नेभिगेशन
सबै कुरा

ग्लोबल आईएमई बैँकमा रहेको खाता बन्द गर्न किरात सम्बन्धी संगठनको आग्रह

काठमाडौँ । किरात समुदाय सम्बद्ध संगठन ‘किरात याक्थुङ चुम्लुङ’ले आफू सम्बद्ध सबै समितिलाई ग्लोबल आईएमई बैँकमा रहेको खाता बन्द गर्न आग्रह गरेको छ । आफूहरुको सांस्कृतिक क्षेत्र मास्न ग्लोबल आईएमई बैँक र त्यसका संचालक लागेको भन्दै संस्थाले आग्रह गरेको हो । 

‘किरात याक्थुङ चुम्लुङ’का महासचिव निरन्ची तुम्बापोले एक पत्र लेख्दै किरात याक्थुङ चुम्लुङ प्रदेश कार्य समिति, जिल्ला कार्य समिति, विषयगत समिति, गाउँ नगर र वार्ड समितिलाई पत्राचार गरेकी हुन् । उनले लेखेको पत्रमा आफूहरुको पैसा आफ्नै संस्कृति मास्न प्रयोग गर्न दिन नहुने निष्कर्ष छ । ‘प्रस्तुत विषयमा ग्लोबबल आईएमई बैङ्कमा रहेको हाम्रो पैसा ताप्लेजुङमा अवस्थित याक्थुङ लिम्बु समुदायको मुन्धुमी, सांस्कृतिक, आध्यात्मिक पवित्र स्थल सेमुक्तित्‌फो सेसे मुक्तिःत्‌ मुक्कुम्लुङ क्षेत्रमा केबल कार निर्माण गरी पवित्र आध्यात्मिक मुन्धुमी स्थल ध्वस्त बनाउन, परम्परागत पूजा प्रक्रियाहरू विथोल्न, पचासौँ हजार मुन्धुमी वोटवृक्षहरू, राष्ट्रिय फूल लालीगुराँसका रुखहरू फडानी गरी पर्यावरण सखाप पार्न, दुर्लभ रेडपान्डा लगायतका जङ्गली जनावरका वासस्थान सर्वनास गर्न साथै मुक्कुम्लुङ संरक्षणमा रहेका आमनागरिकलाई गोली हान्न लगाउन हाम्रो पैसाको गलत प्रयोग भइरहेकाले किरात याक्थुङ चुम्लुङ सङ्घीय कार्य समितिले ललितपुर सातदोबाटो शाखामा रहेको ग्लोबल आईएमई बैङ्कको अकाउन्ट नम्बर ०४००१०१००००२३७ बन्द गरिएको जानकारी गराउँदछौँ’, पत्रमा भनिएको छ । 

City Express

त्यस्तै सो संस्थाले ग्लोबल आईएमई बैँकका भगिनि संस्थामार्फत पनि कुनै कारोबार नगर्न र सबै कारोबार बन्द गर्न आग्रह गरेको छ । ‘ग्लोबल आईएमई बैङ्कमा जम्मा गरिएको हामी जनताको पैसा हाम्रै आध्यात्मिक, सांस्कृतिक, प्राकृतिक सम्पदा पवित्र मुक्ककुम्लुङ सर्वनास गर्न र जनतालाई गोली हान्न लगानी हुने भएकाले किरात याक्थुङ चुम्लुङका सम्पूर्ण मातहत समितिहरू, सम्बन्धन आदान प्रदान भएका संस्थाहरू, भगिनी संस्थाहरू, चुम्लुडङकर्मीहरूले ग्लोबल आईएमई बैङ्कमा रहेका आआफनो खाता बन्द गर्न, शेयर, लोन, आईएमई फोन पे लगायत आईएमई ब्रान्डका कारोबार बन्द गर्न साथै विदेश स्थित संसारभरिका चुम्लुङहरू र सम्बद्ध चुम्लुङकर्मीहरूले रेमिट्यान्स पठाउँदा आईएमई रेमिट प्रयोग नगर्न नगराउन सविनय अनुरोध गर्दछौँ ।’, महासचिवले पत्रमा भनेकी छिन् ।

पछिल्ला केही दिनयता पाथिभरामा केबलकार निर्माण गर्ने विषयलाई लिएर स्थानीय आन्दोलनरत छन् । उनीहरुले ग्लोबल आईएमई बैँकका विभिन्न शाखामा आन्दोलन गर्नुका साथै ग्लोबल आईएमई बैँकलाई बहिस्कार गर्ने अभियान चलाएका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाको सचिवालय बैठकले के गर्यो निर्णय ?

रास्वपाको सचिवालय बैठकले के गर्यो निर्णय ?

रास्वपाले  प्रवासमा रहेका नेपाली नागरिकहरूको मतदाता नामावली दर्ता प्रक्रिया पूर्णरूपमा अनलाइनबाट गर्ने व्यवस्था मिलाउन, नेपालका विदेशस्थित दूतावास÷कन्सुलेट तथा नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरूका आगमन र प्रस्थान दुवै क्षेत्रबाट बायोमेट्रिक सेवा...
सैनिक ब्यारेकबाट डेरामा सरे केपी ओली, महेश बस्नेतले मिलाइदिए व्यवस्था

सैनिक ब्यारेकबाट डेरामा सरे केपी ओली, महेश बस्नेतले मिलाइदिए व्यवस्था

जेनजी आन्दोलनका क्रममा प्रदर्शनका क्रममा ओलीको भक्तपुर, बालकोटस्थित घर क्षतिग्रस्त भएको छ । त्यसपछि नेकपा एमालका नेता महेश बस्नेतले गुण्डुमा ओलीकालागि घर व्यवस्था गरेको एमालेका नेताहरुले बताएका छन्।
बङ्गलादेशद्वारा शेख हसिना परिवारको एनआइडी ब्लक, आगामी चुनावमा मतदान गर्न नपाउने

बङ्गलादेशद्वारा शेख हसिना परिवारको एनआइडी ब्लक, आगामी चुनावमा मतदान गर्न नपाउने

उनका अनुसार प्रवासीहरूले पासपोर्ट नभई, आफ्नो एनआइडी प्रयोग गरेर मात्र अनलाइन दर्ता गर्न सक्नेछन् । जसको एनआइडी ब्लक गरिएको छ, उनीहरूले अनलाइन दर्ता गर्न पाउने छैनन् र दर्ता...
वेस्ट इन्डिजविरुद्ध ट्वान्टी–२० अन्तरराष्ट्रिय शृंखला खेल्ने नेपाली टोलीको बिदाइ

वेस्ट इन्डिजविरुद्ध ट्वान्टी–२० अन्तरराष्ट्रिय शृंखला खेल्ने नेपाली टोलीको बिदाइ

यूएईमा नेपालले वेस्ट इन्डिजसँग ऐतिहासिक टी–२०आई शृंखला खेलेर विश्वकप छनोटमा सहभागी हुनेछ । छनोट चरण पार गर्दै तेस्रोपटक विश्वकप खेल्ने नेपालको लक्ष्य रहेको छ । विदाइ कार्यक्रममा नेपाली...