नेभिगेशन
सबै कुरा

संसदकाे पहिलाे बैठकमा अध्यादेशहरु टेवल गर्ने र प्रधानमन्त्री लगायत शीर्ष नेताहरुले सम्बोधन गर्ने तयारी

काठमाडाैँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आगामी माघ १८ गतेबाट सुरु हुने संघीय संसदको हिउँदे अधिवेशनको क्यालेन्डरका बिषयमा बिभिन्न दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संघीय संसद् सचिवालयले तयार गरेको क्यालेन्डरलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने सन्दर्भमा सभामुख घिमिरेले बिभिन्न दलसँग छलफल गरेका हुन् । सचिवालयले माघ १८ गतदेखि ३० गतेसम्मको क्यालेन्डर तयार पारेको छ । माघ १८ गते बस्ने पहिलो बैठकमा अध्यादेशहरु टेवल गर्ने र प्रधानमन्त्री लगाएत शीर्ष नेताहरुले सम्बोधन गर्ने तय भएको कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बताए । त्यस्तै यस अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा सफल बनाउन सभामुखले आग्रह गरेको उनले बताए । घिमिरेले प्रतिपक्षीले अध्यादेशका बिषयमा उठाएका बिषयहरुलाई सदनमा नै छलफल गर्ने तयारी भएको उल्लेख गरे । 

Ncell
Extreme Energy

त्यस्तै एमाले प्रमुख सचेतक महेश बर्तौलाले १८ गते सुरु भइ २२, २३ र २४ गते संसद बैठक बस्ने जानकारी दिए । १८ गते बस्ने बैठकमा अध्यादेश पेश हुने र २२ गते निर्णयार्थ प्रस्तुत हुने उनले बताए । उनले माघ २५, २६ र २७ गते संसदीय समितिको बैठक बस्ने र २८, २९ र ३० गते गते संसद बैठक बस्ने जानकारी दिए ।

संसदको सुरुका दिन शीर्ष नेताहरुले सम्बोधन गर्दा विश्वासको वातावरण निर्माण हुने बर्तौलाले विश्वास व्यक्त गरे । माघ १८ संसद बैठक बस्नुअघि कार्यसूची तय गर्न माघ १५ गते मंगलबार कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने संसद सचिवालयले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
गृहमन्त्री गुरुङले रास्वपा केन्द्रीय कार्यालयमा नागरिकसँग प्रत्यक्ष संवाद गर्ने, जोसुकैले प्रश्न गर्न पाउने

गृहमन्त्री गुरुङले रास्वपा केन्द्रीय कार्यालयमा नागरिकसँग प्रत्यक्ष संवाद गर्ने, जोसुकैले प्रश्न गर्न पाउने

गृहमन्त्री सुधन गुरुङले नागरिकसँग प्रत्यक्ष संवाद गर्ने भएका छन् ।
गरिमा चौधरीको घटनामा गृहमन्त्रीले  देखाएको दायित्वबोधले  'राज्य छ है' भन्ने अनुभूति दिलाएको छ : सचेतक धिताल

गरिमा चौधरीको घटनामा गृहमन्त्रीले  देखाएको दायित्वबोधले  'राज्य छ है' भन्ने अनुभूति दिलाएको छ : सचेतक धिताल

राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले बाराको जितपुर सिमराकी  तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनामा गृहमन्त्री सुधन गुरुङले देखाएको दायित्वबोधको प्रशंसा गरेकी छिन् ।
रास्वपाका केन्द्रीय सदस्यलाई आज कबिन्द्र र प्रमोदले प्रशिक्षण दिने, सभापति लामिछानेले सम्बोधन गर्ने

रास्वपाका केन्द्रीय सदस्यलाई आज कबिन्द्र र प्रमोदले प्रशिक्षण दिने, सभापति लामिछानेले सम्बोधन गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्यका लागि सञ्चालित दुईदिने प्रशिक्षण आज सम्पन्न हुँदैछ ।
भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा: मन्त्री रावल

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा: मन्त्री रावल

यसअघि भूमि समस्या समाधान समिति कैलालीको बैठकमा उनले ६००  दिनभित्र लालपुर्जा वितरण गरिसक्ने गरी सरकारले काम गरिरहेको जानकारी दिँदै जिल्लाका सबै पालिकामा समस्या समाधानका लागि सहजीकरण गर्न समितिलाई...