नेभिगेशन
सबै कुरा

शीतलहर तथा बाक्लो हुस्सुबाट जनजीवन प्रभावित

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरको जनजीवन शीतलहर र बाक्लो हुस्सुबाट प्रभावित भएको छ । बिहानै विद्यालय जाने बालबालिका, वृद्धवृद्धा, विपन्न परिवार शीतलहर र बाक्लो हुस्सुबाट प्रभावित भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शीतलहर चल्ने क्रमसँगै निकै चिसो बढेपछि विद्यालय जाने बालबालिकामा ज्वरो, टाउको दुख्न, पेट दुख्नेलगायतका समस्या देखा पर्न थालेको छ । वृद्धवृद्धामा श्वासप्रश्वासको समस्या देखा परेको छ । आर्थिक रुपमा विपन्न परिवार र विभिन्न शिविरमा झोपडी बनाएर बस्दै आएका सुकुम्वासी, भूमिहीन परिवार ओढ्ने बिछ्याउने न्यानो कपडाको अभावमा चिसो सहेर बस्न बाध्य छन् । 

Ncell
Extreme Energy

कठ्याङ्ग्रिँदो चिसोका कारण मजदुरी गर्नमा पनि ती परिवारले कठिनाइको सामना गर्नुपरिरहेको छ । वनहरा शिविरमा बस्दै आएका मानध्वज लुहार चिसोका कारण बाह्य क्षेत्रमा हिँडडुल गर्न अप्ठेरो परेको बताउँछन् । वर्षौँ पहिले दातृ निकायले दिएको प्लाष्टिकको त्रिपालबाट शीतको थोपा चुहिँदा झोपडीभित्रका ओढ्ने बिछ्याउने कपडा निथ्रुक्क भिज्ने गरेकाले आगो बालेर न्यानो गर्नुपर्ने अवस्था रहेको उनी बताउँछन् । 

“शिविरमा बस्दै आएका धेरै परिवारसँग न्यानो ओढ्ने बिछ्याउने कपडा नहुँदा आगो नै एकमात्रै सहारा बनेको छ”, उनले भने, “आर्थिक अवस्था दयनीय हुँदा किन्ने क्षमता छैन, अरु वर्ष दातृ निकायले दिन्थे दुई वर्षदेखि कोही पनि सहयोग गर्न शिविर छिरेका छैनन् ।” बिहानीपखको समयमा महाकाली नदीबाट नदीजन्य पदार्थ ट्र्याक्टरमा ढुवानी गर्दै आएका मनोज चौधरीले बाक्लो हुस्सुका कारण सडकमा देख्नका लागि मुस्किल हुन थालेपछि दिउँसोपख मात्रै काममा जाने गरेको बताए । 

 “बाक्लो हुस्सु लाग्छ”, चौधरीले भने, “सडकमा देख्न नै मुस्किल हुन थालेकाले दुर्घटनाको डरले दिउँसोपख मात्रै ट्र्याक्टर चलाउनुपरेको छ ।” शीतलहर र हुस्सुका कारण किसानले खेतबारीमा लगाएको तरकारीबालीमा डडुवा रोगको सङ्क्रमण देखिएको छ । रोगको सङ्क्रमणले सबैभन्दा बढी आलुबालीमा क्षति पु¥याउन थालेको स्थानीय किसानको भनाइ छ ।

चिसोका कारण स्वास्थ्य संस्थामा विगतको तुलनामा बिरामीको सङ्ख्यामा वृद्धि हुँदै जान थालेको पिपलाडी स्वास्थ्यचौकीका प्रमुख दुर्गादत्त भट्टले बताए । रुघाखोकी, ज्वरो, स्वासप्रश्वासका बिरामी बढी स्वास्थ्य चौकी पुग्ने गरेको उनको भनाइ छ । दिउँसो १२ बजेपछि कुनै दिन घाम लाग्ने गरे पनि अधिकांश समय शीतलहर र हुस्सु लाग्ने गरेको छ । बिहानीको समय र साँझको समय भने निकै चिसो हुने गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अल्पमतको दम्भले बहुमतको संसद बन्धक !

अल्पमतको दम्भले बहुमतको संसद बन्धक !

संसदको बर्खे अधिवेशन सुरु भएको २० दिन बित्न लाग्दा प्रतिनिधिसभाका कुनै पनि बैठक सहज रुपमा चल्न सकेको छैन । ०४६ मा बहुदल आएपछि संसदमा यस्तै विरोधमात्रै भयो, काम...
भारतको ३ दिने औपचारिक भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

भारतको ३ दिने औपचारिक भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

वार्तामा विकास सहकार्य, सम्पर्क सञ्जाल विस्तार, व्यापार तथा पारवहन, ऊर्जा र जनस्तरको  सम्बन्धलाई अझ उन्नत तुल्याउनेलगायत विषयमा छलफल भएको थियो ।
निजामती अस्पतालको सेवा बिस्तारः अब कर्मचारीले प्रदेश अस्पतालबाटै सिभिल अस्पतालको स्वास्थ्य सेवा तथा छुट पाउने

निजामती अस्पतालको सेवा बिस्तारः अब कर्मचारीले प्रदेश अस्पतालबाटै सिभिल अस्पतालको स्वास्थ्य सेवा तथा छुट पाउने

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल, काठमाडौँ)को सेवा प्रदेशस्तर सम्म विस्तार गर्ने नीति अनुसार प्रदेश अस्पतालहरूबाटै कर्मचारीलाई स्वास्थ्य सेवा उपलब्ध...
आइतबारको बिदा खारेज गर्न लागिएको भन्ने हल्लामा सत्यता छैनः सरकार

आइतबारको बिदा खारेज गर्न लागिएको भन्ने हल्लामा सत्यता छैनः सरकार

प्रधानमन्त्री वालेन्द्र शाहको  सचिवालयले जनाएको छ ।  सचिवालयका अनुसार यस विषयमा सरकारले कुनै निर्णय गरेको छैन र अहिलेका लागि यस सम्बन्धमा कुनै तयारी पनि छैन ।