नेभिगेशन
सबै कुरा

सुप्रिम सहकारी रकम अपचलन प्रकरण : रवि लामिछाने तर्फका वकिलकाे बहस जारी

रुपन्देही । रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको तेस्रो दिनको बहस सुरु भएको छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुटवलको सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा आइतबार तेस्रो दिनको बहस सुरु भएको हो । 

Ncell
Extreme Energy

रूपन्देही जिल्ला अदालतमा अहिले रवि लामिछानेका तर्फबाट कानुन व्यवसायीले बहस गर्दैछन् ।  शुक्रवार  लामिछानेका तर्फबाट ३ जना कानुन व्यवसायीले बहस गरेपछि समय सकिएको थियो । समय सकिएपछि न्यायाधीशले लामिछानेलाई आइतबार पुनः अदालतमा हाजिर हुनेगरि परिवार र वकिलको जिम्मा लगाएको थियो । सोहीअनुरुप आइतबार बिहानै अदालत पुगेका रवि लामिछानेका तर्फबाट कानुन व्यवसायीले बहस सुरु गरेको हुन् । आज लामिछानेका तर्फबाट ५ जना कानुन व्यवसायीले बहस गर्ने जनाइएको छ । 

प्रतिवादीका तर्फबाट बहस सकिएपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन् । जवाफी बहस सकिएपछि न्यायाधीशले थुनछेक आदेश गर्नेछन् । 

सुप्रिम सहकारीको रकम अपचलनको आरोप लागेका लामिछाने बुधबार अदालतमा उपस्थित भएर बयान दिएपछि बिहीबारबाट बहस सूरु भएको थियो ।

पहिलो दिन सरकारी वकिलका तर्फबाट जल्ला सरकारी वकिलका प्रमुख प्रेमराज पौडेल, गोकर्ण घिमिरे, पवित्रा भण्डारी, वसन्त पोखरेल र सुनिल लामिछानेले बहस गरेका थिए भने उच्च सरकारी वकिल कार्यालय बुटवलका तर्फबाट सोमकान्त भण्डारी, प्रकाश मरासिनी र रवि न्यौपानेले बहस गरेका थिए ।

यस्तै जाहेरकर्ताका तर्फबाट वरिष्ठ अधिवक्ताहरु दिनेश त्रिपाठी, सुरेन्द्र राज भण्डारी सहित ४ जनाले बहस गरेका थिए ।

शुक्रबार चिया समय पछि मात्रै लामिछानेका तर्फका कानुन व्यवसायीको बहस सुरु भएको थियो । वरिष्ठ अधिवक्ताहरु सुशिल पन्त, सुरेन्द्र थापा र सञ्जय  गोलेको मात्रै बहस सकिएको छ । वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ सहित अधिवक्ता डा नारायण कडेल, राजेन्द्र सेढाई, सुरज बस्नेतले आइतबार बहस गर्ने छन् । 

प्रहरीले सुप्रिम सहकारी प्रकरणमा रकम ठगीमा पहिलो चरणको अनुसन्धान गरेर गत वैशाख २ गते २८ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । फेरी असोज ५ गते रवि लामिछानेसहित १४ जनाविरुद्ध पूरक जाहेरी लिएर इलाका प्रहरी कार्यालयले मुद्दा चलाएको हो । 

यहि सहकारी प्रकरणमा सहकारीको रकम हिनामिनामा मुख्य निर्णयकर्ता समेत रहेका व्यक्तीहरु यसअघिनै धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत रुपन्देहीले गत वैशाखमा जिबी गु्रुपका आइटीरसफ्टवेयर हेर्ने भविश्वर अर्याललाई १८ लाख ८० हजार, सहकारीको भैरहवा शाखाका व्यवस्थापक दुर्गा पाण्डेय चापागाईंलाई १८ लाख, नवीन अछामीलाई १० लाख, दीपक न्यौपानेलाई चार लाख ४५ हजार, नीता थापालाई दुई लाख र रोशनी गुरुङसँग दुई लाख रुपैयाँ धरौटी माग गरेको थियो । त्यस्तै, आशिष रानाभाट ५० हजार र मनोहर मोहम्मद ३४ हजार धरौटीमा रिहा भएका थिए । सहकारीका सचिव रहेका दीपेश पुनलाई समेत चार लाख धरौटी माग गरिएको थियो । 

सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र सचिव कुमार रम्तेल भने पुर्पक्षका लागि थुनामा छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सेनादेखि प्रहरीसम्म सुरक्षा निकायको हुर्मत लिँदै माननीयहरु

सेनादेखि प्रहरीसम्म सुरक्षा निकायको हुर्मत लिँदै माननीयहरु

जनप्रतिनिधिलाई 'माननीय' शब्दले सम्बोधन गरिन्छ । सबैभन्दा ठूलो मान भएको जनताको प्रतिनिधि भएकाले माननीय भनेर बोलाउने गरिन्छ । तर पछिल्ला दिनमा सांसदहरुले आफ्नै मान नराखी झगडियाका रुपमा प्रस्तुत...
पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

आज विभिन्न पाँचवटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रिय सभाको बैठक बस्दै, धेरै नागरिकलाई राहत हुनेगरी सरकारले ल्याएको नयाँ विधेयकमा छलफल हुँदै

राष्ट्रिय सभाको बैठक बस्दै, धेरै नागरिकलाई राहत हुनेगरी सरकारले ल्याएको नयाँ विधेयकमा छलफल हुँदै

संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।
संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

प्रतिनिधि सभा बैठकमा कोरम नपुगेर बैठक स्थगित भएपछि अहिले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको आलोचना भइरहेको छ ।