नेभिगेशन
सबै कुरा

सांसदहरूको रक्सी काण्डः होटलको फुटेज र बिल झिकाउन रास्वपा सांसद कठायतको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनिता कठायतले कृषि समितिका सदस्य बसेको पोखराको होटलको सीसीटीभी फुटेज झिकाउन समितिमा निवेदन दिएकी छिन् । गत पुस २९ गते कृषि समितिका सदस्यहरू बसेको पोखराको होटल ओपन हाउसको सीसीटीभी फुटेज झिकाउन सांसद कठायतले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा उजुरी दिएकी हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समितिमा सूचना अधिकारीलाई दिइएको निवेदनमा सांसद कठायतले सो गतेको साँझ ८ बजे देखि १० बजेसम्मको सीसीटीभी फुटेज र बिल भरपाई झिकाउन माग गरेकी छिन् । ‘उपरोक्त सम्बन्धमा कृषि समितिले मिति २०८१/०९/२४ देखि २०८१/०९/२९ सम्म नेपालगञ्ज देखि पोखरा सम्मको ६ दिने अनुगमन कार्यक्रम अन्तर्गतको भ्रमणको सन्दर्भमा मिति २०८१/०९/२९ मा समिति सदस्य बसेको होटल ओपन हाउस पोखराको राति ८ बजे देखि १० बजे सम्मको सीसीटीभी फुटेज झिकाई उपलब्ध गराउन, साथै उक्त दिनमा भएको खर्च विवरणको बिल भरपाई पनि उपलब्ध गराउन अनुरोध गर्दछु।’, सांसद कठायतले दिएको निवेदनमा उल्लेख छ । 

Ncell
Extreme Energy

प्रतिनिधिसभा अन्तर्गतको सो समितिका सदस्यहरुले अनुगमनका क्रममा पुस २९ गते सो होटलमा बसेको र त्यस साँझ समितिका सभापतिसहितले मदिरा सेवन गरेर अरुको चरित्रहत्या गरेको विषय सांसद कठायतले उठाएकी थिइन् । उनले समितिको बैठकमै सो विषय आपत्तिजनक रहेको र कसैको व्यक्तिगत जीवनमा पसेर कसैले टिप्पणी गर्न नपाउने भन्दै आक्रोश पोखेकी थिइन् । 

सरकारी खर्चको भ्रमणमा सांसदहरूको ककटेल साँझः रक्सी लागेपछि बाझाबाझ

सो विषय उठाइरहँदा समितिका सभापतिले सांसद कठायतलाई प्रमाण लिएर आउन भनेपछि उनले समितिमा निवेदन दिएर सो विवरण झिकाउन माग गरेकी हुन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।