नेभिगेशन
सबै कुरा

दुर्घटना न्यूनीकरण अभियान सञ्चालन गर्दै रौतहट ट्राफिक

रौटहट । पछिल्लो एक सातादेखी तराई मधेश शितलहर र बाक्कलो हुस्सुले आक्रान्त बनेको छ । चिसो ह्वात्तै बढेपछि जनजीवन प्रभावित त बनेकै छ यसले ट्राफिक ब्यवस्थापनमा समेत प्रभाव पारेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सितलहर र हुस्सुका कारण सवारी दुर्घटनाको उच्च भएकोले चालकहरुले नजिकै पनि नदेख्दा अन्यबेला भन्दा बढी दुर्घटनाको जोखिम समेत बढेपछि रौतहट ट्राफिकले दुर्घटना कम गर्न उद्देश्यका साथ दुर्घटना न्यूनीकरण अभियान थालेको छ ।  

Ncell
Extreme Energy

अभियान अन्तर्गत सवारीसाधनमा रिफ्लेक्टिभ स्टिकर टाँस्ने, सवारी चालकको स्वास्थ परीक्षण गर्ने, इन्डिकेटर बत्ती बालेर बिस्तारै सवारी चलाउन अनुरोध गर्ने र ओभर टेक गरेर सवारी नचालाउन आग्रह गरिएको ट्राफिक प्रहरी कार्यालय रौतहटका कार्यालय प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीले जानकारी दिए । 

ट्राफिक कार्यालयले जिल्लाका विभिन्न पालिका अन्तर्गतका विद्यालयमा दुर्घटना न्युनिकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम समेत गर्दै आएको छ । 

आर्थिक बर्ष २०८१/८२ को पुष मसान्तसम्म ३ सय ८५ वटा सवारी दुर्घटनामा ३१ जनाले ज्यान गुमाए भने ६१० जना घाइते भएको निरीक्षक अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रातो माटो, कमेरो र खोटोको संस्कृति ओझेलमा

रातो माटो, कमेरो र खोटोको संस्कृति ओझेलमा

नेपालीको महान् चाड बडादसैँ सुरु भएसँगै गाउँघरमा चाडपर्वको रौनक छाएको छ।
इजिप्टमा बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु, ३० घाइते

इजिप्टमा बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु, ३० घाइते

इजिप्टको राजधानी कायरोको दक्षिणपश्चिममा बस र ट्रक आपसमा ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।
सीमा बन्द नगरे युरोप समाप्त हुन्छ : ट्रम्प

सीमा बन्द नगरे युरोप समाप्त हुन्छ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नियन्त्रण गर्न सीमा बन्द नगरे र अपराधमा संलग्न व्यक्तिहरूलाई निष्कासन नगरे युरोपको अस्तित्व सङ्कटमा पर्ने चेतावनी दिएका छन्।
७३ वर्षको उमेरमा पुर्जा पाएँ, धन्यवाद सरकार !

७३ वर्षको उमेरमा पुर्जा पाएँ, धन्यवाद सरकार !

दसैँको मुखमा चितवनको इच्छाकामना गाउँपालिका–७ का भूमिहीनले आफ्नै नाममा जग्गाधनी प्रमाणपुर्जा पाएपछि उनीहरूको खुसीको सीमा रहेन।