नेभिगेशन
सबै कुरा

झापाकाे सरकारी कृषि फार्मको जग्गा दुई दशकदेखि अतिक्रमणमा

झापा । शिवसताक्षी–७ स्थित कृषि विकास फार्मको ११ बिघा १० कट्ठा सरकारी जग्गा विगत दुई दशकदेखि स्थानीयवासीले अतिक्रमण गरेका छन् । अतिक्रमणमा परेको जग्गा फर्काउन फार्मले गरिरहेको प्रयास सफल हुन सकेको छैन ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गत बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र मातहतको उक्त फार्मले अतिक्रमण हटाउन बर्सेनि विभिन्न सरोकारवाला निकाय गुहार्दै आएको जनाएको छ ।

City Express

फार्मका कार्यालय प्रमुख एवं वरिष्ठ बाली विकास अधिकृत विनोदकुमार मण्डलका अनुसार सङ्घीय सरकार मातहत रहेर खाद्यान्न, दलहन तथा तेलहन बालीको स्रोत बीउ उत्पादन गर्दै आएको फार्मको ५२ हेक्टर ९८४ बिघा० जग्गा रहेको विसं २०५४ मा प्रकाशित राजपत्रमा उल्लेख छ । 

“राजपत्रमा ५२ हेक्टर जग्गा भएको स्पष्ट उल्लेख छ”, उनले भने,“तर अहिले ३४ हेक्टर क्षेत्रफलभन्दा बढी फार्मले भोगचलन गर्न पाइरहेको छैन । बाँकी रहेको अधिकांश जग्गा अतिक्रमणमा परेको छ ।” स्थानीय सधियार र सुकुम्बासी गरी ७० परिवारले जग्गा अतिक्रमण गरेको फार्मले जिल्ला प्रशासन कार्यालय झापालाई हरेक वर्ष पठाउने गरेको जग्गाको विवरणमा उल्लेख छ । जग्गा अतिक्रमणमा संलग्न ८० प्रतिशत परिवार सुकुम्बासी नरहेको फार्मले दाबी गरेको छ ।

फार्मको पूर्वोत्तर क्षेत्रमा चन्द्रडाँगी बजार रहेको छ । बजारका १८ परिवारले सीमा अतिक्रमण गरी फार्मको १० कठ्ठा जग्गा हडपेका छन् । दक्षिण र उत्तरतर्फ अतिक्रमण गरेर बस्ती नै बसाइएको छ । अतिक्रमित जग्गामा पक्की र काठका घर बनाइएका छन् । फार्मको दक्षिणतर्फ सतासी खोलाको पुल छेउको दुई बिघा जग्गामा नौ परिवार, उत्तर पश्चिमतर्फको खोलापारि ‘ओ’ ब्लकको छ बिघामा छ परिवार, उत्तरतर्फको सुकुम्बासी बस्तीको तीन बिघामा ३७ परिवार र पूर्वतर्फको चन्द्रडाँगी बजार छेउको १० कट्ठा जग्गामा १८ परिवारले अतिक्रमण गरेको फार्मको अभिलेखमा पाइएको छ ।

फार्मको ३४ हेक्टर जग्गाको मात्र धनीपुर्जा भेटिएको उनले बताए । अरु जग्गाको स्वामित्वसम्बन्धी कागजी प्रमाणहरु सशस्त्र द्वन्द्वकालमा माओबादीको बम विष्फोटनमा नष्ट भएको उनले जानकारी दिए । बाँकी जग्गाको प्रमाण मालपोत र नापीमार्फत खोजी भइरहेको उनले बताए । विसं २०३२ सालमा कनकाई सिँचाइआयोजनाको फिल्ड कार्यालय, कर्मचारी आवास र फार्म प्रयोजनका लागि सरकारले ८४ बिघा जग्गा स्थानीय किसानबाट प्राप्ति गरेको थियो । सिँचाइ मन्त्रालयअन्तर्गत रहेको उक्त जग्गामा स्थापित फार्मको सञ्चालनका लागि विसं २०५० मा चन्द्रडाँगी बीउबिजन तथा दुग्ध विकास समिति गठन गरिएको थियो ।

सरकारले विसं २०७५ भदौ ३१ गते समिति विघटन गरी फार्मलाई कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मातहत ल्याउने निर्णय गर्यो । त्यसपछि फार्मको नाम कृषि विकास फार्म भएको हो ।“विभिन्न समयमा कनकाई नदीमा आएको बाढीका कारण विस्थापित भएका परिवारलाई फार्मको जग्गा र भौतिक संरचनामा अस्थायी आश्रय दिइने गरेको रहेछ”, फार्मका प्रमुख मण्डलले अतिक्रमणको कारण खुलाउँदै भने, “उनीहरु फार्मको जग्गामै बस्न थाले । हट्न मानेनन् ।” 

“सरकारी जग्गाको संरक्षण हुनुपर्छ भनेर हरेक वर्ष सरकारका सरोकारवाला निकायमा पत्राचार गर्दै आएका छौँ”, फार्मका प्रमुख मण्डलले भने, “हाम्रो एक्लो प्रयासले मात्र सरकारी जग्गा फिर्ता ल्याउन सम्भव देखिँदैन ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाको सचिवालय बैठकले के गर्यो निर्णय ?

रास्वपाको सचिवालय बैठकले के गर्यो निर्णय ?

रास्वपाले  प्रवासमा रहेका नेपाली नागरिकहरूको मतदाता नामावली दर्ता प्रक्रिया पूर्णरूपमा अनलाइनबाट गर्ने व्यवस्था मिलाउन, नेपालका विदेशस्थित दूतावास÷कन्सुलेट तथा नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरूका आगमन र प्रस्थान दुवै क्षेत्रबाट बायोमेट्रिक सेवा...
सैनिक ब्यारेकबाट डेरामा सरे केपी ओली, महेश बस्नेतले मिलाइदिए व्यवस्था

सैनिक ब्यारेकबाट डेरामा सरे केपी ओली, महेश बस्नेतले मिलाइदिए व्यवस्था

जेनजी आन्दोलनका क्रममा प्रदर्शनका क्रममा ओलीको भक्तपुर, बालकोटस्थित घर क्षतिग्रस्त भएको छ । त्यसपछि नेकपा एमालका नेता महेश बस्नेतले गुण्डुमा ओलीकालागि घर व्यवस्था गरेको एमालेका नेताहरुले बताएका छन्।
बङ्गलादेशद्वारा शेख हसिना परिवारको एनआइडी ब्लक, आगामी चुनावमा मतदान गर्न नपाउने

बङ्गलादेशद्वारा शेख हसिना परिवारको एनआइडी ब्लक, आगामी चुनावमा मतदान गर्न नपाउने

उनका अनुसार प्रवासीहरूले पासपोर्ट नभई, आफ्नो एनआइडी प्रयोग गरेर मात्र अनलाइन दर्ता गर्न सक्नेछन् । जसको एनआइडी ब्लक गरिएको छ, उनीहरूले अनलाइन दर्ता गर्न पाउने छैनन् र दर्ता...
वेस्ट इन्डिजविरुद्ध ट्वान्टी–२० अन्तरराष्ट्रिय शृंखला खेल्ने नेपाली टोलीको बिदाइ

वेस्ट इन्डिजविरुद्ध ट्वान्टी–२० अन्तरराष्ट्रिय शृंखला खेल्ने नेपाली टोलीको बिदाइ

यूएईमा नेपालले वेस्ट इन्डिजसँग ऐतिहासिक टी–२०आई शृंखला खेलेर विश्वकप छनोटमा सहभागी हुनेछ । छनोट चरण पार गर्दै तेस्रोपटक विश्वकप खेल्ने नेपालको लक्ष्य रहेको छ । विदाइ कार्यक्रममा नेपाली...