नेभिगेशन
सबै कुरा

बाल श्रम गराइएको भेटिएपछि स्केटिङ हाउसमा नगरपालिकाको ताला

रौतहट । रौतहटको चन्द्रपुर ४  चन्द्रनिगाहपुर स्थित रहेको चन्द्रपुर स्केट पार्क नामक स्केटिङ् हाउस नगरपालिकाले बन्द गराएको छ । मापदण्ड विपरित सञ्चालनमा ल्याइएको भन्दै उक्त स्केटिङ हाउस शिल गरिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चन्द्रपुर नगर स्तरीय बाल सञ्जालका प्रतिनिधि, चन्द्रपुर नगरपालिकाकी उपप्रमुख जयमाला चौधरी र चन्द्रपुर नगरपालिका वडा नम्बर ४ को वडा अनुगमनको संयुक्त टोलीले अनुगमन गरेकाे थियाे । साे क्रममा स्केटिङ् पार्कमा बालबालिकालाई बाल श्रम गराईएको र दर्ता समेत नभई चर्को शुल्क लिएर सञ्चालन भएको पाइएपछि टाेलीले शिल गरेकाे  हो। 

Ncell
Extreme Energy

सुरक्षाको दृष्टिकोणले समेत उच्च जोखिम रहेको उक्त स्केटिङ् पार्कमा केही दिन अघि एक किशोर स्केटिङ् गर्ने क्रममा लड्दा चोट समेत लागेको थियाे । सो घटनाको रगत अझ सम्म आलै रहनुले पनि उक्त स्केटिङ् पार्कले दुर्घटना निम्त्याउने खतरा रहेको  उपप्रमुख जयमाला चौधरीले बताइन्।

उक्त स्केटिङ् पार्क हाउसमा बाल श्रमिक राखेर मापदण्ड विपरीत सञ्चालन आएको भन्ने गुनासो आएपछि नगरपालिकाको टोलीले शनिबार अनुगमन गरेको ४ नम्बरका वडा अध्यक्ष रवि राना मगरले बताए।

चन्द्रपुर ४ ले वडामा रहेका विभिन्न व्यवसायमा बालश्रम हुने गरेको र गुणस्तरहीन सामग्री प्रयोग गरिएको भन्ने गुनासो बढेको कारण अनुगमनको कार्यलाई तिब्रता दिएको वडा अध्यक्ष राना मगरले बताए। 

अनुगमनका क्रममा चन्द्रपुर ४ स्थित बञ्जारा कम्प्लेक्समा रहेको उक्त स्केटिङ् हाउसका संचालकद्वय प्रेम चौधरी र अनिकित राई दास भने भेट हुन नसकेको र टेलिफोन संपर्क मार्फत उक्त घटनाको जानकारी गराउँदै नगरपालिका कार्यालयमा उपस्थित हुन समेत जानकारी गरिएको चन्द्रपुर नगरपालिकाको महिला तथा बालबालिका विकास शाखाका प्रमुख चन्द्रकला बरालले जानकारी दिइन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन

मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन

मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन । विनाशकारी बाढीले दिएको पीडा रकमले कम गर्न सकिँदैन । तर, दुःखको यस घडीमा पीडित परिवारको तत्कालको आवश्यकता पूरा गर्न सरकार उहाँहरूको...
ऊर्जामन्त्री भन्छन्– यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्छ

ऊर्जामन्त्री भन्छन्– यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्छ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले बंगालको खाडीमा विकसित भइरहेको बलियो न्यूनचापीय प्रभावका कारण यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्ने बताएका छन् ।
गृहमन्त्री र ऊर्जामन्त्रीले लिए पछिल्लो मौसम प्रणालीबारे जानकारी

गृहमन्त्री र ऊर्जामन्त्रीले लिए पछिल्लो मौसम प्रणालीबारे जानकारी

गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले आगामी मौसमी प्रणालीका बारेमा जानकारी लिएका छन् ।
रास्वपा सचेतक क्रान्तिशिखाले भनिन्– ट्राफिक प्रहरीको कार्यशैलीको समीक्षा गरिनुपर्छ

रास्वपा सचेतक क्रान्तिशिखाले भनिन्– ट्राफिक प्रहरीको कार्यशैलीको समीक्षा गरिनुपर्छ

रास्वपा सचेतक क्रान्तिशिखा धितालले ट्राफिक प्रहरीले चालक र यात्रुसँग गर्ने व्यवहार तथा कार्यशैलीको गम्भीर समीक्षा हुनुपर्ने बताएकी छन् ।

भर्खरै