नेभिगेशन
सबै कुरा

सत्ताको शक्तिले अदालतलाई आदेश दिन खोजेको भान भयाे : सोबिता गौतम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले देशमा सुशासन र कानुनको राज स्थापित गर्छौँ भन्नेहरूले भाषणबाट फैसला र आदेश गरेको नसुहाउने बताएकी छिन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै सांसद गौतमले रवि लामिछानेमाथि दुराशयपूर्ण ढंगले अभियोग लगाइएको र सो अभियोग नै अन्तिम सत्य हो भनेजसरी भाषणबाजी गरेको भन्दै सो टिप्पणी गरेकी हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

फेसबुकमा एक स्टाटस लेख्दै सांसद गौतमले आफूभन्दा वरिष्ठ नेताहरूलाई न्यूनतम राजनीतिक संस्कार कायम राखिदिन आग्रह गरेकी छिन् । उनले लेखेकी छिन्, ‘एकातिर सरकारले रवि लामिछानेमाथि दुषित मनसाय राखेर अभियोजन गरिराखेको छ । अर्कोतिर त्यतिगर्दा पनि नपुगेर सरकारमा रहेका दलका शीर्ष नेताहरूले खुल्लमखुल्ला भाषणहरूमा रवि लामिछानेलाई अदालतले फैसला गर्नु अघि नै अपराधी करार गरेर समाजमा झुठो भाष्य स्थापित गर्न भरमग्दुर प्रयास गरिरहनुभएको छ । अभियोग त दुराशयपूर्ण थियो नै, हुँदाहुँदा अभियोग नै अन्तिम सत्य हो भनेजसरी  स्थापित गर्ने प्रयास भइरहेको छ ।’

Ncell
Extreme Energy

त्यस्तै वरिष्ठ भनिने नेताहरुको भाषण र व्यवहारले उनीहरुले सत्ताको शक्तिले अदालतलाई आदेश दिन खोजेको भान भइरहेको बताएकी छिन् । ‘सत्ताको शक्तिले अदालतलाई यस्तो–यस्तो गर् भन्ने सन्देश दिन खोजेको भान भएको छ ।  यो प्रवृत्ति रोक्नुहोस् ।’, उनले लेखेकी छिन्, ‘बारम्बार राज्यसत्तामा रहेका र अहिले पनि राज्य सञ्चालनको तालाचाबी हातमा बाकेर हिँडिरहनुभएका तपाईंहरूलाई यसको गरेको पटक्कै सुहाएको छैन। देशमा सुशासन र कानुनको राज स्थापित गर्छौ भन्नेहरूले भाषणबाट फैसला र आदेश गरेको सुहाउँदै सुहाएन ।’

त्यस्तै उनले स्वच्छ न्याय प्रभाव पार्नेगरी आएका शीर्ष नेताहरूका अभिव्यक्तिप्रति राज्यका सम्बन्धित निकायहरूको ध्यानाकर्षण समेत गराएकी छिन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सेनादेखि प्रहरीसम्म सुरक्षा निकायको हुर्मत लिँदै माननीयहरु

सेनादेखि प्रहरीसम्म सुरक्षा निकायको हुर्मत लिँदै माननीयहरु

जनप्रतिनिधिलाई 'माननीय' शब्दले सम्बोधन गरिन्छ । सबैभन्दा ठूलो मान भएको जनताको प्रतिनिधि भएकाले माननीय भनेर बोलाउने गरिन्छ । तर पछिल्ला दिनमा सांसदहरुले आफ्नै मान नराखी झगडियाका रुपमा प्रस्तुत...
पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

आज विभिन्न पाँचवटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रिय सभाको बैठक बस्दै, धेरै नागरिकलाई राहत हुनेगरी सरकारले ल्याएको नयाँ विधेयकमा छलफल हुँदै

राष्ट्रिय सभाको बैठक बस्दै, धेरै नागरिकलाई राहत हुनेगरी सरकारले ल्याएको नयाँ विधेयकमा छलफल हुँदै

संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।
संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

प्रतिनिधि सभा बैठकमा कोरम नपुगेर बैठक स्थगित भएपछि अहिले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको आलोचना भइरहेको छ ।