नेभिगेशन
सबै कुरा

सभामुख र सत्तारुढ दलका प्रमुख सचेतक भेटवार्ता, के भयाे छलफल ?

काठमाडाैँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीय संसद्को हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउने सन्दर्भमा सत्तारुढ दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार सिंहदरबारमा भएको छलफलका क्रममा सभामुख घिमिरेले सदनलाई प्रभावकारी ढंगले अघि बढाउने वातावरण बनाउन र विधेयकहरुलाई छिटो अघि बढाई बिजनेश दिन आग्रह गरेका छन् । 

Ncell
Extreme Energy

समितिमा अल्झिएर रहेका बिधेयक, अघिल्लो संसददेखि थाँती रहेका केहि विषय लगायतमा सभामुखले चासो व्यक्त गरेको कांग्रेस मुख्य सचेतक श्याम घिमिरेले जानकारी दिए । उनले सदनलाई सहज ढंगले अघि बढाउन आफुहरुको सकारात्मक पहल हुने प्रतिवद्धता जनाएको बताए । 

त्यस्तै एमाले प्रमुख सचेतक महेश बर्तौलाले संसदको प्रभावकारीताका साथै महत्वपूर्ण विधेयक अघि बढाउन सत्तारुढ दलले सहयोग गर्नुपर्नेमा सभामुखको जोड रहेको जानकारी दिनुभयो । माघ १८ गते बस्ने बैठकमा प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने तय भएको उनले बताए । उनले संविधान कार्यान्वयनका लागि आवश्यक विधेयकहरुलाई पनि अघि बढाउन पहलकदमी गर्न सभामुखले आग्रह गर्नुभएको जानकारी दिए । 

संघीय संसद्को हिउँदे अधिवेशनको पहिलो बैठक अघि सभामुखले सत्ता र प्रतिपक्षका प्रमुख सचेतकहरूसँग सोमबार सामूहिक रुपमा छलफल गर्ने तय भएको छ । त्यस्तै मंगलबार कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बोलाइएको छ । संघीय संसद्का राष्ट्रिय सभा र प्रतिनिधिसभाको अधिवेशन माघ १८ गते १ बजेका लागि आह्वान गरिएको छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रातो माटो, कमेरो र खोटोको संस्कृति ओझेलमा

रातो माटो, कमेरो र खोटोको संस्कृति ओझेलमा

नेपालीको महान् चाड बडादसैँ सुरु भएसँगै गाउँघरमा चाडपर्वको रौनक छाएको छ।
इजिप्टमा बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु, ३० घाइते

इजिप्टमा बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु, ३० घाइते

इजिप्टको राजधानी कायरोको दक्षिणपश्चिममा बस र ट्रक आपसमा ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।
सीमा बन्द नगरे युरोप समाप्त हुन्छ : ट्रम्प

सीमा बन्द नगरे युरोप समाप्त हुन्छ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नियन्त्रण गर्न सीमा बन्द नगरे र अपराधमा संलग्न व्यक्तिहरूलाई निष्कासन नगरे युरोपको अस्तित्व सङ्कटमा पर्ने चेतावनी दिएका छन्।
७३ वर्षको उमेरमा पुर्जा पाएँ, धन्यवाद सरकार !

७३ वर्षको उमेरमा पुर्जा पाएँ, धन्यवाद सरकार !

दसैँको मुखमा चितवनको इच्छाकामना गाउँपालिका–७ का भूमिहीनले आफ्नै नाममा जग्गाधनी प्रमाणपुर्जा पाएपछि उनीहरूको खुसीको सीमा रहेन।