नेभिगेशन
सबै कुरा

भारतकाे रेल दुर्घटनामा मृत्यु हुने ७ नेपालीको सनाखत, एउटै परिवारका ३ जना

काठमाडौं । भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी मृत्यु हुने सबै नेपालीको पहिचान खुलेकाे छ । परराष्ट्र मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार  रेल दुर्घटनामा मृत्यु भएका ७ जना मध्ये अछामका ४ जना, कैलालीका २ जना र बाँकेका एक जना रहेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

परराष्ट्र मन्त्रालयका अनुसार मृत्यु हुनेमा अछाम मंगलसेनका ११ वर्षीय हिमु नन्दराम विश्वकर्मा, ४४ वर्षीय नन्दराम पद्म विश्वकर्मा, ४२ वर्षीया मैसारा कामी विश्वकर्मा र अछाम कमलबजारकी ६० वर्षीया जोक्ला उर्फ कला कामी रहेका छन् ।

Ncell
Extreme Energy

रेल दुर्घटनामा परी मृत्यु हुनेमा कैलालीकी ४३ वर्षीया कमला नवीन भण्डारी र ४० वर्षीय लछिराम पासी रहेका छन् । यसै गरी बाँकेको डंडुवाका ३२ वर्षीय राधेश्याम राधको पनि मृत्यु भएको छ ।

दुर्घटनामा परी ४ जना नेपाली घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको स्थानीय अस्पताल र गम्भीर घाइते भएका १ जनाको गोदावरी अस्पताल, जलगाउँमा उपचार भइरहेको परराष्ट्र मन्त्रालयले  जनाएको छ ।

दुर्घटनामा मृत्यु भएका नेपालीहरूको शव नेपाल ल्याउन तथा घाइतेहरूको शीघ्र उपचारका लागि सरकारले नयाँ दिल्लीस्थित नेपाली राजदूतावास र काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत भारत सरकारका सम्बन्धित निकायहरूसँग समन्वय एवं सहजीकरण गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

माघ ९ गते भएको रेल दुर्घटनामा परी १२ जनाको मृत्यु भएको थियो ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दुई विद्रोही नेताको झगडाले कांग्रेसमा सल्किएको आगो !

दुई विद्रोही नेताको झगडाले कांग्रेसमा सल्किएको आगो !

विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले सानेपास्थित साविकको केन्द्रीय कार्यालयबाट पार्टी हाँकीरहेका छन् । चौधौँ महाधिवेशनबाट निर्वाचित भएका तर, विशेष महाधिवेशनबाट अपदस्थ गरिएका शेरबहादुर देउवाले चुनदेवीस्थित सम्पर्क कार्यालयबाट...
जनतामा देखिएका निराशाा आशामा बदल्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको छः देउवा

जनतामा देखिएका निराशाा आशामा बदल्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको छः देउवा

पूर्वप्रधानमन्त्री देउवाले मुलुकको अवस्था अहिले संवेदशील देखिएको बताउँदै सबै सजग भएर राष्ट्रिय एकता कायम गर्न भूमिका खेल्नुपर्नेमा जोड दिए । मुलुकको इतिहास सबै  लोकतान्त्रिक आन्दोलन कांग्रेसको नेतृत्वमा नै...
एनसेलसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

एनसेलसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

तर २०८३ साउन २६ गतेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो । र अहिले सर्वोच्चले साउन २६ गतेको एनसेलको प्रतिवेदन सार्वजनिक गर्नेसम्बन्धी निर्णय कार्यान्वयन नगरी...
सहधर्मीमाथि ओलीको शृंखलाबद्ध घात

सहधर्मीमाथि ओलीको शृंखलाबद्ध घात

जसजसले विगतमा उनलाई अहिलेको ओली बनाउन भूमिका खेले, क्षीण हुँदा दर्बिलो साथ दिए, पार्टी सत्तामा पुर्‍याउन दिलोज्यान लगाए, राजकीय भूमिकामा शिखरित गराउँदै उनको शानशौकतमा इँटा थपे, उनले ती...