नेभिगेशन
सबै कुरा

सरकारका कारण सम्पूर्ण व्यवस्थामाथि नै प्रश्न खडा हुने अवस्था आयाे : रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले वर्तमान सरकारका कारण सम्पूर्ण व्यवस्थामाथि नै प्रश्नचिन्ह खडा हुने अवस्था सिर्जना भएको निष्कर्ष निकालेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टी कार्यालय वनस्थलीमा सोमबार बसेको रास्वपा सचिवालय बैठकले सरकारको असक्षमताका कारण सम्पूर्ण व्यवस्थामाथि नै प्रश्नचिन्ह खडा हुने अवस्था सिर्जना भएको र त्यसको सत्ता साझेदार दलले नैतिक जिम्मेवारी लिनुपर्ने निष्कर्ष निकालेको हो ।

Ncell
Extreme Energy

विगत ६ महिनामा गठबन्धन निर्माणको घोषित उदेश्य अनुरुप कुनै पनि नजिता नदेखिएको अवस्थामा संसद अघि हतास मनस्थितिमा काम देखाउन सरकारले अध्यादेश ल्याएको रास्वपाको ठहर छ ।

बैठकले अध्यादेशका अन्र्तवस्तुगत सारमाथि रास्वपा सांसदहरुले गुण–दोषका आधारमा खरो बहस गर्ने निर्णय भएको रास्वपा कार्यबहाक प्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् ।

बैठकले केन्द्रीय सचिवालय सदस्यको नेतृत्वमा आगामी फागुन महिनामा सातै प्रदेशमा सर्वाङ्गीण सवांद गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले प्रदेश समितिलाई प्रदेश तहमा तीन सदस्यीय कार्यदल बनाइ सम्बन्धीत प्रदेशभित्रका स्वतन्त्र जनप्रतिनिधहरुलाई रास्वपामा आवद्ध गर्न गराउन सुझाव सहितको प्रतिवेदन पार्टी महामन्त्रीलाई बुझाउन निर्देशन दिने निर्णय गरेको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।