नेभिगेशन
सबै कुरा

होलोकास्ट स्मृति दिवसः ‘अब त्यस्तो घटना कहिल्यै नदोहोरियोस्’

काठमाडौँ । काठमाडौँमा ‘होलोकास्ट स्मृति दिवस’ मनाइएको छ । नेपालस्थित अमेरिका, जर्मन र इजरायली राजदूतावासको संयुक्त आयोजनामा इजरायली राजदूतावासको निवासमा सोमबार आयोजित स्मृति दिवसमा सहभागी वक्ताहरूले विश्वले अब यस्तो अमानवीय क्रूरता भोग्न नपारोस् भनी कामना गरे । 

दोस्रो विश्व युद्धको अन्तिम चरणको उक्त घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र त्यसबाट पीडित परिवारका मानिसप्रति समवेदना प्रकट गर्दै वक्ताहरूले होलोकास्ट इतिहासको कालो घटना भएको स्मरण गरे । 

CG

धार्मिक आस्था र जन्मको आधारमा जुइस समुदाय (यहूदी) माथि भएको उक्त क्रूर राजनीतिक नरसंहार विश्वमा पुनः कहिल्यै नदोहोरियोस् भन्दै वक्ताहरूले कामना पनि गरे । 

कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन उक्त घटना इतिहासकै दुःखद घटना भएको बताए । उक्त घटनाको विपक्षमा र उक्त घटनाबाट पीडित बनेकाहरूको सहयोगका पक्षमा अमेरिका सधैँ साथै रहेको थम्पसनले बताए । 

‘त्यो कठिन समयलाई हामीले आज स्मरण गर्दछौँ । हामी अब यस्तो कहिल्यै नहोस् भन्ने चाहन्छौँ । त्यो साँच्चै दुःखद थियो,’ राजदूत थम्पसनले भने, ‘अब यस्तो दिन कहिल्यै नदोहोरियोस् । कहिल्यै ।’ 

इतिहासका कठिन समयहरुबाट सिक्दै विश्वले अब शान्तिका लागि काम गर्नु पर्ने उनले औँल्याए । इजरायलको अहिलेको उपलब्धिलाई हेरेर यहुदीहरूको क्षमतालाई विश्वले मानेको उनको भनाई थियो ।

यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासले विश्वले यस्तो दिन पुनः दोहोर्‍याउनका लागि काम गर्नुपर्ने बताए । विश्वमा शान्ति र स्थायित्व फैलाउन र युवापुस्तालाई उक्त गलत इतिहासबारे सचेतनाका लागि आजको दिन स्मरणीय रहेको बताए । 

‘६० लाख जुइस प्रजातिका मानिसहरू (यहूदी) माथिको उक्त क्रूर नरसंहारको दिनको सम्झना उपस्थित हुनु भएका सबैलाई स्वागत छ,’ राजदूत श्मुलिक आरी बासले भने, ‘युवा पुस्तालाई त्यो गलत घटनाबारे जानकारी दिनु जरुरी छ ।’ 

संयुक्त राष्ट्र सङ्घले  गरेको घोषणाअनुसार विश्वभर नै अहिले होलाेकास्ट दिन सम्झिने गरिएको उनले बताए ।  


कार्यक्रममा बोल्दै सङ्घीय गणतन्त्र जर्मनीको नेपालस्थित मिसन उपप्रमुख बेञ्जामिन सिडेलले होलाेकास्ट नरसंहारको ८० औँ वर्ष बितेको बताए । उक्त घटना अत्यन्तै आतङ्ककारी गतिविधिको रुपमा स्मरणमा रहने बताए ।


उनले होलोकास्टमा ज्यान गुमाएका ६० लाख मानिस, महिला, बालबालिकाप्रति श्रद्धाञ्जली व्यक्त गरे  ‘त्यो एउटा आतङ्ककारी गतिविधि थियो, जसले ६० लाख मानिसहरुको निर्मम रुपमा ज्यान लियो,’ रुसेकले भने । 


कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय मानवअधिकार आयोगका सदस्य डा.सुर्य प्रसाद शर्मा ढुंगेलले होलोकास्ट मानव जातिको इतिहासकै दुःखद घटना भएको बताए । उक्त घटनाको सम्झना मात्रैले पनि विचलित हुने अवस्था सृजना हुने उनको भनाई थियो । डा. ढुंगेलले अब विश्वले यस्तो कहिल्यै भोग्न नपरोस् भनि कामना गरे । ‘विश्वले अब यस्तो आतातायि समय कहिल्यै भोग्नु नपरोस्’ उनले थपे,‘म नेपालबाट सबैलाई आह्वान गर्छु । कसै मानवजाती माथि यस्तो नहोस् । ’ 

दोस्रो विश्वयुद्धका बेला भएको बीभत्स नरसंहार पुनः नदोहोरियोस् र विश्वमा भ्रातृत्व,  प्रेम एवं सद्भाव कायम होस् भन्ने उद्देश्यले पछिल्लो २० वर्ष देखि हरेक वर्ष २७ जनावरीका दिन विश्वभर होलोकास्ट स्मृति दिवस मनाईन्छ । 

संयुक्त राष्ट्रसङ्घ महासभाको प्रस्तावमा २७ जनावरीलाई होलोकास्टका पीडितहरूको सम्झनामा वार्षिक अन्तर्राष्ट्रिय स्मृति दिवसको रूपमा मनाउने निर्णय गरेको थियो । 

होलोकास्टमा ६० लाखभन्दा बढी यहुदीहरुको विभत्स हत्या गरिएको थियो । पृथ्वीको इतिहासमै यस घटनालाई सबै भन्दा बीभत्स नरसंहारको रुपमा चित्रित गरिन्छ । धार्मिक पहिचानकै कारण यहुदीहरूको हत्या गरिएको थियो । र, यो हत्या तानाशाह एडोल्फ हिटलर नेतृत्वको जर्मन नाजी पार्टीले गराएको थियो । 

नाजीहरूको निशानामा मुख्यतः यहुदीहरू थिए । उनीहरू नै सबैभन्दा बढी संख्यामा नाजीको शिकार बनेका थिए । पहिचानका कारण युरोपमा बस्ने हरेक १० मध्ये ७ यहुदीको हत्या गरिएको थियो । नाजीहरूले रोमा (जिप्सी) र अपाङ्गता भएका व्यक्तिसहित अन्य समूहको समेत हत्या गरेका थिए । होलोकास्लाई राष्ट्रियता, नस्ल वा धर्मको आधारमा ठूलो समूहले जानीबुझी गरेको सामूहिक हत्या भनिन्छ । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
थाइल्यान्ड–क्याम्बोडिया बिच तिव्र सीमा विवादः थाइल्यान्डद्वारा हवाई आक्रमण

थाइल्यान्ड–क्याम्बोडिया बिच तिव्र सीमा विवादः थाइल्यान्डद्वारा हवाई आक्रमण

यो झडपको कारण यस वर्षको गर्मीमा भएको पाँच दिन लामो लडाइँसँग जोडिएको छ, जसमा ४३ जनाको मृत्यु भएको थियो र दुबै पक्षका लगभग तीन लाख मानिस विस्थापित भएका...
चीनद्वारा इन्टरनेट उपग्रहहरूको नयाँ समूह प्रक्षेपण

चीनद्वारा इन्टरनेट उपग्रहहरूको नयाँ समूह प्रक्षेपण

रकेट दिउँसो ३ः५३ बजे उड्यो र उपग्रहहरूलाई सफलतापूर्वक आफ्नो कक्षामा पुर्‍यायो । लङ मार्च–८ए रकेट ५०.५ मिटर लामो र ३७१ टन तौलको छ । यसले ७०० किलोमिटर उचाइमा...
गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको मृत्यु

गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको मृत्यु

“आज हामी सबैका लागि अत्यन्त पीडादायी दिन हो”, मुख्यमन्त्री सावन्तले विज्ञप्तिमा उल्लेख गरेका छन्, “२५ जनाले ज्यान गुमाउनुभएको छ र छ जना घाइते हुनुभएको छ ।” उनले पत्रकारहरूसँग...
अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प

अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प

युएस जियोलोजिकल सर्भेका अनुसार २०ः४१ जिएमटीमा गएको उक्त प्रमुख कम्पनपछिको तीन घन्टाभित्र ५.१ देखि ३.३ म्याग्निच्युडका झण्डै ३० वटा परकम्प महसुस गरिएको थियो ।

भर्खरै