नेभिगेशन
सबै कुरा

टानमा विधानअनुसार व्यवसायिक व्यक्तिकाे मनोनयन भएकाे छ, राजनीति नगरौँ : सागर पाण्डे

काठमाडौँ । ट्रेकिङ एजेन्सीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले कार्यसमिति सदस्य मनोनयन विधान र आफ्नो अधिकार अनुसार गरेको बताएका छन् । टानको कार्यसमिति सदस्य मनोनयनलाई लिएर कांग्रेस समर्थित व्यवसायीहरूले विवाद झिकेपछि अध्यक्ष पाण्डेले त्यसको जवाफ दिएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पाण्डेले कार्यसमितिमा गरिएको मनोनयन आफ्नो अधिकार र विधानले तोकेको व्यवस्थाअनुसार नै भएको प्रष्ट्याए । उनले मनोनयनका लागि नाम माग्दा नाम दिन नसक्नेहरूले अहिले गलत टिप्पणी गरेर टानमा राजनीतिक गर्न खोजेको पनि आफ्नो फेसबुकमा प्रेशित जवाफमा भनेका छन् ।

Ncell
Extreme Energy

‘व्यक्तिगत आस्था  राजनीतिमा राख्नु स्वाभाविक हो, तर व्यवसायिक संस्थामा हाम्रो आस्थालाई समेट्न उचित हुँदैन। हामी टानका निर्वाचित सदस्यहरूको रूपमा एकजुट भएर काम गर्नुपर्ने आवश्यक छ। यसै कारण, हाम्रा एजेण्डा र कार्यक्षेत्रहरू समग्र पर्यटन विकास र ट्रेकिङ क्षेत्रको विस्तार र सुदृढीकरणका लागि मात्र हुनुपर्छ।

टानको अध्यक्षको रूपमा, म यो जिम्मेवारीलाई अत्यन्त गम्भीरतापूर्वक लिन्छु,’ अध्यक्ष पाण्डेले भनेका छन् ‘टानको विधान अनुसार, कार्यसमितिमा सदस्यहरूलाई अध्यक्षले मनोनयन गर्न सक्छन् जुन कार्यसमितिले अनुमोदन गरिरहनु पर्दैन।

मैले विभिन्न क्षेत्रसँग सुझाव र छलफल गरी व्यवसायिक साथीहरूलाई मनोनीत गरेको छु। कसैको नकारात्मक प्रतिक्रिया आए पनि, मैले बारम्बार साथीहरूसँग छलफल गर्दा उहाँहरूले नाम दिन नसकेपछि मेरो कर्तव्यअनुसार व्यवसायिक साथीहरूलाई मनोनयन गरेको हुँ। केही साथीहरूले राजनीतिक पूर्वाग्रहका साथ देख्न खोज्नु मेरो जीवन र पदीय कर्तव्य र मान्यतासँग मेल खाँदैन।’

राजनीतिक नेतृत्वले अर्थतन्त्र र विकासका मुद्दाहरूलाई सही रूपमा अघि बढाउन नसकेको पाण्डेको आरोप छ । यस्तो बेला, नेपालको आर्थिक विकासको एउटा महत्वपूर्ण क्षेत्र पर्यटनलाई राजनीतिबाट अलग राखेर हेर्न पनि उनले आग्रह गरेका छन् । उनले व्यवसायिक संस्थामा राजनीतिक आस्थाका आधारमा विवाद नझिक्न पनि आग्रह गरेका छन् । 

पाण्डेले विष्णु थापा, राजेन्द्र अमगाईं, नकुल देवकोटा, विष्णु बराकोटी र बासु रिमाल लगायतलाई टान सदस्यमा मनोनित गरेका थिए । अब एक महिला सदस्यको भने मनोनित हुन भने बाँकी छ । उक्त मनोनयनलाई लिएर कांग्रेस नजिकका पर्यटन व्यवसायीहरू आक्रोशित छन् ।   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
व्यावसायिक संस्थालाई राजनीतिबाट टाढा राखौँः सभामुख

व्यावसायिक संस्थालाई राजनीतिबाट टाढा राखौँः सभामुख

सभामुख डोलप्रसाद (डीपी) अर्यालले व्यावसायिक तथा पेशागत संस्थाभित्र राजनीतिक गतिविधि नगर्न सुझाव दिएका छन् ।
नेपाल ल्याइयो थप तीन आरोहीको शव

नेपाल ल्याइयो थप तीन आरोहीको शव

किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव मंगलबार अपरान्ह कतार एअरवेजमार्फत नेपाल ल्याइएको हो ।
ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

ढोरपाटनमा सिकार खेल्न मात्रै विदेशी पर्यटक आउने गरेकामा पछिल्लो समय ढोरपाटन उपत्यका, निशेलढोर र ढोरबराह मन्दिर, बुकीपाटन र जलजलालगायतका क्षेत्रको अवलोकनका लागि आन्तरिक पर्यटक यहाँ आउने गरेका छन्...
कोरला नाकामा त्रिपाल टाँगेर व्यापार, दशगजा क्षेत्रमा ८० भन्दा बढी अस्थायी पसल

कोरला नाकामा त्रिपाल टाँगेर व्यापार, दशगजा क्षेत्रमा ८० भन्दा बढी अस्थायी पसल

नेपाल–चीन उत्तरी कोरला नाकाको दशगजा क्षेत्रमा सीमावर्ती नागरिकले त्रिपाल टाँगेर व्यापार व्यवसाय सञ्चालन गरिरहेका छन्।