नेभिगेशन
सबै कुरा

ग्लोबल आईएमई बैँकमा रहेको खाता बन्द गर्न किरात सम्बन्धी संगठनको आग्रह

काठमाडौँ । किरात समुदाय सम्बद्ध संगठन ‘किरात याक्थुङ चुम्लुङ’ले आफू सम्बद्ध सबै समितिलाई ग्लोबल आईएमई बैँकमा रहेको खाता बन्द गर्न आग्रह गरेको छ । आफूहरुको सांस्कृतिक क्षेत्र मास्न ग्लोबल आईएमई बैँक र त्यसका संचालक लागेको भन्दै संस्थाले आग्रह गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘किरात याक्थुङ चुम्लुङ’का महासचिव निरन्ची तुम्बापोले एक पत्र लेख्दै किरात याक्थुङ चुम्लुङ प्रदेश कार्य समिति, जिल्ला कार्य समिति, विषयगत समिति, गाउँ नगर र वार्ड समितिलाई पत्राचार गरेकी हुन् । उनले लेखेको पत्रमा आफूहरुको पैसा आफ्नै संस्कृति मास्न प्रयोग गर्न दिन नहुने निष्कर्ष छ । ‘प्रस्तुत विषयमा ग्लोबबल आईएमई बैङ्कमा रहेको हाम्रो पैसा ताप्लेजुङमा अवस्थित याक्थुङ लिम्बु समुदायको मुन्धुमी, सांस्कृतिक, आध्यात्मिक पवित्र स्थल सेमुक्तित्‌फो सेसे मुक्तिःत्‌ मुक्कुम्लुङ क्षेत्रमा केबल कार निर्माण गरी पवित्र आध्यात्मिक मुन्धुमी स्थल ध्वस्त बनाउन, परम्परागत पूजा प्रक्रियाहरू विथोल्न, पचासौँ हजार मुन्धुमी वोटवृक्षहरू, राष्ट्रिय फूल लालीगुराँसका रुखहरू फडानी गरी पर्यावरण सखाप पार्न, दुर्लभ रेडपान्डा लगायतका जङ्गली जनावरका वासस्थान सर्वनास गर्न साथै मुक्कुम्लुङ संरक्षणमा रहेका आमनागरिकलाई गोली हान्न लगाउन हाम्रो पैसाको गलत प्रयोग भइरहेकाले किरात याक्थुङ चुम्लुङ सङ्घीय कार्य समितिले ललितपुर सातदोबाटो शाखामा रहेको ग्लोबल आईएमई बैङ्कको अकाउन्ट नम्बर ०४००१०१००००२३७ बन्द गरिएको जानकारी गराउँदछौँ’, पत्रमा भनिएको छ । 

Ncell
Extreme Energy

त्यस्तै सो संस्थाले ग्लोबल आईएमई बैँकका भगिनि संस्थामार्फत पनि कुनै कारोबार नगर्न र सबै कारोबार बन्द गर्न आग्रह गरेको छ । ‘ग्लोबल आईएमई बैङ्कमा जम्मा गरिएको हामी जनताको पैसा हाम्रै आध्यात्मिक, सांस्कृतिक, प्राकृतिक सम्पदा पवित्र मुक्ककुम्लुङ सर्वनास गर्न र जनतालाई गोली हान्न लगानी हुने भएकाले किरात याक्थुङ चुम्लुङका सम्पूर्ण मातहत समितिहरू, सम्बन्धन आदान प्रदान भएका संस्थाहरू, भगिनी संस्थाहरू, चुम्लुडङकर्मीहरूले ग्लोबल आईएमई बैङ्कमा रहेका आआफनो खाता बन्द गर्न, शेयर, लोन, आईएमई फोन पे लगायत आईएमई ब्रान्डका कारोबार बन्द गर्न साथै विदेश स्थित संसारभरिका चुम्लुङहरू र सम्बद्ध चुम्लुङकर्मीहरूले रेमिट्यान्स पठाउँदा आईएमई रेमिट प्रयोग नगर्न नगराउन सविनय अनुरोध गर्दछौँ ।’, महासचिवले पत्रमा भनेकी छिन् ।

पछिल्ला केही दिनयता पाथिभरामा केबलकार निर्माण गर्ने विषयलाई लिएर स्थानीय आन्दोलनरत छन् । उनीहरुले ग्लोबल आईएमई बैँकका विभिन्न शाखामा आन्दोलन गर्नुका साथै ग्लोबल आईएमई बैँकलाई बहिस्कार गर्ने अभियान चलाएका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दुई विद्रोही नेताको झगडाले कांग्रेसमा सल्किएको आगो !

दुई विद्रोही नेताको झगडाले कांग्रेसमा सल्किएको आगो !

विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले सानेपास्थित साविकको केन्द्रीय कार्यालयबाट पार्टी हाँकीरहेका छन् । चौधौँ महाधिवेशनबाट निर्वाचित भएका तर, विशेष महाधिवेशनबाट अपदस्थ गरिएका शेरबहादुर देउवाले चुनदेवीस्थित सम्पर्क कार्यालयबाट...
जनतामा देखिएका निराशाा आशामा बदल्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको छः देउवा

जनतामा देखिएका निराशाा आशामा बदल्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको छः देउवा

पूर्वप्रधानमन्त्री देउवाले मुलुकको अवस्था अहिले संवेदशील देखिएको बताउँदै सबै सजग भएर राष्ट्रिय एकता कायम गर्न भूमिका खेल्नुपर्नेमा जोड दिए । मुलुकको इतिहास सबै  लोकतान्त्रिक आन्दोलन कांग्रेसको नेतृत्वमा नै...
एनसेलसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

एनसेलसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

तर २०८३ साउन २६ गतेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो । र अहिले सर्वोच्चले साउन २६ गतेको एनसेलको प्रतिवेदन सार्वजनिक गर्नेसम्बन्धी निर्णय कार्यान्वयन नगरी...
सहधर्मीमाथि ओलीको शृंखलाबद्ध घात

सहधर्मीमाथि ओलीको शृंखलाबद्ध घात

जसजसले विगतमा उनलाई अहिलेको ओली बनाउन भूमिका खेले, क्षीण हुँदा दर्बिलो साथ दिए, पार्टी सत्तामा पुर्‍याउन दिलोज्यान लगाए, राजकीय भूमिकामा शिखरित गराउँदै उनको शानशौकतमा इँटा थपे, उनले ती...