Energy

प्रधानमन्त्री ओलीले पाल्पाको बगनासकाली गाउँपालिका भवन र तिनाउ गाउँपालिकाको  नवनिर्मित प्रशासकीय भवन उद्घाटन  गर्ने र त्यसपछि सुरुङमार्गको ‘ब्रेक थ्रु’ गर्ने कार्यक्रम रहेको थियो । 

प्रधानमन्त्री ओलीको घाँटीमा समस्या भएकाले उनको स्वर भासिएको जनाइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मेसीले तोडे क्लोजको १६ गोलको कीर्तिमान, टिमलाई पुर्याए नकआउटमा

मेसीले तोडे क्लोजको १६ गोलको कीर्तिमान, टिमलाई पुर्याए नकआउटमा

मेसीले जर्मनीका मिरोस्लाभ क्लोजको नाममा रहेको १६ गोलको कीर्तिमान भंग गरेका हुन् । पहिलो खेलमा अल्जेरियाविरुद्ध मेसीले ३ गोल गर्दै १६ गोल बराबरी गरेका हुन् । दोस्रो खेलमा...
कार्ड बाँड्न थालियो, मंगलबार बन्दसत्र

कार्ड बाँड्न थालियो, मंगलबार बन्दसत्र

सोमबार साँझ ७ बजेपछि महाधिवेशन प्रतिनिधिहरुलाई कार्ड बाँड्न थालिएको हो । प्रिन्ट भइसकेका कार्ड सोमबार रातिसम्म बाँडिने र बाँकी कार्ड रातभरमा छापेर मंगलबार बिहान बाँडिने निर्वाचन आयोगले जनाएको...
दुई समस्याग्रस्त सहकारीका ८२ जना बचतकर्ताको रकम फिर्ता

दुई समस्याग्रस्त सहकारीका ८२ जना बचतकर्ताको रकम फिर्ता

समितिका अनुसार लालीगुराँस सहकारीका थप ७० जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् भने आइडियल यमुना  सहकारीका १२ जनाले बचत फिर्ता पाएका हुन्।
बारामा मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु

बारामा मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु

जीतपुरबाट वीरगन्जतर्फ जाँदै गरेको बा६८प ७५९१ नम्बरको मोटरसाइकलले छातापिपरा चोकमा सडक पार गर्दै गरेका पैदल यात्रुलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।