नेभिगेशन
सबै कुरा

पाथिभरामा केबलकार बनाउनुपर्छ: योगेश भट्टराई

काठमाडाैँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले ताप्लेजुङमा निर्माणाधीन पाथिभरा देवी मुकुम्लुङ केबलकारका सम्बन्धमा देखिएका विवाद समाधान गर्दै केबलकार निर्माणको कार्यलाई निर्वाध रुपमा अघि बढाउनुपर्ने बताएका छन् ।

बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै भट्टराईले पाथिभरा केबलकार निर्माणको कार्यलाई निर्वाध रुपमा अघि बढाउदै निर्माण कम्पनीले उपलब्ध गराउने सामाजिक उत्तरदायित्व कोष र सरकारले थप बजेटको व्यवस्था गरी स्थानीय संस्कृतिका जर्गेना र सम्बर्धनका लागि मुकुम्लुङ पार्क तथा संग्रहालय निर्माण गर्न माग गरे । 

उक्त बिषयमा बारेमा १९ बुँदे धारणा सार्वजनिक गर्दै उनले संघीय सरकार प्रदेश सरकार र स्थानीय तहबाट कानुनी प्रक्रिया पुरा गरेर पाथिभरा देवी मुकुम्लुङ केबलकार प्रालिले ताप्लेजुङमा अवस्थित पाथिभरामा केबलकार निर्माणको काम सुरु गरेको धारणा राखे । 

लोकतन्त्रमा विरोध र असहमति राख्ने अधिकारको सम्मान गर्ने भन्दै उनले समस्याको समाधान वार्ता र संवादको माध्यमबाट गरिनुपर्नेमा जोड दिए । 

उनले आन्दोलनरत पक्षलाई बन्द हडतालका कार्यक्रम फिर्ता लिन, सरकारलाई गिरफ्तार भएका व्यक्तिहरू रिहा गर्न, घाइतेहरूको उपचारको व्यवस्था गर्न माग गरे । 

उनले केबलकार निर्माण सम्बन्धमा अनुगमन गर्न अर्को समिति गठन गरी काम कारबाहीलाई सहभागीतामूलक तथा पारदर्शी ढंगले अघि बढाउनुपर्ने धारणा राखे । केबलकार पक्षले ताप्लेजुङका ७० वर्षभन्दा माथिका जेष्ठ नागरिक तथा १० वर्षभन्दा मुनिका बालबालिका तथा अपाङ्गहरुका लागि निशुल्क सेवा दिने घोषणा गरे । 

केबलकारको निर्माण र पाथीभराको महिमाको प्रचार प्रसारबाट वर्षमा १० लाखसम्म तिर्थालु र पर्यटकहरु पाथीभरामा पुग्ने र यसबाट समग्रतामा ताप्लेजुङको समृद्धिमा सहयोग पुग्ने उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...