नेभिगेशन
सबै कुरा

गगन थापाको दावीः अहिलेका प्रधानमन्त्रीले भन्दा राम्रो काम गर्न सक्छु

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले अहिलेका प्रधानमन्त्रीले भन्दा राम्रो काम गरेर देखाउन सक्ने दावी गरेका छन् । मीनकुमारी राणा प्रतिष्ठानले आइतबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा थापाले यस्तो दावी गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘म अहिलेका प्रधानमन्त्री, हुनेवाला प्रधानमन्त्री वा अस्ती भर्खर भएका प्रधानमन्त्रीहरुभन्दा हामी राम्रो प्रधानमन्त्री चलाउन सक्छौँ भन्ने कुरामा म अहिले पनि विश्वास गर्छु ।’ उनले भने, ‘आजको प्रधानमन्त्रीको ठाउँका आजै बेलुका गएर हामीहरुमध्ये कसैलाई प्रधानमन्त्री बनाउने हो भने अहिले चलाएको भन्दा राम्रो चलाउँछौ, चलाउँछौँ । म दावाका साथ भन्न सक्छु ।’ 

Ncell
Extreme Energy

उनले अर्को बिकल्प वा व्यवस्थाका बिषयमा बहस भए अर्को दश बर्ष खेर जाने भन्दै असफलताको भारी व्यवस्थालाई बोकाउन नहुने धारणा राखे । पाँच पाँच बर्षमा हुने निर्वाचनमा दलहरु जित्ने हार्ने स्वभाविक प्रक्रिया भएकाले यसलाई सबैले स्वीकार गर्न सक्नुपर्ने उनको भनाई थियो । 

महामन्त्री थापाले एउटा नेता मन्त्री, प्रधानमन्त्री हुने पनि ठूलो कुरा नभएपनि नेतृत्व बदल्ने कुरा महत्वपूर्ण भएको उल्लेख गरे । उनले आफुहरुले अवसर पाउने हो भने अहिलेका प्रधानमन्त्री भन्दा राम्रोसंग देश चलाउन सक्ने बताए । 

थापाले कांग्रेसले ८४ को चूनावलाई पर्खेर बस्ने नभइ अहिलेको अवसरलाई नै सदुपयोग गरेर देश र जनताको सम्मुन्नतिका लागि काम गर्नुपर्ने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकारको पूर्वतयारीको परीक्षा, जोखिम कम गर्न सरकारले के गरिरहेको छ ?

सरकारको पूर्वतयारीको परीक्षा, जोखिम कम गर्न सरकारले के गरिरहेको छ ?

भदौ १० गते बिहान ल्हेन्दे खोलाबाट अचानक आएको बाढीले भोटेकोशी हुँदै त्रिशूली नदीको तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍यायो। हिमाली क्षेत्रमा भएको आकस्मिक घटनाको प्रभाव केही घण्टामै तल्लो तटीय...
कार्यवाहक प्रधानमन्त्री डा.स्वर्णिम वाग्लेले लिए माैसम र पूर्वतयारीबारे ब्रिफिङ

कार्यवाहक प्रधानमन्त्री डा.स्वर्णिम वाग्लेले लिए माैसम र पूर्वतयारीबारे ब्रिफिङ

त्यसैगरी, चौबिसै घण्टा सूचना डेस्क सञ्चालन गरिएको तथा विपद् जोखिम न्यूनीकरणका लागि  सम्भावित जिल्लाका प्रशासन कार्यालय, पर्यटन, यातायात,  पूर्वाधार लगायतका क्षेत्रहरूसँग समन्वय भइरहेको जानकारी कार्यकारी प्रमुख डा. उप्रेतीले...
भारी वर्षा हुने पूर्वानुमानपछि बिपी राजमार्गको ट्रयाकको काम स्थगित

भारी वर्षा हुने पूर्वानुमानपछि बिपी राजमार्गको ट्रयाकको काम स्थगित

“सम्भावित वर्षा, पहिरो तथा सडकमा आउन सक्ने चुनौतीलाई मध्यनजर गर्दै निर्माण कार्य केही दिन स्थगित गर्ने तयारी गरिएको हो । यसबाट सडकमा हुने सम्भावित जोखिम न्यूनीकरण गर्दै यातायात...
कार्यवाहक प्रधानमन्त्री डा‍ स्वर्णिम वाग्ले र कृषिमन्त्री गिता चौधरीबीच रासायनिक मलको सहज आपूर्तिबारे छलफल

कार्यवाहक प्रधानमन्त्री डा‍ स्वर्णिम वाग्ले र कृषिमन्त्री गिता चौधरीबीच रासायनिक मलको सहज आपूर्तिबारे छलफल

भेटवार्ताका क्रममा आगामी दिनमा रासायनिक मलको आपूर्ति, रसुवा बाढीबाट प्रभावित नागरिकका लागि प्राप्त राहत रकमलगायतका विषयमा छलफल भयो ।

भर्खरै