नेभिगेशन
सबै कुरा

सांसदहरूको रक्सी काण्डः होटलको फुटेज र बिल झिकाउन रास्वपा सांसद कठायतको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनिता कठायतले कृषि समितिका सदस्य बसेको पोखराको होटलको सीसीटीभी फुटेज झिकाउन समितिमा निवेदन दिएकी छिन् । गत पुस २९ गते कृषि समितिका सदस्यहरू बसेको पोखराको होटल ओपन हाउसको सीसीटीभी फुटेज झिकाउन सांसद कठायतले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा उजुरी दिएकी हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समितिमा सूचना अधिकारीलाई दिइएको निवेदनमा सांसद कठायतले सो गतेको साँझ ८ बजे देखि १० बजेसम्मको सीसीटीभी फुटेज र बिल भरपाई झिकाउन माग गरेकी छिन् । ‘उपरोक्त सम्बन्धमा कृषि समितिले मिति २०८१/०९/२४ देखि २०८१/०९/२९ सम्म नेपालगञ्ज देखि पोखरा सम्मको ६ दिने अनुगमन कार्यक्रम अन्तर्गतको भ्रमणको सन्दर्भमा मिति २०८१/०९/२९ मा समिति सदस्य बसेको होटल ओपन हाउस पोखराको राति ८ बजे देखि १० बजे सम्मको सीसीटीभी फुटेज झिकाई उपलब्ध गराउन, साथै उक्त दिनमा भएको खर्च विवरणको बिल भरपाई पनि उपलब्ध गराउन अनुरोध गर्दछु।’, सांसद कठायतले दिएको निवेदनमा उल्लेख छ । 

Ncell
Extreme Energy

प्रतिनिधिसभा अन्तर्गतको सो समितिका सदस्यहरुले अनुगमनका क्रममा पुस २९ गते सो होटलमा बसेको र त्यस साँझ समितिका सभापतिसहितले मदिरा सेवन गरेर अरुको चरित्रहत्या गरेको विषय सांसद कठायतले उठाएकी थिइन् । उनले समितिको बैठकमै सो विषय आपत्तिजनक रहेको र कसैको व्यक्तिगत जीवनमा पसेर कसैले टिप्पणी गर्न नपाउने भन्दै आक्रोश पोखेकी थिइन् । 

सरकारी खर्चको भ्रमणमा सांसदहरूको ककटेल साँझः रक्सी लागेपछि बाझाबाझ

सो विषय उठाइरहँदा समितिका सभापतिले सांसद कठायतलाई प्रमाण लिएर आउन भनेपछि उनले समितिमा निवेदन दिएर सो विवरण झिकाउन माग गरेकी हुन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सेनादेखि प्रहरीसम्म सुरक्षा निकायको हुर्मत लिँदै माननीयहरु

सेनादेखि प्रहरीसम्म सुरक्षा निकायको हुर्मत लिँदै माननीयहरु

जनप्रतिनिधिलाई 'माननीय' शब्दले सम्बोधन गरिन्छ । सबैभन्दा ठूलो मान भएको जनताको प्रतिनिधि भएकाले माननीय भनेर बोलाउने गरिन्छ । तर पछिल्ला दिनमा सांसदहरुले आफ्नै मान नराखी झगडियाका रुपमा प्रस्तुत...
पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

आज विभिन्न पाँचवटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रिय सभाको बैठक बस्दै, धेरै नागरिकलाई राहत हुनेगरी सरकारले ल्याएको नयाँ विधेयकमा छलफल हुँदै

राष्ट्रिय सभाको बैठक बस्दै, धेरै नागरिकलाई राहत हुनेगरी सरकारले ल्याएको नयाँ विधेयकमा छलफल हुँदै

संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।
संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

प्रतिनिधि सभा बैठकमा कोरम नपुगेर बैठक स्थगित भएपछि अहिले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको आलोचना भइरहेको छ ।