नेभिगेशन
सबै कुरा

बाल श्रम गराइएको भेटिएपछि स्केटिङ हाउसमा नगरपालिकाको ताला

रौतहट । रौतहटको चन्द्रपुर ४  चन्द्रनिगाहपुर स्थित रहेको चन्द्रपुर स्केट पार्क नामक स्केटिङ् हाउस नगरपालिकाले बन्द गराएको छ । मापदण्ड विपरित सञ्चालनमा ल्याइएको भन्दै उक्त स्केटिङ हाउस शिल गरिएको हो । 

चन्द्रपुर नगर स्तरीय बाल सञ्जालका प्रतिनिधि, चन्द्रपुर नगरपालिकाकी उपप्रमुख जयमाला चौधरी र चन्द्रपुर नगरपालिका वडा नम्बर ४ को वडा अनुगमनको संयुक्त टोलीले अनुगमन गरेकाे थियाे । साे क्रममा स्केटिङ् पार्कमा बालबालिकालाई बाल श्रम गराईएको र दर्ता समेत नभई चर्को शुल्क लिएर सञ्चालन भएको पाइएपछि टाेलीले शिल गरेकाे  हो। 

सुरक्षाको दृष्टिकोणले समेत उच्च जोखिम रहेको उक्त स्केटिङ् पार्कमा केही दिन अघि एक किशोर स्केटिङ् गर्ने क्रममा लड्दा चोट समेत लागेको थियाे । सो घटनाको रगत अझ सम्म आलै रहनुले पनि उक्त स्केटिङ् पार्कले दुर्घटना निम्त्याउने खतरा रहेको  उपप्रमुख जयमाला चौधरीले बताइन्।

उक्त स्केटिङ् पार्क हाउसमा बाल श्रमिक राखेर मापदण्ड विपरीत सञ्चालन आएको भन्ने गुनासो आएपछि नगरपालिकाको टोलीले शनिबार अनुगमन गरेको ४ नम्बरका वडा अध्यक्ष रवि राना मगरले बताए।

चन्द्रपुर ४ ले वडामा रहेका विभिन्न व्यवसायमा बालश्रम हुने गरेको र गुणस्तरहीन सामग्री प्रयोग गरिएको भन्ने गुनासो बढेको कारण अनुगमनको कार्यलाई तिब्रता दिएको वडा अध्यक्ष राना मगरले बताए। 

अनुगमनका क्रममा चन्द्रपुर ४ स्थित बञ्जारा कम्प्लेक्समा रहेको उक्त स्केटिङ् हाउसका संचालकद्वय प्रेम चौधरी र अनिकित राई दास भने भेट हुन नसकेको र टेलिफोन संपर्क मार्फत उक्त घटनाको जानकारी गराउँदै नगरपालिका कार्यालयमा उपस्थित हुन समेत जानकारी गरिएको चन्द्रपुर नगरपालिकाको महिला तथा बालबालिका विकास शाखाका प्रमुख चन्द्रकला बरालले जानकारी दिइन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...
‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

प्रमुख रेग्मीले भने, “श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ । हामी भागेपछि एक हुल मानिस नाराबाजी...