नेभिगेशन
सबै कुरा

रवि लामिछानको मुद्दामा दोस्रो दिन पनि सकिएन बहस, आइतबार मात्रै आदेश आउने

रुपन्देही । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा आज तेस्रो दिन पनि बहस सकिएन । बुधबार अदालतमा उपस्थित भएका लामिछानेको न्यायाधीश प्रह्लाद कुमार योगी इजलासमा बयानपछि बिहीबारबाट बहस सूरु भएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

पहिलो दिन सरकारी वकिलका तर्फबाट जल्ला सरकारी वकिलका प्रमुख प्रेमराज पौडेल, गोकर्ण घिमिरे, पवित्रा भण्डारी, वसन्त पोखरेल र सुनिल लामिछानेले बहस गरेका थिए भने उच्च सरकारी वकिल कार्यालय बुटवलका तर्फबाट सोमकान्त भण्डारी, प्रकाश मरासिनी र रवि न्यौपानेले बहस गरेका थिए ।

यस्तै जाहेरकर्ताकातर्फबाट वरिष्ठ अधिवक्ताहरु दिनेश त्रिपाठी, सुरेन्द्र राज भण्डारी सहित ४ जनाले बहस गरेका थिए ।

शुक्रबार चिया समय पछि मात्रै लामिछानेका तर्फका कानुन व्यवसायीको बहस सुरु भएको थियो । वरिष्ठ अधिवक्ताहरु सुशिल पन्त र सुरेन्द्र थापाको मात्रै बहस सकिएको छ । वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ सहित अधिवक्ता डा नारायण कडेल, राजेन्द्र सेढाई, सुरज बस्नेतले अब आइतबार बहस गर्ने छन् । प्रतिवादीहरुका तर्फबाट बहस सकिएपछि पुन सरकारी वकिल तथा जाहेरकर्ताका अधिवक्ताले जवाफी बहस गर्ने छन् । त्यसपछि मात्रै आदेश आउने अदालतका अधिकारीहरुले बताएका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ग्रीसमा पनि फैलियो प्रदर्शन, हजारौं विद्यार्थीहरू निस्किए सडकमा

ग्रीसमा पनि फैलियो प्रदर्शन, हजारौं विद्यार्थीहरू निस्किए सडकमा

जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र शिक्षा क्षेत्रमा सरकारी लगानी वृद्धि गर्न माग गर्दै ग्रीसको राजधानी एथेन्समा बुधबार हजारौँ विद्यार्थी र शिक्षकले प्रदर्शन गरेका छन्।
एयर पेस्तोल देखाएर मार्ने धम्की दिने एक जना पक्राउ

एयर पेस्तोल देखाएर मार्ने धम्की दिने एक जना पक्राउ

बाँकेको बैजनाथ गाउँपालिका–८ टिटिरियामा एयर पेस्तोल देखाएर मार्ने धम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन्।
बाँकेको कपासीमा आगलागी, सात घर पूर्णरूपमा जले

बाँकेको कपासीमा आगलागी, सात घर पूर्णरूपमा जले

बाँकेको जानकी गाउँपालिका–६ कपासीमा विद्युत् सर्ट भएर आगलागी हुँदा सातवटा घर पूर्णरूपमा जलेका छन्। आगलागीबाट अर्को एक घरको झ्यालमा समेत क्षति पुगेको छ।
यस्तो रह्यो रास्वपा सभापति रवि लामिछानेको दसैँ टीका

यस्तो रह्यो रास्वपा सभापति रवि लामिछानेको दसैँ टीका

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विजयादशमीका अवसरमा दसैँको टीका लगाएका छन् ।