नेभिगेशन
सबै कुरा

सत्ताको शक्तिले अदालतलाई आदेश दिन खोजेको भान भयाे : सोबिता गौतम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले देशमा सुशासन र कानुनको राज स्थापित गर्छौँ भन्नेहरूले भाषणबाट फैसला र आदेश गरेको नसुहाउने बताएकी छिन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै सांसद गौतमले रवि लामिछानेमाथि दुराशयपूर्ण ढंगले अभियोग लगाइएको र सो अभियोग नै अन्तिम सत्य हो भनेजसरी भाषणबाजी गरेको भन्दै सो टिप्पणी गरेकी हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

फेसबुकमा एक स्टाटस लेख्दै सांसद गौतमले आफूभन्दा वरिष्ठ नेताहरूलाई न्यूनतम राजनीतिक संस्कार कायम राखिदिन आग्रह गरेकी छिन् । उनले लेखेकी छिन्, ‘एकातिर सरकारले रवि लामिछानेमाथि दुषित मनसाय राखेर अभियोजन गरिराखेको छ । अर्कोतिर त्यतिगर्दा पनि नपुगेर सरकारमा रहेका दलका शीर्ष नेताहरूले खुल्लमखुल्ला भाषणहरूमा रवि लामिछानेलाई अदालतले फैसला गर्नु अघि नै अपराधी करार गरेर समाजमा झुठो भाष्य स्थापित गर्न भरमग्दुर प्रयास गरिरहनुभएको छ । अभियोग त दुराशयपूर्ण थियो नै, हुँदाहुँदा अभियोग नै अन्तिम सत्य हो भनेजसरी  स्थापित गर्ने प्रयास भइरहेको छ ।’

Ncell
Extreme Energy

त्यस्तै वरिष्ठ भनिने नेताहरुको भाषण र व्यवहारले उनीहरुले सत्ताको शक्तिले अदालतलाई आदेश दिन खोजेको भान भइरहेको बताएकी छिन् । ‘सत्ताको शक्तिले अदालतलाई यस्तो–यस्तो गर् भन्ने सन्देश दिन खोजेको भान भएको छ ।  यो प्रवृत्ति रोक्नुहोस् ।’, उनले लेखेकी छिन्, ‘बारम्बार राज्यसत्तामा रहेका र अहिले पनि राज्य सञ्चालनको तालाचाबी हातमा बाकेर हिँडिरहनुभएका तपाईंहरूलाई यसको गरेको पटक्कै सुहाएको छैन। देशमा सुशासन र कानुनको राज स्थापित गर्छौ भन्नेहरूले भाषणबाट फैसला र आदेश गरेको सुहाउँदै सुहाएन ।’

त्यस्तै उनले स्वच्छ न्याय प्रभाव पार्नेगरी आएका शीर्ष नेताहरूका अभिव्यक्तिप्रति राज्यका सम्बन्धित निकायहरूको ध्यानाकर्षण समेत गराएकी छिन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।