नेभिगेशन
सबै कुरा

संसदमा पुगेका विधेयक फिर्ता नगरी अध्यादेश ल्याएकोबारे सरकारसँग कुरा गर्न सभामुखलाई बिपक्षी दलहरुको सुझाव

काठमाडौँ । संघीय संसदमा रहेका बिपक्षी दलहरुले संसदमा पुगेका विधेयक फिर्ता नै नगरी अध्यादेश ल्याएको बिषयमा सरकारसँग कुरा गर्न सभामुखलाई सुझाव दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार सिंहदरबारमा सभामुख देवराज घिमिरेले बोलाएको छलफलका क्रममा बिपक्षी दलका प्रमुख सचेतकहरुले संसदको अर्थ समितिमा छलफलमा रहेको विधेयक फिर्ता नै नगरि अध्यादेश ल्याएको बिषयमा सरकारसंग कुरा गर्न सभामुखलाई सुझाव दिएका हुन् ।

Ncell
Extreme Energy

छलफलपछि नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसद्लाई रेस्पोन्स नगरेको र संसद्को समितिमा रहेको विधेयकमा पनि अध्यादेश आएकोबारे सभामुखसंग छलफल भएको बताए । 

विधेयक फिर्ता नलिई अध्यादेश ल्याएकोबारे सभामुखले पनि सरकारसँग कुरा गर्नुपर्ने सुझाव दिएको उनले बताए । बैठकमा सभामुख घिमिरेले बिचाराधीन विधेयकका बारेमा पनि जिज्ञासा राखेका । पाण्डेले सत्तापक्षका सांसदहरूका कारण समितिमा रहेका विधेयकहरू अघि बढ्न नसकेको बताए । 

त्यस्तै रास्वपा प्रमुख सचेतक सन्तोष परियारले सदनको हिँउदे अधिवेशनलाई प्रभावकारी बनाउने बिषयमा छलफल भएको जानकारी दिए । 

उनले आगामी अधिवेशनलाई कानून निर्माणमा केन्द्रीत गर्न सभामुखले गर्नुभएको पहल स्वागतयोग्य रहेको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकारको पूर्वतयारीको परीक्षा, जोखिम कम गर्न सरकारले के गरिरहेको छ ?

सरकारको पूर्वतयारीको परीक्षा, जोखिम कम गर्न सरकारले के गरिरहेको छ ?

भदौ १० गते बिहान ल्हेन्दे खोलाबाट अचानक आएको बाढीले भोटेकोशी हुँदै त्रिशूली नदीको तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍यायो। हिमाली क्षेत्रमा भएको आकस्मिक घटनाको प्रभाव केही घण्टामै तल्लो तटीय...
कार्यवाहक प्रधानमन्त्री डा.स्वर्णिम वाग्लेले लिए माैसम र पूर्वतयारीबारे ब्रिफिङ

कार्यवाहक प्रधानमन्त्री डा.स्वर्णिम वाग्लेले लिए माैसम र पूर्वतयारीबारे ब्रिफिङ

त्यसैगरी, चौबिसै घण्टा सूचना डेस्क सञ्चालन गरिएको तथा विपद् जोखिम न्यूनीकरणका लागि  सम्भावित जिल्लाका प्रशासन कार्यालय, पर्यटन, यातायात,  पूर्वाधार लगायतका क्षेत्रहरूसँग समन्वय भइरहेको जानकारी कार्यकारी प्रमुख डा. उप्रेतीले...
भारी वर्षा हुने पूर्वानुमानपछि बिपी राजमार्गको ट्रयाकको काम स्थगित

भारी वर्षा हुने पूर्वानुमानपछि बिपी राजमार्गको ट्रयाकको काम स्थगित

“सम्भावित वर्षा, पहिरो तथा सडकमा आउन सक्ने चुनौतीलाई मध्यनजर गर्दै निर्माण कार्य केही दिन स्थगित गर्ने तयारी गरिएको हो । यसबाट सडकमा हुने सम्भावित जोखिम न्यूनीकरण गर्दै यातायात...
कार्यवाहक प्रधानमन्त्री डा‍ स्वर्णिम वाग्ले र कृषिमन्त्री गिता चौधरीबीच रासायनिक मलको सहज आपूर्तिबारे छलफल

कार्यवाहक प्रधानमन्त्री डा‍ स्वर्णिम वाग्ले र कृषिमन्त्री गिता चौधरीबीच रासायनिक मलको सहज आपूर्तिबारे छलफल

भेटवार्ताका क्रममा आगामी दिनमा रासायनिक मलको आपूर्ति, रसुवा बाढीबाट प्रभावित नागरिकका लागि प्राप्त राहत रकमलगायतका विषयमा छलफल भयो ।

भर्खरै