नेभिगेशन
सबै कुरा

सामाजिक सञ्जाल सम्बन्धी विधेयकमा पत्रकार महासंघको आपत्ति

काठमाडौँ । नेपाल पत्रकार महासंघले राष्ट्रिय सभामा पेस भएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमनसम्बन्धी विधेयकका कतिपय प्रावधान स्वीकार्य नहुने बताएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार महासंघले विज्ञप्ती जारी गर्दै सरकारले राष्ट्रिय सभामा पेस गरेको विधेयकका कतिपय प्राविधान प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन र नियन्त्रण गर्ने खालका भएकोले स्वीकार्य नहुने बताएको हो । 

Ncell
Extreme Energy

महासंघको विज्ञप्तीमा अगुवा नागरिक संस्था महासंघ लगायतका सरोकारवाला पक्षसँग सामान्य परामर्श र छलफलसमेत नगरी सरकारले विधेयक ल्याएको उल्लेख गर्दै भनिएको छ, ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा आघात पार्ने केही प्रावधान समावेश गरी विधेयक अगाडि बढाएकोमा महासंघ गम्भीर असहमति र आपत्ति प्रकट गर्दछ,’ ।

महासंघलगायत सरोकारवाला पक्षसँग गहिरो संवादमार्फत विश्वव्यापी मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल्य मान्यता, हाम्रो संवैधानिक प्रावधान र प्रचलित अभ्याससँग तालमेल मिल्ने गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने प्रावधानहरू सच्याएरमात्र विधेयक अगाडि बढाउन महासंघले सरकार र संसदलाई आग्रह समेत गरेको छ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आहा ! फाँटैभरि पहेँलपुर लहलह धान

आहा ! फाँटैभरि पहेँलपुर लहलह धान

तामाकोशी नदी आसपासका खेतमा पाकेको धानले फाँटहरू पहेँलपुर देखिएका छन् । धानका बाला झुलेसँगै किसानहरूलाई वर्षभरि गरेको मेहनतको प्रतिफल भित्र्याउने चटारो सुरु भएको छ ।
सुर्खेतमा फोर्स गाडी दुर्घटना, नौ जना घाइते

सुर्खेतमा फोर्स गाडी दुर्घटना, नौ जना घाइते

सुर्खेतको पञ्चपुरी नगरपालिका–३ लगाम डाँडामोडमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था मध्यम र छ जनाको सामान्य रहेको प्रहरीले जनाएको छ।
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको अन्तरिक्ष अभियान

मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको अन्तरिक्ष अभियान

जापानले मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा ल्याउने लक्ष्यसहित अन्तरिक्ष अभियान सुरु गरेको छ। वैज्ञानिकहरूले यस अभियानबाट सौर्यमण्डलको उत्पत्ति र पृथ्वीमा जीवन सुरु हुन अनुकूल परिस्थिति...