नेभिगेशन
सबै कुरा

पाथीभरा केबलकार विवादबारे छलफल गर्न गृहमन्त्रीले बोलाए ताप्लेजुङका तीन सांसद

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पाथीभरा केबलकार निर्माण विवादबारे छलफल गर्न ताप्लेजुङका तीन सांसदलाई मन्त्रालयमा बोलाएका छन् । पाथीभरा क्षेत्रमा पछिल्लो केही दिनयता केबलकार निर्माणको विषयलाई लिएर प्रदर्शन गरिरहेका स्थानीय र प्रहरीबिच भएको विवादलाई लिएर गृहमन्त्री लेखकले ताप्लेजुङका सांसदलाई छलफलमा बोलाएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गृहमन्त्री लेखकले आफूहरुलाई मंगलबार साँझ ५ बजेका लागि छलफलमा बोलाएको ताप्लेजुङकी प्रतिनिधि सभा सदस्य उर्मिला थेबेले जानकारी दिइन् । ‘अवस्था दिनप्रतिदिन उग्र बन्दै गएपछि गृहमन्त्रीज्यूले हामीलाई छलफलका लागि बोलाउनुभएको छ ।’, सांसद थेबेले भनिन्, ‘जे नहुनुपर्ने थियो, त्यो भइरहेको छ । वार्ता र संवादबाट अघि बढ्नुपथ्र्यो तर त्यो भएको छैन । यस विषयमा बेलुका छलफल गर्नेछौँ ।’

Ncell
Extreme Energy

गृहमन्त्री लेखकले ताप्लेजुङबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरिरहेका तीनै जना सांसद योगेश भट्टराई, उर्मिला थेबे र लीलादेवी बोखिमलाई छलफलमा बोलाएका हुन् । 

योगेश भट्टराई र उर्मिला थेबे नेकपा एमालेबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्छन भने लीलादेवी नेपली कांग्रेसबाट सांसद बनेकी हुन् । 

पाथीभरा क्षेत्रमा शनिबार प्रहरी र केवलकार निर्माणको विरोध गरिरहेका आन्दोलनकारीबीच झडप हुँदा चार जना घाइते भएका छन् । काफ्लेपाटीभन्दा माथि रहेको बलुडाँडामा झडप हुँदा स्थानीय र सुरुक्षाकर्मी दुवै पक्ष घाइते भएका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सेनादेखि प्रहरीसम्म सुरक्षा निकायको हुर्मत लिँदै माननीयहरु

सेनादेखि प्रहरीसम्म सुरक्षा निकायको हुर्मत लिँदै माननीयहरु

जनप्रतिनिधिलाई 'माननीय' शब्दले सम्बोधन गरिन्छ । सबैभन्दा ठूलो मान भएको जनताको प्रतिनिधि भएकाले माननीय भनेर बोलाउने गरिन्छ । तर पछिल्ला दिनमा सांसदहरुले आफ्नै मान नराखी झगडियाका रुपमा प्रस्तुत...
पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

आज विभिन्न पाँचवटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रिय सभाको बैठक बस्दै, धेरै नागरिकलाई राहत हुनेगरी सरकारले ल्याएको नयाँ विधेयकमा छलफल हुँदै

राष्ट्रिय सभाको बैठक बस्दै, धेरै नागरिकलाई राहत हुनेगरी सरकारले ल्याएको नयाँ विधेयकमा छलफल हुँदै

संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।
संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

प्रतिनिधि सभा बैठकमा कोरम नपुगेर बैठक स्थगित भएपछि अहिले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको आलोचना भइरहेको छ ।