नेभिगेशन
सबै कुरा

गगन थापाको दावीः अहिलेका प्रधानमन्त्रीले भन्दा राम्रो काम गर्न सक्छु

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले अहिलेका प्रधानमन्त्रीले भन्दा राम्रो काम गरेर देखाउन सक्ने दावी गरेका छन् । मीनकुमारी राणा प्रतिष्ठानले आइतबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा थापाले यस्तो दावी गरेका हुन् । 

‘म अहिलेका प्रधानमन्त्री, हुनेवाला प्रधानमन्त्री वा अस्ती भर्खर भएका प्रधानमन्त्रीहरुभन्दा हामी राम्रो प्रधानमन्त्री चलाउन सक्छौँ भन्ने कुरामा म अहिले पनि विश्वास गर्छु ।’ उनले भने, ‘आजको प्रधानमन्त्रीको ठाउँका आजै बेलुका गएर हामीहरुमध्ये कसैलाई प्रधानमन्त्री बनाउने हो भने अहिले चलाएको भन्दा राम्रो चलाउँछौ, चलाउँछौँ । म दावाका साथ भन्न सक्छु ।’ 

City Express

उनले अर्को बिकल्प वा व्यवस्थाका बिषयमा बहस भए अर्को दश बर्ष खेर जाने भन्दै असफलताको भारी व्यवस्थालाई बोकाउन नहुने धारणा राखे । पाँच पाँच बर्षमा हुने निर्वाचनमा दलहरु जित्ने हार्ने स्वभाविक प्रक्रिया भएकाले यसलाई सबैले स्वीकार गर्न सक्नुपर्ने उनको भनाई थियो । 

महामन्त्री थापाले एउटा नेता मन्त्री, प्रधानमन्त्री हुने पनि ठूलो कुरा नभएपनि नेतृत्व बदल्ने कुरा महत्वपूर्ण भएको उल्लेख गरे । उनले आफुहरुले अवसर पाउने हो भने अहिलेका प्रधानमन्त्री भन्दा राम्रोसंग देश चलाउन सक्ने बताए । 

थापाले कांग्रेसले ८४ को चूनावलाई पर्खेर बस्ने नभइ अहिलेको अवसरलाई नै सदुपयोग गरेर देश र जनताको सम्मुन्नतिका लागि काम गर्नुपर्ने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाको सचिवालय बैठकले के गर्यो निर्णय ?

रास्वपाको सचिवालय बैठकले के गर्यो निर्णय ?

रास्वपाले  प्रवासमा रहेका नेपाली नागरिकहरूको मतदाता नामावली दर्ता प्रक्रिया पूर्णरूपमा अनलाइनबाट गर्ने व्यवस्था मिलाउन, नेपालका विदेशस्थित दूतावास÷कन्सुलेट तथा नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरूका आगमन र प्रस्थान दुवै क्षेत्रबाट बायोमेट्रिक सेवा...
सैनिक ब्यारेकबाट डेरामा सरे केपी ओली, महेश बस्नेतले मिलाइदिए व्यवस्था

सैनिक ब्यारेकबाट डेरामा सरे केपी ओली, महेश बस्नेतले मिलाइदिए व्यवस्था

जेनजी आन्दोलनका क्रममा प्रदर्शनका क्रममा ओलीको भक्तपुर, बालकोटस्थित घर क्षतिग्रस्त भएको छ । त्यसपछि नेकपा एमालका नेता महेश बस्नेतले गुण्डुमा ओलीकालागि घर व्यवस्था गरेको एमालेका नेताहरुले बताएका छन्।
बङ्गलादेशद्वारा शेख हसिना परिवारको एनआइडी ब्लक, आगामी चुनावमा मतदान गर्न नपाउने

बङ्गलादेशद्वारा शेख हसिना परिवारको एनआइडी ब्लक, आगामी चुनावमा मतदान गर्न नपाउने

उनका अनुसार प्रवासीहरूले पासपोर्ट नभई, आफ्नो एनआइडी प्रयोग गरेर मात्र अनलाइन दर्ता गर्न सक्नेछन् । जसको एनआइडी ब्लक गरिएको छ, उनीहरूले अनलाइन दर्ता गर्न पाउने छैनन् र दर्ता...
वेस्ट इन्डिजविरुद्ध ट्वान्टी–२० अन्तरराष्ट्रिय शृंखला खेल्ने नेपाली टोलीको बिदाइ

वेस्ट इन्डिजविरुद्ध ट्वान्टी–२० अन्तरराष्ट्रिय शृंखला खेल्ने नेपाली टोलीको बिदाइ

यूएईमा नेपालले वेस्ट इन्डिजसँग ऐतिहासिक टी–२०आई शृंखला खेलेर विश्वकप छनोटमा सहभागी हुनेछ । छनोट चरण पार गर्दै तेस्रोपटक विश्वकप खेल्ने नेपालको लक्ष्य रहेको छ । विदाइ कार्यक्रममा नेपाली...