नेभिगेशन
सबै कुरा

पाथीभरा केबलकार विवादबारे छलफल गर्न गृहमन्त्रीले बोलाए ताप्लेजुङका तीन सांसद

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पाथीभरा केबलकार निर्माण विवादबारे छलफल गर्न ताप्लेजुङका तीन सांसदलाई मन्त्रालयमा बोलाएका छन् । पाथीभरा क्षेत्रमा पछिल्लो केही दिनयता केबलकार निर्माणको विषयलाई लिएर प्रदर्शन गरिरहेका स्थानीय र प्रहरीबिच भएको विवादलाई लिएर गृहमन्त्री लेखकले ताप्लेजुङका सांसदलाई छलफलमा बोलाएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गृहमन्त्री लेखकले आफूहरुलाई मंगलबार साँझ ५ बजेका लागि छलफलमा बोलाएको ताप्लेजुङकी प्रतिनिधि सभा सदस्य उर्मिला थेबेले जानकारी दिइन् । ‘अवस्था दिनप्रतिदिन उग्र बन्दै गएपछि गृहमन्त्रीज्यूले हामीलाई छलफलका लागि बोलाउनुभएको छ ।’, सांसद थेबेले भनिन्, ‘जे नहुनुपर्ने थियो, त्यो भइरहेको छ । वार्ता र संवादबाट अघि बढ्नुपथ्र्यो तर त्यो भएको छैन । यस विषयमा बेलुका छलफल गर्नेछौँ ।’

Ncell
Extreme Energy

गृहमन्त्री लेखकले ताप्लेजुङबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरिरहेका तीनै जना सांसद योगेश भट्टराई, उर्मिला थेबे र लीलादेवी बोखिमलाई छलफलमा बोलाएका हुन् । 

योगेश भट्टराई र उर्मिला थेबे नेकपा एमालेबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्छन भने लीलादेवी नेपली कांग्रेसबाट सांसद बनेकी हुन् । 

पाथीभरा क्षेत्रमा शनिबार प्रहरी र केवलकार निर्माणको विरोध गरिरहेका आन्दोलनकारीबीच झडप हुँदा चार जना घाइते भएका छन् । काफ्लेपाटीभन्दा माथि रहेको बलुडाँडामा झडप हुँदा स्थानीय र सुरुक्षाकर्मी दुवै पक्ष घाइते भएका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।