नेभिगेशन
सबै कुरा

व्यक्ति स्वस्थ भए मात्रै देश विकास सम्भव छ : स्वास्थ्यमन्त्री पौडेल

तनहुँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले व्यक्ति स्वस्थ भएमात्रै देश विकास सम्भव रहेको बताएका छन्। तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडास्थित पञ्चमुनीदेव माध्यमिक विद्यालयको आज आयोजित ५५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले देशका नागरिक स्वस्थ भएमात्रै देशले प्रगति गर्न सक्ने उल्लेख गरे । 

उनले भने, “एकदमै धनी मानिस बिरामी छ,भने उसले सुखी जीवन बिताउन सक्दैन । विद्वान मानिस स्वस्थ छैन भने उसले देशका लागि केही गर्न सक्दैन ।” स्वस्थ मानिस मात्रै सुखी हुने बताउँदै मन्त्री पौडेलले व्यक्ति स्वस्थ हुनका लागि आहारव्यहारमा ध्यान दिनुपर्नेमा जोड दिए । 

उनले भने, “एउटा व्यक्तिको स्वास्थ्यमा पर्यावरणले कति असर गरेको हुन्छ भन्ने हाम्रो देशले थाहा पाउनसकेको अवस्था छैन । स्वस्थ नागरिक बनाउनका लागि धेरै पक्षमा ध्यान दिन जरूरी छ ।” 

मन्त्री पौडेलले व्यक्ति स्वस्थ हुन सचेतना समेत जरुरी भएको बताए। उनले भने, “कोही पनि मानिसलाई रोगी हुने रहर हुँदैन, नजानेर व्यक्ति रोगी हुन्छ । त्यसैले सबै मान्छेलाई स्वस्थ कसरी बनाउन सकिन्छ भनेर चेतना विस्तार गर्न जरूरी छ ।” मन्त्री पौडेलले विद्यालयस्तरदेखि नै स्वास्थ्य विषय अनिवार्य पढाउनुपर्ने बताउँदै त्यसका लागि शिक्षा मन्त्रालयसँग समन्वय गरिएको जानकारी दिए । 

मन्त्री पौडेलले नेपालका १६ लाख किशोरीलाई पाठेघरको रोगविरूद्ध एचपिभी खोप अभियान सुरू गर्न लागिएको उल्लेख गरे। स्वास्थ्य क्षेत्रलाई आम नागरिकको पहुँचसम्म लैजान वर्तमान सरकार प्रतिबद्ध रहेको मन्त्री पौडेलको भनाइ थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...