नेभिगेशन
सबै कुरा

अख्तियारलाई हर्क साम्पाङको जवाफ: श्रमदान गर्नेको पछि लाग्दा तिर्खाएका जनताको श्राप लाग्ला

काठमाडौँ । धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङले अख्तियारको पत्रको जवाफमा पत्र पठाएका छन् । अख्तियारलाई लेखेको जबाफी पत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै मेयर साम्पाङले श्रमदान गरेर पानी ल्याउने जनता र नेताको पछि नलाग्न अख्तियारलाई ठट्यौली शैलीमा चेतावनी समेत दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

उनले वाइडबडी, दमक भ्युटावर जस्ता विषय हेर्न छोडेर श्रमदान गर्ने जनताको पछि लाग्दा तिर्खाएको जनताको श्राप लाग्ला भन्दै अख्तियारलाई ध्यानाकर्षण गराएका छन् । 

धरानमा श्रमदानबाट पानी ल्याउन लागि परेका मेयर हर्कबहादुर राईले राज्यको स्रोत साधन दुरुपयोग गरेको भन्दै अख्तियारले चासो राखेको छ । 

त्यसैको जवाफमा उनले यस्तो जवाफ दिएका हुन् । उनले गम्भिर मुद्दाहरूमा चासो नराखी, समर्थक र सहयोगीहरूको आर्थिक भौतिक सहयोगमा धरानमा पानी ल्याउन खोज्दा उल्टै मुद्दा हाल्दै पत्रका काट्दै गरेको दुःख पनि पोखेका छन् । 

पानी माग्न जनता त्यता आउन सक्ने भन्दै हर्कले श्रम अभियानको खेदो खन्दा तिर्खाएका मानिसको श्राप लाग्ने जवाफ अख्तियारलाई पठाएका छन् । अख्तियारले उनलाई माघ २ गते उजुरीको जवाफ माग्दै पत्र काटेको थियो । 

यस्तो छ, हर्कले अख्तियारलाई दिएको जवाफ:

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दुई विद्रोही नेताको झगडाले कांग्रेसमा सल्किएको आगो !

दुई विद्रोही नेताको झगडाले कांग्रेसमा सल्किएको आगो !

विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले सानेपास्थित साविकको केन्द्रीय कार्यालयबाट पार्टी हाँकीरहेका छन् । चौधौँ महाधिवेशनबाट निर्वाचित भएका तर, विशेष महाधिवेशनबाट अपदस्थ गरिएका शेरबहादुर देउवाले चुनदेवीस्थित सम्पर्क कार्यालयबाट...
जनतामा देखिएका निराशाा आशामा बदल्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको छः देउवा

जनतामा देखिएका निराशाा आशामा बदल्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको छः देउवा

पूर्वप्रधानमन्त्री देउवाले मुलुकको अवस्था अहिले संवेदशील देखिएको बताउँदै सबै सजग भएर राष्ट्रिय एकता कायम गर्न भूमिका खेल्नुपर्नेमा जोड दिए । मुलुकको इतिहास सबै  लोकतान्त्रिक आन्दोलन कांग्रेसको नेतृत्वमा नै...
एनसेलसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

एनसेलसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

तर २०८३ साउन २६ गतेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो । र अहिले सर्वोच्चले साउन २६ गतेको एनसेलको प्रतिवेदन सार्वजनिक गर्नेसम्बन्धी निर्णय कार्यान्वयन नगरी...
सहधर्मीमाथि ओलीको शृंखलाबद्ध घात

सहधर्मीमाथि ओलीको शृंखलाबद्ध घात

जसजसले विगतमा उनलाई अहिलेको ओली बनाउन भूमिका खेले, क्षीण हुँदा दर्बिलो साथ दिए, पार्टी सत्तामा पुर्‍याउन दिलोज्यान लगाए, राजकीय भूमिकामा शिखरित गराउँदै उनको शानशौकतमा इँटा थपे, उनले ती...