नेभिगेशन
सबै कुरा

संसदकाे पहिलाे बैठकमा अध्यादेशहरु टेवल गर्ने र प्रधानमन्त्री लगायत शीर्ष नेताहरुले सम्बोधन गर्ने तयारी

काठमाडाैँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आगामी माघ १८ गतेबाट सुरु हुने संघीय संसदको हिउँदे अधिवेशनको क्यालेन्डरका बिषयमा बिभिन्न दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संघीय संसद् सचिवालयले तयार गरेको क्यालेन्डरलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने सन्दर्भमा सभामुख घिमिरेले बिभिन्न दलसँग छलफल गरेका हुन् । सचिवालयले माघ १८ गतदेखि ३० गतेसम्मको क्यालेन्डर तयार पारेको छ । माघ १८ गते बस्ने पहिलो बैठकमा अध्यादेशहरु टेवल गर्ने र प्रधानमन्त्री लगाएत शीर्ष नेताहरुले सम्बोधन गर्ने तय भएको कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बताए । त्यस्तै यस अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा सफल बनाउन सभामुखले आग्रह गरेको उनले बताए । घिमिरेले प्रतिपक्षीले अध्यादेशका बिषयमा उठाएका बिषयहरुलाई सदनमा नै छलफल गर्ने तयारी भएको उल्लेख गरे । 

Ncell
Extreme Energy

त्यस्तै एमाले प्रमुख सचेतक महेश बर्तौलाले १८ गते सुरु भइ २२, २३ र २४ गते संसद बैठक बस्ने जानकारी दिए । १८ गते बस्ने बैठकमा अध्यादेश पेश हुने र २२ गते निर्णयार्थ प्रस्तुत हुने उनले बताए । उनले माघ २५, २६ र २७ गते संसदीय समितिको बैठक बस्ने र २८, २९ र ३० गते गते संसद बैठक बस्ने जानकारी दिए ।

संसदको सुरुका दिन शीर्ष नेताहरुले सम्बोधन गर्दा विश्वासको वातावरण निर्माण हुने बर्तौलाले विश्वास व्यक्त गरे । माघ १८ संसद बैठक बस्नुअघि कार्यसूची तय गर्न माघ १५ गते मंगलबार कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने संसद सचिवालयले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।